Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशबाट फर्केका र विदेश जानेलाई तालिम दिँदै बोर्ड
विदेशबाट फर्केका र विदेश जानेलाई तालिम दिँदै बोर्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ५, २०७७
1584878990
Hardik health
काठमाडौं– वैदेशिक रोजगार बोर्डले विदेशमा रोजगारी गरेर फर्केका तथा रोजगारीका लागि विदेश जाने युवालाई निःशुल्क तालिम दिइरहेको छ । बोर्डले विदेश जाने र विदेशबाट फर्केका युवालाई लक्षित गरी १ फागुनदेखि निःशुल्क तालिम प्रदान गरिरहेको हो । अहिले पनि तालिम लिन चाहनेहरुले तालिम लिन सक्ने बोर्डले जनाएको छ । बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गर्दै विभिन्न प्रकारका सीपमूलक तालिम निःशुल्क प्रदान गरिरहेको छ । बोर्डले आनो रुची अनुसार तालिममा सहभागी हुनसमेत सबैमा अनुरोध गरेको छ । नेपाली श्रमिक दक्ष भएर मात्रै वैदेशिक रोजगारीमा जाउन् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बोर्डले जनाएको छ । बोर्डले अहिले कुक, वेटर, हाउस किपिङ, भान्सा सहयोगी, फ्रन्ट अफिस सहायक, सुरक्षा गाड, डकर्मी, हाउस पेन्टर, प्लम्बर सहायक, वेल्डर सहायक, जुनियर फर्निचर मेकर, ब्युटिसियन, जुनियर ब्युटिसियन, सटरिङ कार्पेन्ट्री, एसिस्टेन्ट स्काफोल्डर, इलेक्ट्रिसियनलगायत तालिम सञ्चालन गरिरहेको छ । तालिममा सहभागी सबैको सीप परीक्षणसमेत हुने बोर्डको भनाइ छ । सीप परीक्षणमा पास भएमा परीक्षा दिँदा लागेको शुल्क बोर्डले फिर्ता दिने बताएको छ । तालिममा सहभागीले ९० प्रतिशत हाजिर भएमा मात्र सीप परीक्षणमा भाग लिन पाउने बोर्डको भनाइ छ । बोर्डले सञ्चालन गर्ने तालिम प्रदेशअनुसार हुने बताइएको छ । बोर्डले प्रदेश अनुसार तालिम प्रदायक संस्थासमेत तोकिदिएको छ । बोर्ड सचिवालय, सिटिइभिटी तथा तालिम प्रदायक संस्थाहरुबीच तालिम सञ्चालनमा सम्झौतासमेत भइसकेको छ । जसअनुसार प्रदेश १ मा सुम्निमा पोलिटेक्निक इन्स्टिच्युट भोजपुर तथा रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालय इलाममा सीप सिक्न पाइने छ । त्यसैगरी, प्रदेश २ का लागि निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबास तथा बिपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्युट, धनुषमा सीप सिक्न पाइने छ । यता वागमती प्रदेशका लागि बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी काठमाडौं, बनेपा पोलिटेक्निकल इन्स्टिच्युट काभ्रे, नारायणी बहुप्राविधिक शिक्षालय चितवन तथा जिरी प्राविधिक शिक्षालय दोलखामा सीप सिक्ने कार्यक्रम सञ्चालन भइरहेको छ । यसैगरी, गण्डकी प्रदेशमा पोखरा प्राविधिक शिक्षालय कास्कीमा तालिम लिन पाइने छ । उता लुम्बिनी प्रदेशका लागि कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी रुपन्देही, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय दाङ र भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा तालिम लिन पाइन्छ । त्यसैगरी, कर्णाली प्रदेशका लागि कर्णाली प्राविधिक शिक्षालय जुम्ला तथा सहिद नेत्रलाल अभागी प्राविधिक शिक्षालय सल्यानमा तालिम प्रदान हुन्छ भने सुदूरपश्चिम प्रदेशका लागि टीकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलालीमा तालिम सञ्चालन भइरहेको छ । सबै शिक्षालयहरूबाट गरी ७ हजार ३ सय ६० जनालाई सीप विकास तालिम दिने लक्ष्य रहेको बोर्डले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  ०७:१९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP