Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • गैरकानुनी कार्य नगर्न आग्रह
गैरकानुनी कार्य नगर्न आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २०, २०७७
1531996850hundi
Hardik health
काडमाडौं– साउदी अरबमा रहेको नेपाली दूताबारले हुन्डी, हवाला वा अन्य कुनै पनि गैरकानुनी माध्यमबाट रकमको कारोबार तथा गैरकानुनी कार्य नगर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै साउदी दूताबासले यस्तो आग्रह गरेको हो । दूताबासले स्वदेशमा रकम पठाउँदा बैंकिङ माध्यमबाट मात्र पठाउन अनुरोध गरेको छ । त्यस्तै साउदी अरबको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको विपरीत हुने कुनै पनि कार्य नगर्नसमेत विज्ञप्तिमा भनिएको छ । साउदी अरबमा मदिराजन्य पदार्थको उत्पादन, बेचविखन, ओसारपसार, सेवन तथा लागू पदार्थको सेवन वा कारोवार पूर्णगैरकानुनी कार्य भएकाले त्यस्तो कार्यमा संलग्न नहुन पनि दूताबासले त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ । दूताबासले कुनै पनि किसिमको धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा आफ्नो कोठाभित्र मात्र सीमित राख्नसमेत भनेको छ । आफ्नो फोनबाट अरूलाई कुरा गर्न नदिन र आफूले पनि आफ्नो फोनबाट अपरिचित पुरुष–महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्नसमेत भनेको छ । त्यसैगरी, साउदीमा राजनीतिक सभा, सम्मेलन, गोष्ठी गर्नु पूर्णगैरकानुनी भएकाले त्यस्ता कार्य नगर्नसमेत भनिएको छ । यस्तो कार्यमा संलग्न भएको खण्डमा ठूलो सजायसमेत हुनेतर्फ सजग रहन विज्ञप्तिमा भनिएको छ । त्यस्तै छुट्टीमा वा रोजगार करार सम्झौता समाप्त गरी नेपाल फर्कँदा वा साउदी ओहोरदोहोर गर्दा साउदी अरबको कानुनले निषेध गरेका कुनै पनि सामान नबोक्न पनि आग्रह गरिएको हो । यस्तो कार्यले कामदारलाई समस्या पर्ने दूताबासको भनाइ छ । कुनै अन्य व्यक्तिका कानुनले बर्जित मालसामान बोकेको खण्डमा त्यसको सम्पूर्ण जिम्मेवार आफैँ हुनु पर्ने भएकाले अन्य व्यक्तिका सामानहरु पनि आफूले नबोक्न दूताबासले अनुरोध गरेको छ । साथै स्थानीय कानुन, ट्राफिक नियम र अनुशासनको पालना गर्न तथा कानुनी कारबाही हुनबाट बच्न सबैलाई अनुरोध गरिन्छ विज्ञप्तिमा भनिएको छ । साउदी अरबको साइबर अपराधविरूद्धको कानुन, २००७ को कसैले उल्लंघन गरेमा ५ वर्षको जेल सजाय वा ३० लाख रियालसम्म जरिवाना वा दुवै सजाय हुने भएकाले सो कानुनको प्रतिकूल हुने कुनै पनि गतिविधिहरू नगर्न दूताबासले अनुरोध छ ।  
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP