Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम गन्तव्य मुलुकमा कोरोना बढ्दै
श्रम गन्तव्य मुलुकमा कोरोना बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ५, २०७८
Hardik health
काठमाडौं– नेपाली कामदारको मुख्य गन्तव्य मुलुकमा कोरोनाको संक्रमण दर बढ्दै गएको छ । गन्तव्य मुलुकहरूमध्ये कतिपय मुलुकमा कोरोनाको संक्रमण बढ्दो क्रममा देखिएको छ । थोरै मुलुकमा भने कोरोना संक्रमणको स्थिति स्थिर देखिएको हो । नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकमध्ये एक, मलेसियामा बिहीबार मात्रै २ हजार १ सय ४८ नयाँ संक्रमित भेटिएका छन्, १० जनाको मृत्यु भएको छ । बुधबार १ हजार ८ सय ८९ जना संक्रमित तथा ८ जनाको मृत्यु भएको थियो । मलेसियामा पछिल्लो चार दिनको तथ्यांकका आधारमा बिहीबारको संख्या सबैभन्दा धेरै हो । यस अगाडि मंगलबार १ हजार ७ सय ६७ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । सो दिन मलेसियामा १२ जनाको मृत्यु भएको थियो । यसैगरी सोमबार १ हजार ३ सय १७ जना संक्रमित भएका थिए । मलेसियाको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म मलेसियामा ३ लाख ६७ हजार ९ सय ७७ व्यक्तिलाई कोभिड–१९ को संक्रमण भएको छ जसमध्ये १ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ३ लाख ४९ हजार व्यक्ति संक्रमणमुक्त भएको जनाइएको छ । यसैगरी, नेपाली श्रमिकको अर्को मुख्य गन्तव्य मुलुक साउदी अरबमा पनि पछिल्ला केही दिनयता कोभिड–१९ को संक्रमण बढ्दो क्रममा देखिएको छ । साउदी अरबका सञ्चारमाध्यमहरूले कोभिड संक्रमितको संख्यामा स्पष्ट वृद्धि देखिएको जनाएका छन् । साउदी अरबको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ७ सय ९९ जना, सोमबार ८ सय ४२ जना, मंगलबार ९ सय ५१ जना तथा बुधबार ९ सय २९ व्यक्तिमा कोभिड–१९ को संक्रमण देखिएको छ । कोभिडका कारण बुधवार त्यहाँ ८ जनाको मृत्यु भएको छ । योसँगै कोभिड–१९ का कारण साउदी अरबमा ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय ८१ पुगेको छ । साउदी अरबमा हालसम्म ४ लाख १ हजार १ सय ५७ व्यक्तिमा कोभिडको संक्रमण देखिएको छ जसमध्ये ३ लाख ८५ हजार ४ सय ४१ व्यक्ति संक्रमणमुक्त भएका छन् । यसैबीच, नेपालीको अर्को गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) मा कोभिड–१९ को संक्रमण भएका व्यक्तिको संख्या स्थिर जस्तै देखिएको छ । त्यहाँ बिहीबार १ हजार ९ सय २८ व्यक्तिमा कोभिडको संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार कोभिडका कारण ४ जनाको ज्यान गएको छ । युएईमा हालसम्म ४ लाख ९१ हजार ४ सय २३ व्यक्ति संक्रमित भएका छन् । जसमध्ये ४ लाख ७५ हजार १२ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ४५ छ । गत जनवरी तथा फेब्रुअरीमा दैनिक ४ हजारको हाराहारीमा संक्रमित देखिइरहेको युएईमा हाल देखिएको संख्या आधा कम हो । नेपालीको अर्को मुख्य गन्तव्य मुलुक कतारमा पनि कोभिड संक्रमितको संख्यामा सामान्य वृद्धि देखिएको छ । कतारमा बिहीबार ९ सय ८९ जनामा कोभिडको संक्रमण देखिएको छ । बुधबार ९ सय ८४ जना, मंगलबार ९ सय ८१ जना तथा सोमबार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको थियो । बिहीबार कतारमा ९ जनाले ज्यान गुमाए भने बुधबार ८ जनाको ज्यान गएको थियो । हालसम्म कतारमा १ लाख ९३ हजार ९ सय ५२ व्यक्तिमा कोभिडको संक्रमण देखिएको छ । त्यसमध्ये ३ सय ५७ जनाको ज्यान गएको छ भने १ लाख ७१ हजार ९ सय ८५ व्यक्ति संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ०६:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP