Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भारतीयको उद्धारमा सरकारः संघ
भारतीयको उद्धारमा सरकारः संघ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ६, २०७८
Hardik health
काठमाडौं– भारतीय कामदारलाई साउदी अरब पु¥याउन सरकारले चार्टर्ड उडानको अनुमति दिएर नेपाल र नेपालीमाथि गद्दार गरेको वैदेशिक रोजागर व्यवसायी संघले जनाएको छ । संघका कार्यवाहक अध्यक्ष कमल तामाङले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिबलाई सम्बोधन गरेर ध्यानकर्षण गराइएको पत्रमा सो कुरा उल्लेख गरिएको छ । कार्यवाहक अध्यक्ष तामाङले जारी गरेको विज्ञप्तिमा व्यक्तिको आवत्जावत र सम्पर्कबाट कोरोना फैलने भन्दै लकडाउन गरिएको र सबै जनशक्ति त्यसमा लगाएको समयमा भारतीय नागरिहरू नेपाललाई ट्रान्जिट बनाई साउदी गइरहेकाले सो कार्य रोकेर नेपालीलाई उडानमा सहजता ल्याउन पत्रमा ध्यानाकार्षण गराइएको छ । वैदेशिक रोजगार व्यावसायीहरूका अनुसार साउदी अरबले विदेशी कामदारलाई प्रतिबन्ध नलगाएको भए पनि भारतीय कामदार पठाउने योजनाका साथ नेपाली साउदीमा लैजाने काम बन्द गराएको हो । भारतीय एजेन्टको योजनामा नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गराएर चार्टर्ड उडान सञ्चालन गरेको देखिन्छ । ‘विदेशी रोजगारदाताले नेपाली नागरिकलाई रोजगारी दिने गरी पठाएका मागसमेत वैदेशिक रोजगार विभागमा पेस गरी कामदार पठाउने सबै प्रक्रिया पूरा गरी अन्तिम श्रम स्विकृति लिई टिकटसमेत निश्चित गरिसकेका, अरु प्रक्रिया पूरा गरी अन्तिम स्विकृति लिने तयारीमा रहेका अन्तिम स्विकृति लिनका लागि अन्तवार्ता दिन स्वास्थ्य परीक्षण गर्न, अभिमुखीकरण तालिम लिनलाई देशका विभिन्न भागबाट काठमाडौं आएका हजारौँ कामदार सरकारले लागू गरेको बन्दाबान्दीको कारणले विदेश जान नपाइरहेको र यसमध्ये केही केही कामदारको भिसा अवधि समाप्त भई रोजगारी गुमाउने अवस्था आएको भए पनि यसतर्फ ध्यान नदिई अरु देशका नागरिकलाई नेपाल हुँदै विदेश जान स्विकृति दिने तर आफ्नै देशका नागरिकलाई विदेश जान रोक लगाउने कार्य गलत रहेकाले मापदण्ड बनाई कोरोना नफैलिएका देशमा कामदार पठाउने स्विकृति दिने व्यवस्था गरी पाउन माग गरिन्छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । साथै पछिल्लो समयमा भारत सबैभन्दा बढी कोभिड प्रभावित देश रहेको र कोरोनाको नयाँ भेरियन्टसमेत भारतबाटै फैलिएको भन्दै त्यसतर्फ ध्यान दिन भनिएको छ । भारतबाट नेपाल आउने व्यक्तिबाट कोरोना फैलन सक्ने भएकाले भारतीय नागरिकलाई नेपाल हुँदै विदेश जान रोक लगाउन पनि माग गरिएको छ । साथै कोरोना नफैलिएका देशमा नेपाली नागरिकलाई रोजगारीका लागि पठाउन स्विकृति दिने व्यवस्था गर्न पनि माग गरिएको छ । यसरी कामदार पठाउने स्विकृति बिदा चार्टर्ड फलाइट अत्यन्त महँगो हुने भएकाले नियमित फ्लाइट सुचारु गर्न पनि आग्रह गरिएको छ । यसैबीच, कोभिड–१९ को महामारीका समयमा पनि भारतीय नागरिक साउदी अरब गइरहेको विषयमा सरकारको कमजारी भएको संघका सचिब मेघनाथ भुर्तेलले आरोप लगाएका छन् । कोरोनाको बहानामा सरकारले नेपाली युवाहरूलाई विदेश जानबाट रोकिरहेको र भारतीय नागरिकलाई सहज रूपमा जान दिएको भन्दै यसमा सरकारको लाचारीपन देखिएको प्रभावसँगको कुराकानीमा उनले आरोप लगाएका छन् । दशौँ हजार नेपाली युवाहरू कोरोनाका बहानाले रोजगारीमा जान नपाएको अवस्थामा