
काठमाडौं– कुवेतले त्यहाँको आवासीय कानुन उल्लंघन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने अवधि (ग्रेस पिरेड) थप गरेको छ । अघिल्लो पटकको म्याद गएको बिहीबार सकिएसँगै कुवेतले फेरि एक महिना समयावधि थप गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यामले दिएको जानकारीअनुसार थप गरिएको समयावधि १५ मेभित्रमा आङ्खनो कानुनी अवस्था सच्याउन आग्रह गरिए को छ । यो समयभित्र पनि आङ्खनो कानुनी अवस्था नसच्याउनेहरूलाई कारबाही गरिने तथा जरिवाना तिराइने त्यहाँका अधिकारीहरूले जनाएका छन् ।
उनीहरूको आवासीय भिसा रद्द गरिने, देश निकाला गरिने तथा पछि फेरि फर्केर आउन नमिल्ने गरी देश निकाला गर्ने जनाइएको छ । कुवेतले अहिलेसम्म चारपटक यो अवधि बढाइसकेको छ । गएको वर्ष मार्चमा कोरोना भाइरसको महामारी सुरु भएसँगै कुवेतले यस्तो अवसर दिन थालेको हो ।
कुवेतमा रहेका र अवैधानिक बनेका नेपाली श्रमिकले पनि यो अवसरको फाइदा लिन सक्नेछन् । कुवेतमा अवैधानिक भएर बसेका आप्रवासी यति नै छन् भन्ने कुनै तथ्यांक नभए पनि अघिल्लो वर्ष कुवेतमा भिसा उल्लंघन गरेका एक लाख जना जति आप्रवासी रहेको जनाइएको छ ।