Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशमा मृत्यु हुनेको संख्या बढ्दै
विदेशमा मृत्यु हुनेको संख्या बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १३, २०७८
Hardik health
काठमाडौं– नेपालबाट विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीहरूमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा वृद्धि हुँदै गएको छ । गैरआवासीय नेपाली संघ (एनआएन)अन्तर्गतको स्वास्थ्य समितिले दिएको जानकारीअनुसार यो साता मात्रै विदेशमा २३ जना नेपालीको ज्यान गएको हो । स्वास्थ्य समितिका संयोजक डा.सन्जीव सापकोटाका अनुसार भारतमा सबैभन्दा बढी २० जना नेपालीको ज्यान गएको छ । त्यस्तै यो साता कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण निधन भएको छ । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका ‘अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्स’मा कार्यरत डा.सागर पौडेलका अनुसार भारतको नयाँदिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कुल २० जना नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका व्यक्तिहरू रहेको जनाइएको छ । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा कोरोना संक्रमणका कारण ३७२ जना नेपालीको ज्यान गएको गैरआवासीय संघले जनाएको छ । त्यसमध्ये पनि २४५ जना मध्यपूर्वका रहेको बताइएको छ । अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५०६ जना पुगेको छ । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात ६४ हजार ७४४ जना संक्रमणमुक्त भएका छन् । यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्डमा रहेका थप नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो एक वर्षमा सबैभन्दा बढी मे महिनामा ६८ जना, सेप्टेम्बरमा ६५ जना, अगष्टमा ३६ जना नेपालीको ज्यान गएको डा.सापकोटाले जनाएका छन् । नयाँ वर्ष सुरु भएपछि भने अप्रिल महिनामा २३ जना नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । गत वर्षको जुन, जुलाई, डिसेम्बर र यो वर्षको जनवरी महिनामा सबैभन्दा धेरै नेपालीहरू कोरोना संक्रमणबाट मुक्त भएका थिए । यसैबीच, गत वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले महामारीका दौरान २५० जना डाक्टर र नर्सहरू परिचालन गरिएको जानकारी दिए । उनका अनुसार, नेपाल बाहिर करिब ५ हजार डाक्टर र १५ हजारको हाराहारीमा नर्सहरू रहेका छन् । ती सबै स्वास्थ्यकर्मीहरूलाई एनआरएनमा जोड्न प्रयास भइरहेको पनि उनले बताएका छन् । कोरोना फैलाउनेलाई ५ वर्ष जेल नेपालीहरूको मुख्य श्रम गन्तव्यमध्ये एक साउदी अरबमा कोरोना फैलाउनेलाई ५ वर्ष जेल र ५ लाख साउदी रियाल जरिवाना गर्ने भएको छ । कोरोना भाइसरको महामारी बढ्दै गएपछि साउदी सरकारले कडा नियम ल्याएको हो । साउदीका अधिकारीहरूका अनुसार त्यहाँको सार्वजनिक अभियोजनले जानाजान कोरोना भाइरसको संक्रमण फैलाउने जो–कोहीलाई कडा कारबाही गरिने घोषणा गरेको छ । साउदीले आफूले कोरोना संक्रमण नियन्त्रणसम्बन्धी मापदण्ड उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने निर्णय गरेको हो । जसअनुसार ठूलो आर्थिक जरिवाना र जेल सजायसम्म हुने जनाइएको छ । यस्तै, कोरोना संक्रमण फैलाउने आप्रवासीलाई पुनः साउदी फर्किन नपाउने गरी देश निकाला गरिने पनि साउदी सरकारले जनाइएको छ । कोरोना भाइरस संक्रमण फैलाउने कार्यलाई साउदीले अपराध भनिसकेको छ । साउदीले अघिल्लो वर्षको १७ डिसेम्बरदेखि त्यहाँका नागरिक र आप्रवासीहरूलाई निःशुल्क रूपमा कोरोनाको खोप प्रदान गर्दै आएको छ । साउदीका अधिकारीहरूले जनाएअनुसार साउदीभर विभिन्न ५८७ खोप केन्द्रमार्फत् अहिलेसम्म ८० लाख मानिसलाई खोप लगाइसकेको छ । साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म ४ लाख ११ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ८८७ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ०६:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP