
काठमाडौं– वैदेशिक रोजगार विभागको नयाँ माहानिर्देशकमा कृष्णप्रसाद दवाडी आएका छन् । तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाल सरुवा भएपछि रिक्त स्थानमा दवाडी आएका हुन् ।
वैदेशिक रोजगार कार्यालय (ताहाचल) का पूर्वकार्यलय प्रमुख र साउदी अरबस्थित नेपाली दूताबासका पूर्वश्रम काउन्सिलरसमेत सहिसकेका सहसचिब दवाडीले विभागको नेतृत्व पाएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैदेशिक रोजगार विभागका महानिर्देशक दाहाललाई लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालय बुटवलमा सरुवा गरेपछि विभागको महानिर्देशक पद रिक्त रहेको थियो । दवाडी वैदेशिक रोजगार क्षेत्रका अनुभवी व्यक्तिका रूपमा परिचित छन् ।
गत मंगलबार ७९ जना सहसचिवहरूको सरुवा गर्दा सहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका दवाडी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएर आएका थिए । उनी आइतबारबाट विभागमा हाजिर भएका छन् ।