
काठमाडौं– ओमानमा अलेखबद्ध (गैरकानुनी) रुपमा रहेका विदेशी नागरिकलाई घर फर्किने अवधि थप गरिएको छ । भिसाको समय तथा आवासीय परिचयपत्रको अवधि समाप्त भई अवैध रुपमा ओमानमा बसिरहेका तथा काम गरिरहेका सबै विदेशी नागरिकहरुलाई घर फर्किनका लागि निःशुल्क कानुनी प्रक्रियामा सहभागी हुने अवधि थप गरिएको हो ।
योभन्दा पहिले ओमानको श्रम मन्त्रालयले १५ नोभेम्बर २०२० देखि ३१ डिसेम्बरसम्मको अवधि थप गरेर ३१ मार्च २०२१ सम्म बनाएको थियो । सो अवधिमा कोरोना महामारीका कारण अवैधानिक नागरिक आफ्नो देश फर्किन नसकेकाले समय अवधि बढाएर अहिले ३० जुनसम्म बनाइएको बताइको छ ।
यो सँगै ओमानमा रहेका नेपाली श्रमिकले पनि यसको फाइदा लिन सक्ने त्यहाँ रहेको नेपाली दँताबासले जनाएको छ । यो अवसरको फाइदा लिएर जरिवाना नतिरेरै आफ्नै खर्चमा घर फर्किन अलेखबद्ध नेपालीलाई ओमानमा रहेको दँताबासले आग्रह समेत गरेको छ । यस्तै दँताबासले कामदार अनुमति पत्र तथा भिसाको अवधि सकिएर ओमानमा गैरकानुनी रुपमा रहेका नेपाली श्रमिकलाई दँताबासमा सम्पर्क गर्न पनि भनेको छ ।