
काठमाडौं– वैदेशिक रोजगारीमा जाने र रोजगारीबाट फर्केका करिब ५ सयभन्दा बढीलाई सीप प्रदान गरिएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) मार्फत चालँ आर्थिक वर्षको हालसम्म करिब ५ सय ८० जनालाई तालिक प्रदान गरिएको हो ।
विदेश जाने ४ सय ८० जनालाई सीप सिकाइएको र विदेशबाट आएका १ सय जनालाई पुनः सीप परीक्षण गराइएको सामी परियोजनाका सीप विकास संयोजक सुनिला बनीयाले जानकारी दिएकी छन् । चालँ आर्थिक वर्षमा ३ हजार ६ सय जनालाई सीप प्रदान गर्ने लक्ष्य लिएको उनको भनाइ छ । जसमध्ये विदेश जाने १ हजार जनालाई सीप र विदेशबाट फर्किएका २ हजार ६ सय जनालाई पुनः परीक्षण सीप सिकाउने योजना रहेको उनले बताइन् ।
कोरोनाले गर्दा यो वर्ष उल्लेख्य मात्रामा सीप सिकाउने नसकिएको बनीयाले जानकारी दिएकी छन् । चालँ आर्थिक वर्षका लागि मार्चदेखि मात्रै तालिम दिन थालिएकाले केही कम मात्रलाई तालिम प्रदान गर्न सकिएको उनको भनाइ छ । विदेश जानेलाई दक्ष बनाउने उद्देश्यले तालिम प्रदान गर्ने गरिएको र विदेशबाट आएकालाई पुनः परीक्षण गरी प्रमाणपत्र प्रदान गर्ने गरिएको बनियाले बताइन् ।
परियोजनाले विदेश जानेहरुलाई १ महिनाको र विदेशबाट आएकालाई ७ देखि १५ दिनको पुनः परीक्षण गराइने गरिएको बताइएको छ । जसका लागि विदेश जाने पुरुषहरुलाई डकर्मी, कार्पेन्टर, इलेक्ट्रिसियन प्लम्बर र स्काफोल्डर तथा महिलाका लागि गार्मेन्ट तालिम दिने गरिएको बनीयाले जानकारी दिइन् ।
विदेश जाने युवाहरुलाई त्यहाँको कला संस्कृतिलगायत विषयमा जानकारी दिने गरिएको उनको भनाइ छ । विदेशमा गएर गर्न नहुने चालचलनका बारेमा पनि श्रमिकलाई परीक्षण गर्ने गरिएको उनले जानकारी दिइन् । यो परियोजनाले अहिले धेरै पासपोर्ट जारी हुने ४० जिल्लाहरुमा आप्रवासन स्रोत केन्द्रमार्फत सेवा प्रदान भइरहेको उनको भनाइ छ । ५ हजारभन्दा बढी राहदानी वितरण हुने जिल्लाहरुमा केन्द्र राखिएको बताइएको छ ।