
काठमाडौं– नेपालबाट एकै दिन ३ हजारभन्दा बढी व्यक्ति विदेश प्रस्थान गरेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार बुधबार त्रिभुवन विमानस्थलबाट ३ हजार ८ सय ४८ जना विदेशिएका हुन् ।
नेपाल छाड्नेमध्ये २ हजार ९ सय ५६ जना पुरुष र ८ सय ९१ जना विदेशीले नेपाल छाडेका छन् । विदेश जानेमध्ये २ हजार ५ सय ४४ जना नेपाली र १ हजार ३ सय ४ जना विदेशी रहेका छन् । मंगलबार भने नेपालबाट ३ हजार १ सय ८३ जना विदेशिएका थिए । त्यसमध्ये २ हजार २ सय ३९ जना नेपाली र ९ सय ४४ जना विदेशि रहेको विभागले जनाएको छ ।
त्यसैगरी, बुधबार २ हजार २ सय ८९ जना नेपाल भित्रिएका छन् । जसमध्ये २ हजार १ सय नेपाली र १ सय ४१ जना विदेशि नेपाल प्रवेश गरेका छन् । मंगलबार १ हजार ४ सय ४० जना नेपाल प्रवेश गरेका थिए । त्यसमध्ये नेपालीको संख्या १ हजार २ सय ८९ जना र १ सय ५१ जना विदेशि रहेको विभागको तथ्यांकले देखाएको छ ।