Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारमा ५० प्रतिशत कामदारले मात्र काम पाउने
कतारमा ५० प्रतिशत कामदारले मात्र काम पाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २७, २०७७
15362212191513045708
Hardik health
काठमाडौं– कतारका सरकारी तथा निजी क्षेत्रमा ५० प्रतिशत कामदारलाई मात्र काम लगाउन पाइने भएको छ । कतार सरकारले शुक्रबारदेखि त्यहाँका कम्पनीले ५० प्रतिशत कामदारलाई मात्र प्रत्यक्ष काममा लगाउन पाइने भएको हो । कतारमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेसँगै यहाँको सरकारले विभिन्न क्षेत्रमा थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कतार सरकारले सरकारी र निजी क्षेत्रका कर्मचारी तथा कामदारहरू ५ जनाभन्दा बढी बैठकहरूमा भाग लिन नपाउने, कतारमा रहेका सबै नागरिकहरूले कुनै पनि कारणले घर छाड्दा अनिवार्य मास्क लगाउनुपर्ने निर्णय कतार सरकारले गरेको हो । पार्क, समुद्री किनारा, कर्नेसलगायत स्थानमा परिवार भए बढीमा २ जनाभन्दा बढी भेला हुन नपाउने, चालकसमेत गरेर परिवार भए निजी सवारीमा ४ जनाभन्दा बढीले यात्रा गर्न नपाउने, बस तथा भ्यानको आधा क्षमताअनुसार मात्र कामदार बोक्न पाउने भए पनि सबैले सावधानीका उपायहरुको अनिवार्य प्रयोग गर्नैपर्ने र मेट्रो तथा कर्वा बस बढीमा २० प्रतिशत यात्रु क्षमताले मात्र चल्न पाउने कतार सरकारले निर्णय गरेको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । त्यस्तै कतार सरकारको अर्को सूचना नआएसम्म कतारका सबै ड्राइभिङ स्कुलहरू बन्द रहने, सिनेमाघर र थिएटरहरूको बन्द हुने, निजी शैक्षिक केन्द्रहरू र प्रशिक्षण केन्द्रहरूले अनलाइन सेवाहरू मात्र दिन पाउने जनाएको छ । त्यस्तै रेस्टुरेन्ट र क्याफेहरू बन्द रहने, टेक अवे र डेलिभरी सेवा भने चलाउन पाउने, होलसेल मार्केट सपिङ मल ३० प्रतिशतले खोल्न पाउने, १२ वर्षका बालबालिकालाई भने प्रवेश गर्न नपाइने उल्लेख छ । त्यस्तै अर्को सूचना नआएसम्म बन्द र खुला ठाउँहरूमा विवाहहरू गर्न नपाइने, जिमहरू र शारीरिक प्रशिक्षण क्लबहरू, सैलुन ब्युटिपार्लरहरु, स्विमिङ पुल, मनोरञ्जन पार्क र सबै मनोरञ्जन केन्द्रहरू पनि बन्द गर्ने कतार सरकारले निर्णय गरेको छ । निजी स्वास्थ्य सेवा केन्द्रहरुले आपतकालीन सेवा मात्र दिन पाउने, सफाइ र आतिथ्य कम्पनीहरूले प्रदान गरेको सेवाहरूको सञ्चालन क्षमता घटाउन पर्ने तथा मागको ३० प्रतिशत मात्रले काम गर्न पाउने, एकदिनमा एक व्यक्तिद्वारा मात्र एक घरमा सेवा गर्न सक्ने कतारबाट प्रकाशित हुने क्युएन खबरले जनाएको छ । त्यस्तै कतार सरकारले कतारमा पिसिआर परीक्षणको शुल्कसमेत निर्धारण गरेको छ । ८ अप्रिलदेखि लागू हुनेगरी कतारको स्वास्थ्य मन्त्रालयले ४४ वटा निजी अस्पतालमा कोभिड–१९ भाइरसको स्वाब परीक्षणको शुल्क कतारी तीन सय रियाल निर्धारण गरेको हो । सरकारी क्षेत्रमा पिसिआर गर्नेहरुको भिड बढेपछि निजी अस्पतालहरुलाई शुल्क तोकेर पिसिआर गर्न दिइएको हो । कामदार भिसामा आएका श्रमिकहरुले सरकारी अस्पतालमा पिसिआर गर्न पाउने उल्लेख छ । त्यस्तै, कतारमा कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरुले होटल क्वारेन्टिइन बस्नु नपर्ने भएको छ । कतारमै रहेर दुइ डोज पूरा गरेर बिदामा गएकाहरु फर्कँदा होटल क्वारेन्टिन बस्न नपर्ने बताइएको हो । त्यस्तै कतारमा कोरोनाबिरुद्धको खोप लगाउन हेल्थ कार्ड नचाहिने पनि भएको छ । यसअघि हेल्थ कार्ड अनिवार्य गरिए पनि हाल खोप लगाउन कै लागि हेल्थ कार्ड नचाहिने उल्लेख छ । हालका लागि खोप लगाउनका लागि म्याद भएको कतारी आइडी र एहथेराज भने हरियो रङ्कको हुनुपर्ने उल्लेख छ । कतारी नागरिकसहित आप्रवासी कामदारहरुलाई कतारले प्राथमिकताको आधारमा फाइजर बायोटिक र मोडना खोप निःशुल्क उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप कार्यक्रम सुरु भएदेखि हालसम्म करिव १० लाख डोज खोप उपलब्ध गइएको छ । कतार सरकारले कोरोना भाइरसबाट बच्नका लागि सबैलाई सावधानीका उपायहरु अपनाउन र अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनेको छ । सामाजिक दुरी कायम राख्न र कतार सरकारले जारी गरेको मोबाइल एप एहथेराज पनि कतारमा बस्ने सबैले अनिवार्य प्रयोग गर्न भनिएको छ । एकै दिन ८ जनाको मृत्यु कतारमा कोरोना भाइरस संक्रमणका कारण बुधबार एकैदिन ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९, ४४, ४५, ५२, ५३, ७३, ८२ र ८६ वर्षीय नागरिक रहेका हुन् । कोरोना संक्रमणबाट कतारमा हालसम्म ३ सय २० जनाको मृत्यु भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु भएका नागरिकहरु कुन देशका हुन् भन्ने केही खुलाइएको छैन । कतारमा बुधबार मात्रै थप ९ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ । योसँगै कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८६ हजार २ सय १ पुगेको छ भने १ लाख ६७ हजार ४ सय ८० जना निको भएका छन् । कतारमा अहिलेसम्म १७ लाख ८० हजार ८ सय ७७ जनाको स्वास्थ्य परीक्षण भएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ०६:१५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP