
काठमाडौं– पछिल्लो समय श्रमसम्बन्धि गुनासाहरु बढ्दै गएका छन् । मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो ३ हप्तामा यस्ता गुनासाको संख्यामा वृद्धि हुदै गएका हुन् ।
मन्त्रालयको तथ्यांकअनुसार २८ फागुनको एक हप्ताको तुलनामा १९ चैतमा गुनासोको संख्यामा करिब दोब्बरले वृद्धि भएको छ । २८ फागुनमा १५ वटा गुनासा आएको १९ चैतको एक हप्तामा २७ वटा गुनासा आएको मन्त्रालयले जनाएको छ । त्यस्तै ६ चैतको एक हप्तामा १९ वटा गुनासा प्राप्त भएको मन्त्रालयको तथ्यांकले देखाएको हो ।
त्यस्तै २८ फागुनमा ५ वटा गुनासाको सम्बोधन गरिएको छ । त्यस्तै १९ चैतको एक हप्ताको तथ्यांकअनुसार ७ वटा गुनासाको सम्बोधन भएको छ । जबकि ६ चैतमा ८ वटा गुनासा समाधान गरिएको जनाइएको छ । यसैगरी, पछिल्लो ३ हप्ताको तथ्यांकअनुसार २८ फागुनमा १० वटा गुनासा प्रक्रियामा रहेका थिए भने १९ चैतसम्म आइपुग्दा २० वटा प्रक्रियामा रहेका छन् । ६ चैतमा पनि ११ वटा गुनासा प्रक्रियामा रहेको बताइएको थियो ।
यसैबीच १९ चैतसम्मको तथ्यांकअनुसार ३८ जना गैर नेपाली नागरिकलाई नयाँ श्रमस्विकृति दिइएको छ । त्यसैगरी, यो अवधिमा श्रमस्विकृति नवीकरण गर्ने गैरनेपाली नागरिकको संख्या ४२ जना रहेको जनाइएको छ । जुन ६ चैतमा नयाँ श्रम स्विकृति लिनेको संख्या ७ र नवीकरण गर्नेको संख्या १५ रहेको थियो ।