Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बहराइनमा नेपालीलाई प्रवेश रोक
बहराइनमा नेपालीलाई प्रवेश रोक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १०, २०७८
Hardik health
काठमाडौं– बहराइन सरकारले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ । २३ मे अर्थात् आइतबारदेखि नेपालीसहित अन्य चार राष्ट्रका नागरिकलाई त्यहाँ प्रवेशमा रोक लगाइएको हो । बहराइनले नेपालीसहित भारत, पाकिस्तान, श्रीलंका र बंगादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । दूताबासले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यी देशबाट बहराइनी नागरिक, गल्फ कोअपरेसन काउन्सिलका नागरिक तथा बहराइनको बसोबासको भिसा भएकाले भने प्रवेश पाउने सूचनामा भनिएको छ । तर, यी देशबाट यात्रा गर्ने त्यस्ता यात्रुहरूले १० दिन अनिवार्य क्वारेन्टाइनमा भने बस्नुपर्नेछ । साथै यात्रा गर्नुअघि ४८ घन्टा भित्रको पिसिआर परीक्षण गरेको र क्युआर कोडसहितको नेगेटिभ रिपोर्टसमेत पेस गर्नु जनाइएको छ । बहराइनमा १० दिनभन्दा बढी बस्ने यात्रुको लागि एयरपोर्ट आगमनपश्चात् बहराइन दिनार ३६ तिरेर पहिलो पटक तथा पाचौँ र दसौँ दिनमा समेत पिसिआर परीक्षण गर्नु पर्ने जनाइएको छ । यसैगरी, बहराइनमा पछिल्ला केही दिन यता कोरोना संक्रमण दर बढेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कडाइ गरिएको छ । ३ जुनसम्मका लागि सरकारी कार्यालयहरू, सपिङ मल, रेस्टुरेन्ट, सिनेमा घर आदि सार्वजनिक ठाउँहरूमा १८ वर्षभन्दा माथिका तथा दोस्रो डोज खोप लगाएको १४ दिन बढी भइसकेको र कोरोना संक्रमण निको भएकाहरूले मात्र अनुमति पाउनेसमेत दूतावासले जारी गरेको सूचनामा भनिएको छ । यी ठाउँमा प्रवेश गर्नका लागि ‘विअवेयर’ एप्लिकेसनमा ‘ग्रिन सिल्ड’समेत अनिवार्य देखाउनु पर्ने जनाइएको छ । निजी भेला समारोहमा अधिकतम ६ जनाको सहभागिता निश्चित गरिएको दूतावासले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागि जारी मापदण्ड नमान्नेलाई बहराइन दिनार १ हजारदेखि १० हजारसम्म र कम्तिमा तीन महिनाको जेल सजाय वा दुवै हुन सक्ने सूचनामा भनिएको छ । बहराइन सरकारले त्यहाँ रहेका आप्रवासी श्रमिकलाई पनि खोप उपलब्ध गराइरहेको छ । खोप लगाउन बहराइन सरकारको स्वास्थ्य मन्त्रालयमा आवेदन दिन सकिने पनि जनाइएको छ । यसैगरी, २४ मे अर्थात सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि दूतावासबाट लिनु पर्ने सेवा लिन आउनुभन्दा पहिले फोन गरेर आउन पनि दूतावासले आग्रह गरेको छ । फोनबाट समय लिएर मात्रै कार्यालयमा उपस्थित हुन भनिएको छ । यसबाट सेवा प्रवाहसमेत हुने र अनावश्यक भिडभाडका कारण हुने संक्रमणबाट बच्न पनि सकिने दूतावासले विश्वास लिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  ०४:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP