Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संख्याको सीमा हटाउने मन्त्री श्रीवास्तवको वाचा
संख्याको सीमा हटाउने मन्त्री श्रीवास्तवको वाचा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ४, २०७८
mantree shreewastab
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यावसायीहरुले आफ्नो कम्पनी नवीकरण गर्न प्रत्येक वर्ष सय जना कामदारलाई वैदेशिक रोजगारमा पठाउनै पर्ने प्रावधान हटाउने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवले वाचा गरेका छन् । बिहीबार मन्त्रालयमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका प्रतिनिधिसँगको भेटघाटका क्रममा मन्त्री श्रीवास्तवले यस्तो वाचा गरेका हुन् । एक सय जना कामदार विदेश पठाउनुपर्ने प्रावधानका विषयमा पनि आङ्खनो चासो रहेको भन्दै मन्त्री श्रीवास्तवले छिट्टै फाइल मन्त्रिपरिषद्मा लैजाने बताएका छन् । आफू भर्खर आएको र सबै व्यवस्थापन मिलाएर छिट्टै नयाँपन दिने गरी काम गर्ने उनको भनाइ छ । ‘हुने कामका लागि सामान्य व्यक्ति आउँदा पनि हुने तर नहुने र प्रक्रिया नपुगेको कामका लागि म प्रधानमन्त्रीले भनेको पनि मान्दिनँ, बरु मन्त्री पद गए जाओस्,’ उनले भने । अहिले नै सबै गर्छु नभने पनि विस्तारै सबै समस्या समाधानका लागि आपूm तयार रहेको उनको भनाइ छ । आपूmले प्रत्येक फाँटमा लक्ष्य तय गरेर काम गर्न निर्देशन दिएकाले सोहीअनुसार काम हुने पनि उनले बताएका छन् । ‘जायज कुरा पूरा हुन्छ, नाजायज कुरा पूरा गर्ने विषयमा सम्झौता गर्दिनँ, बरु मन्त्री पद त्याग्न तयार छु,’ उनले भने । हुनेसम्म व्यवसायीलाई सहजता प्रदान गर्नेतर्फ आफू लागिरहेको उनको भनाइ छ । मन्त्रीसँगको भेटमा मञ्चका प्रतिनिधिहरुले व्यवसायीले एक सय जनाको कोटाको विषयमा सहजता प्रदान गरिदिन अनुरोध गरेका थिए । यसका साथै व्यावसायीहरुले आफूले राखेको धरौटी रकम केही समयका लागि चलाउन दिने वातावरण बनाइदिन अनुरोध गरे । इराक घटना भएको समयमा पनि सरकारले व्यवसायीले राखेको धरौटी चलाउन दिएको नजिर प्रस्तुत गर्दै अहिले पनि त्यस्तो व्यवस्था गरिदिन व्यवसायीले अनुरोध गरेका थिए । मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारीले व्यवसायीले राखेको ५० लाख धरौटी केही समयका लागि व्यवसायीलाई चलाउन पाउनु पर्ने माग राखेका छन् । कम्तिमा एक वर्षका लागि त्यो रकम चलाउन पाउनु पर्ने उनको माग छ । मञ्चका संस्थापक अध्यक्ष सरोज पाखरेलले मन्त्रालयबाट हुने काममा ढिलासुस्ती हुने गरेको भन्दै छिटो कार्य सम्पादन गर्ने वातावरण बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । त्यस्तै, निश्चित समयमा फिर्ता गर्ने गरी धरौटी रकम व्यवसायीलाई फिर्ता गर्दा सहज हुने वैदेशिक रोजगार एकता समाजका अध्यक्ष हरि पाण्डेले बताएका छन् । आफ्नो धरौटी रकम व्यवसायीले चलाउन पाउँदा संकटको समयमा सहज हुने उनको भनाइ थियो । त्यस्तै, एक सय जना कामदार नपठाए कम्पनी नवीकरण नहुने विषयमा आपूmहरुले प्रधानमन्त्रीसँग समेत समन्वय गरिरहेको अध्यक्ष पाण्डेले जानकारी दिएका छन् । वैदेशिक रोजगारलाई बुझेको व्यक्ति मन्त्री बनेर आएको हुँदा यस क्षेत्रका समस्या समाधानका लागि मन्त्रीको भूमिका उल्लेख्य हुने आपूmहरुले विश्वास लिएको व्यवसायीहरुको भनाइ छ । मन्त्रीसँगको भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्यार्थ पठाइएको पत्रसमेत मन्त्रीलाई हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०५:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP