Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भाषा परीक्षाको कोटा निर्धारण
भाषा परीक्षाको कोटा निर्धारण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ३१, २०७७
Hardik health
काठमाडौं– दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले सन् २०२१ को भाषा परीक्षामा उत्तीर्र्ण गराउनेको संख्या निर्धारण गरेको छ । परीक्षामा सहभागीमध्ये एचआरडीले सन् २०२१ म ५ हजार ४ सय जनालाई उत्तीर्र्ण गराउने भएको हो । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये कति जना कोरिया जान पाउँछन् भन्ने विषयमा कुनै जानकारी नआएको इपिएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले जानकारी दिएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखा (एचआरडी) ले निर्धारण गरेको यो संख्या काम गर्न कोरिया लानेभन्दा पनि परीक्षा उत्तीर्णका लागिमात्रै निर्धारण गरिएको गौतमको भनाइ छ । एचआरडी कोरियाले सन् २०२१ मा विश्वका विभिन्न देशबाट ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेको बताइएको छ । यो विश्वका विभिन्न १६ देशका लागि छुुट्टयाइएको कोटा हो । निर्देशक गौतमले यो पटक एचआरडीले संख्या पठाउँदा कोटा नभनेर परीक्षा उत्तीर्र्ण गर्ने संख्या भनिएको बताएका छन् । पहिलेका वर्षमा औद्योगिक र कृषि क्षेत्रका लागि अलगअलग कोटा आउने गरेको भए पनि यो वर्ष त्यस्तो नभएको गौतमको भनाइ छ । ५ हजार ४ सयमध्ये कति जना कोरिया जान पाउँछन् ? यस विषयमा अहिले केहि भन्न नसकिने उनले बताए । उनले भने, ‘अघिल्ला वर्षमा यति कोटा भनेर निर्धारण गरिएको हुुन्थ्यो, यो पटक त्यस्तो नभएर परीक्षा उत्तीर्ण गर्ने संख्या भनिएको छ, त्यसैले यो संख्यालाई कोरिया जाने संख्या भन्ने दुविधामा देखिएको छ, यस विषयमा आपूmहरुले बुझ्ने प्रयास गरिरहेका छौँ ।’ निर्देशक गौतमले गएको जनवरीमै सूचना निकालेर एचआरडीले पहिलो आधा वर्षमा उत्पादनतर्फ १ हजार ६८ जना नेपाली श्रमिक लैजाने भनेको भए पनि चार महिना बितिसक्दासमेत यो प्रक्रिया सुरु हुन नसकेको जानकारी दिए । यो समय सकिने २ महिना बाँकी रहेको अवस्थामा कामदार लैजाने प्रक्रिया अगाडि नबढेकाले थप यसै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । पहिलो आधा वर्षका लागि गरेको प्रतिबद्धता नै कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको लागि थप कोटा आएर कार्यान्वयन हुने सम्भावना न्यून बन्दै गएको जनाइएको छ । यो वर्षका लागि भाषा परीक्षा उत्तीर्ण गराउनेको संख्या निर्धारण भएर आएको भए पनि परीक्षा समय एकीन भइनसकेको निर्देशक गौतमले जानकारी दिएका छन् । कोरियाले नेपालबाट सन् २००८ देखि भाषा परीक्षा उत्तीर्र्ण गरेका श्रमिकलाई इपिएसमार्फत दक्षिण कोरिया लग्दै आएको छ । कोरिया सरकारले विदेशी श्रमिक आपूर्ति गर्दै आएका देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गर्न सकेको थिएनन् । नेपालमा कात्तिकमा परीक्षा फर्म खुलाएर चैतमा परीक्षा लिँदै आएको थियो । यो वर्ष पनि कोरियन भाषा परीक्षाका विषयमा अहिलेसम्म टुंगो नलागेको निर्देशक गौतमले जानकारी दिएका छन् । इपिएस शाखाका अनुसार इपिएसमार्फत रोजगारीका लागि गएका ४५ हजारभन्दा बढी नेपाली युुवा दक्षिण कोरियाको रोजगारीमा गएका थिए । त्यसमध्ये हालसम्म ४० हजार युुवा त्यहाँ कार्यरत रहेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०५:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP