Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • माग गुम्ने व्यावसायीहरूको चिन्ता
माग गुम्ने व्यावसायीहरूको चिन्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १८, २०७८
Hardik health
काठमाडौं– वैदेशिक रोजगारका लागि नेपाल आउने माग गुम्न सक्ने वैदेशिक रोजगार व्यावसायीहरूले बताएका छन् । श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश पाउनका लागि कोभिडविरुद्ध पूर्ण खोप लगाउनै पर्ने मापदण्डलाई अनिवार्य गरेपछि नेपाल आउने माग अन्यत्र जान सक्ने जोखिम बढेको व्यावसायीहरूले बताएका हुन् । नेपाली श्रमिकको गन्तव्य मुलुहरूले निर्धारण गरेको कोभिडविरुद्धको खोप लगाएका कामदारहरू रोजगारीका लागि जान पाउने भनिरहँदा सरकारले खोप ल्याउन नसक्दा पहिलो चरणमा खोप लगाएकाहरू पनि दोस्रो खोप कहिले पाइन्छ भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ । गन्तव्य मुलुकहरूको घोषणा गरे पनि नेपालमा खोप उपलब्ध हुन नसक्दा कामदार विदेश पठाउन सक्ने अवस्था नरहेको नेपाल वैदेशिक रोजगर व्यवसायी संघका सचिव मेघनाथ भुर्तेले जानकारी दिएका छन् । निषेधाज्ञा विस्तारै खुल्दै गएकाले व्यवयास चलायमा हुने आसामा रहेको भए पनि रोजगार गन्तव्य मुलुकले निर्धारण गरेको खोप उपलब्ध नहुनु र कतार भिसा सेन्टर (क्युभिसी) ले समयमा स्वास्थ्य परीक्षण नगरिदिँदा नेपाल आउने माग अफ्रिकी मुलुकहरू केन्या तथा घानातिर डाइभर्ट भएको उनले बताए । पछिल्लो समय युएई र कुवेतले खोप लगाएका श्रमिकलाई लिने बताएको भए पनि नेपालमा उनीहरूले तोकेको खोप नआएको अवस्था रहेको भुर्तेलले जानकारी दिएका छन् । खोप नलगाएर पनि जान मिल्ने कतारमा भने कतार भिसा सेन्टर (क्युभिसी) को ढिलाइले कामदार पठाउन थप समस्या भएको उनको भनाइ छ । यस्ता समस्याले व्यवसायीलाई मर्का परेको उनको तर्क छ । ‘कतारमा कामदारको माग आएको भए पनि क्युभिसीका कारण ढिलाइ भयो, युएई र कुवेत जानका लागि खोप अनिवार्य गरिएको छ, तर उनीहरूले निर्धारण गरेको खोप नेपालमा उपलब्ध नभएको अवस्थामा नेपाल आउने माग पनि गुम्ने अवस्था देखियो,’ सचिव भुर्तेले भने । कतारमा विश्वकप फुटबल प्रतियोगिताका लागि पनि कामदारको माग अत्याधिक रहेको उनले बताएका छन् । अहिले अवस्था विस्तारै सामान्य हुँदै गएको भए पनि कोरोनाको तेस्रो भेरिएन्टसमेत आउने कुरा भइरहेको अवस्थामा व्यावसायीहरू सडकमा पुग्ने अवस्था आएको उनको भनाइ थियो । कार्यालयको भाडादेखि लिएर कर्मचारीलाई तलबसमेत दिनु परिरहेको तर कामदार पठाउन नपाएको अवस्थामा आपूmहरू ठूलो आर्थिक मारमा परेको व्यवसायीहरूको भनाइ छ । व्यवसायीले ऋण गरेर अहिलेसम्म जेनतेन टिकेको भए पनि अब धान्नै नसक्ने अवस्थामा पुगेको व्यवसायीहरूको गुनासो छ । वैदेशिक रोजगार व्यावसायलाई चलायमान बनाउनका लागि सरकारले राहतको व्यवस्था गर्नु पर्ने व्यवसायीहरूको माग रहेको छ । महामारीको यो अवस्थामा वैदेशिक रोजगारको क्षेत्र विस्तारै कमजोर बन्दै गइरहेको वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका संयोजक रामप्रसाद भन्तनाले जनाएका छन् । कतारका लागि क्युभिसी, युएई र कुवेतमा खोपले कामदार पठाउन समस्या भइरहेको उनको भनाइ छ । क्युभिसीले कुनै दिन ७ सय जनाको पनि स्वास्थ्य परीक्षण गर्ने कुनै दिन १ सय जनाको मात्रै परीक्षण गर्ने गरेकाले पनि व्यवसायमा थप समस्या सिर्जना भएको उनले बताए । राज्यले पेसाप्रति नै सहयोग नगरेको उनले आरोपसमेत लगाएका छन् । पछिल्लो समय साउदी अरबमा क्वारेन्टाइनको खर्च रोजगारदाताले वेहोर्ने कुरा गरेकाले केही आसा देखिएको भए पनि व्यावसाय चलायमान हुने कुरामा व्यवसायीहरू आसाबादी हुने अवस्था नरहेको उनको भनाइ थियो । निषेधाज्ञा खुकुलो बनाए पनि व्यवसायीहरूलाई कुनै राहत नभएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका सचिव कमल काफ्ले बताएका छन् । ‘उपत्यकामा खुकुलो भएर के गर्नु उपत्यका बाहिर खुलेको छैन, कामदार ल्याउन पाइएको छैन, निषेधाज्ञा खुले पनि व्यावसायीले काम गर्न पाएका छैनन्,’ उनले भने । अहिले नेपाल आउने मागहरू अन्यत्र जाने जोखिम बढिरहेको छ तर सरकारले त्यसतर्फ ध्यान दिएको छैन । जसबाट व्यवसायीलाई थप मार परिरहेको सचिव काफ्लेले बताएका छन् । पछिल्लो अवस्थाले व्यावसायीहरू यो क्षेत्रबाट पलायन हुने अवस्थामा पुगेको उनको भनाइ छ । नियमित उडानमा पनि निश्चित एयरलाइन्सलाई मात्रै अनुमति दिएर सरकारले कार्टेलिङ गरिरहेको उनले आरोप लगाएका छन् । अहिलेको खुकुलोपनले व्यवसायीहरूलाई खासै उत्साहित बनाउन नसकेको उनले बताए । आफ्नो रोजीरोटीको मुख्य स्रोत नै यहि भएकाले कामदार विदेश पठाउन नपाएको समयमा व्यावसायीहरूलाई गुजारा चलाउनसमेत समस्या भइरहेको व्यवसायीहरूले बताउने गरेका छन् । केही व्यवसायीहरू त यो क्षेत्र छाडेर पलायनसमेत हुने अवस्थामा पुगेको व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । ०७६ सालको चैतदेखि गरिएको लकडाउन ०७७ असोजमा खुला गरिएको थियो । यसपछि विस्तारै व्यवसाय लयमा आउने आसामा रहेका व्यवसायीहरू पुनः ०७८ को वैशाखदेखि निषेधाज्ञा जारी भएपछि थप मारमा परेको व्यवसायीहरूको भनाइ छ । अहिले निषेधाज्ञालाई केही खुकुलो बनाएको भए पनि व्यवसाय भने चलायमान हुने अवस्थामा पुग्ने अवस्था नरहेको व्यवसायीहरूले बताउँदै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा शुक्रबार, कात्तिक २१, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, कात्तिक २०, २०८२
सरकारको पत्राचारबाट व्यवसायी आशावादी, संघर्षका कार्यक्रम स्थगित
सरकारको पत्राचारबाट व्यवसायी आशावादी, संघर्षका कार्यक्रम स्थगित बिहीबार, कात्तिक २०, २०८२
वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्ने सम्बन्धी सूचना
वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्ने सम्बन्धी सूचना बुधबार, कात्तिक १९, २०८२
मलेसियालाई सरकारको पत्र : मापदण्ड स्वीकार्य छैन
मलेसियालाई सरकारको पत्र : मापदण्ड स्वीकार्य छैन बुधबार, कात्तिक १९, २०८२
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी बुधबार, कात्तिक १९, २०८२
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP