
काठमाडौं– नेपालबाट शुक्रबार एकै दिन ९ सय ८० जना विदेशिएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार शुक्रबार अर्थात १ साउनमा ९ सय ८० जना नेपालीसहित १ हजार १ सय ३२ जनाले नेपाल छाडेका हुन् ।
अध्यागमन विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ हजार १ सय २८ जना र ४ जना झापाको काँकडभिट्टाबाट नेपाल छाडेका छन् । नेपाली भूमि छाड्नेमध्ये ९ सय ३१ जना पुरुष र २ सय १ जना महिला रहेको विभागको तथ्यांकले देखाएको छ । कोरोना महामारीका कारण केही समय विदेश जानेको संख्यामा कमी आएको भए पनि निषेधाज्ञा खुकुलो तथा अन्तर्राष्ट्रिय उडान खुला गरिएकाले विदेश जानेहरूको संख्या बढ्दै गएको अध्यागमन विभागले जनाएको छ ।
१ साउनमा विदेशबाट नेपाल भित्रिनेको संख्या १ हजार १ सय ५१ जना रहेको विभागको तथ्यांकले देखाएको छ । जसमध्ये १ हजार ३५ जना नेपाली र १ सय १६ जना विदेशी रहेका छन् । नेपाल प्रवेश गरेकामध्ये त्रिभुवन विमानस्थलबाट १ जना र १ सय ४० जना, काँकरभिट्टाबाट ७ जना र वेलहिया नाकाबाट ४ जना नेपाल प्रवेश गरेका हुन् । त्रिभुवन विमानस्थलबाट ९ सय ७१ जना पुरुष र १ सय ६९ जना महिला नेपाल प्रवेश गरेको विभागले जनाएको छ । पछिल्लो सयम नेपाल आउने नेपाली र विदेशीको संख्यामा पनि केही मात्रामा वृद्धि भएको विभाले जनाएको छ ।