भारतीय नागरिकलाई निर्वाध रूपमा साउदी जान दिनुले सरकारको नियत मै शंका उत्पन्न भएको सचिब भुर्तेलको भनाइ छ । केही नेपाली युवाले रोजगारीसमेत गुमाउन सक्ने अवस्था सिर्जना भइरहेको समयमा अन्य देशका नागरिक जान पाउनु र नेपाली युवा रोकिनु दुःखद भएको उनले बताए । उनका अनुसार केही ब्याबसायीको पनि यसमा संलग्नता रहेको पो हो कि भन्ने आशंका उत्पन्न भएको छ । कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर जानुको मुख्य कारण तेस्रो मुलुकको नागरिकलाई खुला रूपमा आवत्जावत गर्न स्विकृति दिनुलाई यसको उदाहरणका रूपमा लिन सकिने उनको तर्क छ । सरकारले भारतीय नागरिकलाई साउदी जानका लागि उडान अनुमति दिनु र टिकटसमेत खरिद गरिसकेको युवाहरूलाई रोजगारीमा जानबाट वञ्चित गराउने काममा सरकार नै लागिपरेको देखिएको उनले आरोपसमेत लगाएका छन् । साउदी अरबले कोरोनाको महामारी बढेको भन्दै भारतीय नागरिकलाई साउदी प्रवेशमा रोक लगाएको थियो । तर, नेपाली बाटो भएर लामो समयदेखि भारतीय नागरिकहरू साउदी गइरहेको गुनासो आइरहेको छ । भारतीय नागरिकले नेपाली भूमि प्रयोग गरी उडान भरिरहेकाले साउदी अरबले नेपालबाट साउदी जानका लागि रोक लगाउन सक्ने भन्दै यस्तो गतिविधि रोक्नु पर्ने उनले बताएका छन् । नेपाली नागरिक करार अवधि पूरा गरी नेपाल आउन नपाउनु, बिदेशी भूमिमा मृत्युवरण गरेका नेपालीलाई समेत नेपाल ल्याउन नपाइरहको समयमा भारतीय नागरिक सहज रूपमा जान पाउनुले सरकारमाथि शंका गर्न सकिने प्रशस्त आधार रहेको सचिब भूर्तेलको भनाइ छ । अहिले छुट्टीमा आएर फर्किन नपाएको संख्या करिब ४ हजारको हाराहारीमा रहेको र नयाँ जान चाहनेको संख्या करिब ७ हजारको हाराहारीमा रहेको उनले जानकारी दिएका छन् । समस्याको समयमा संघ आफैँ पनि शोकमा रहेको भन्दै सरकारले पनि व्यवसायीलाई धरासायी बनाउने काम नगर्न उनले आग्रह गरे । ‘अहिले नै नेपाली दाजुभाइ वैदेशिक रोजगारीमा जानु पर्छ भन्ने होइन । तर दोस्रो मुलुकका नागरिकलाई निर्वाध रूपमा नेपाली उडानमार्फत आवत्जावत गर्न दिने नेपाल सरकारको यस्तो निर्णयप्रति संघको घोर आपत्ति छ,’ सचिब भुर्तेले भने । अहिले २२ हजार रूपैयाँ पर्ने टिकटका १ लाख ७२ हजार रूपैयाँसम्म लिन गरिएको भन्दै यस्तो कालोबजारीलाई पनि सरकारले नियन्त्रण गर्नु पर्ने उनको भनाइ छ । यदि केही गरी साउदीले नेपाललाई कालोसूचीमा राखेमा त्यसको असर व्यवसाय र रेमिट्यान्समा पर्ने भएकाले त्यसतर्फ समयमै सरकार सचेत हुनुपर्ने व्यावसायीले बताउँदै आएका छन् । यता, अध्यागमन विभागले भने नेपाल सरकारको निर्णयअनुसार नै चार्टर्ड उडानमार्फत विदेशी नागरिक उडिरहेको जनाएको छ । मन्त्रिपरिषद्ले नै चाटर्ड उडानमार्फत विदेश जान पाइने बताएकाले सोही अनुसार भइरहेको विभागका निर्देशक तथा प्रवक्ता झंकनाथ ढकालले बताएका छन् । विदेशीहरू नेपाली होटलमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेपछि उडान अनुमति दिने सरकारको नियमअनुसार नै गरिएको उनले बताए । आपूmहरूलाई यति मात्र जानकारी भएको र अन्य थप जानकारी परराष्ट्र मन्त्रालयले दिन सक्ने उनको भनाइ छ । यता परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने यस विषयमा आपूmले सम्बन्धित विभागमा बुझ्ने र जबाफ दिने भने पनि पुनः सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  ०४:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP