Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ठगीका उजुरी दर्तामा कमी
ठगीका उजुरी दर्तामा कमी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १, २०७७
lll
Hardik health
काठमाडौं– नेपालबाट विदेश जाँदा हुने ठगीमा चालू आर्थिक वर्षको छ महिनामा कम उजुरी परेका छन् । चालू आर्थिक वर्षको ६ महिनामा संस्थागत तर्फ ७५.३२ प्रतिशत र व्यक्तिगततर्फ ३४.५५ प्रतिशत कम उजुरी आएका हुन् । चालू आर्थिक वर्षको ६ महिनामा संस्थागततर्फ एक सय ८७ वटा ठगीका उजुरी परेको र यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ७५.३२ प्रतिशतले कम भएको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी टिकामणि नेउपानेले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको पुस महिनासम्म ७ सय ५८ वटा ठगीका उजुरी परेका थिए ।त्यस्तै व्यक्तिगत रुपमा पनि अघिल्लो आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षमा कम उजुरी आएको नेउपानेले बताएका छन् । अघिल्लो आर्थिक वर्ष अर्ध वार्षिक अवधिमा व्यक्तिगततर्फ दुइ सय ४६ वटा उजुरी विभागमा आएको भए पनि चालू आर्थिक वर्षको ६ महिनामा एक सय ६१ वटा उजुरी परेको उनले बताए । अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा संस्थागततर्फ दाबी रकम पनि कम रहेको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा रु.२३ करोड ९१ लाख, ५ हजार एक सय ९३ क्षतिपूर्ति दाबी गरिएको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा रु.५ करोड ६१ लाख ६९ हजार ९ सय ४६ क्षतिपूर्ति दाबी गरिएको छ । जुन अघिल्लो ६ महिनाको भन्दा ७६.५० प्रतिशतले कम हो । यस्तै, विभागले अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू आर्थिक वर्षमा ६५ प्रतिशत बढी बिगो भराउन सफल भएको उनले बताएका छन् । चालू आर्थिक वर्षको ६ महिनामा रु.६ करोड ६८ लाख, ५३ हजार चार सय ७३.२६ बिगो भराइएको छ । जवकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु.४ करोड २ लाख ७८ हजार पाँच सय बिगो भराइएको थियो । त्यसैगरी, व्यक्तिगत रुपमा उजुरी दिने व्यक्तिले चालू आर्थिक वर्षमा रु.१५ करोड ३३ लाख, ७५ हजार बिगो दाबी गरेर उजुरी दिएका छन् । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १२.१९ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोही समयमा रु.१७ करोड, ४६ लाख, ६७ हजार बिगो दावी गरिएको थियो । व्यक्तिगत रुपमा आएका उजुरीहरुलाई अदालतमा पेस गरेर कार्बाही गरिने पनि सूचना अधिकारी नेउपानेले जानकारी दिएका छन् । जसमा अघिल्लो आर्थिक वर्षको ६ महिनामा एक सय ४१ मुद्दा अदालतमा दायर गरिएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा ५८ वटा मुद्दा मात्र अदालतमा दायर गरिएको उनको भनाइ छ । अदालतमा दायर गरिएको मुद्दामा बिगो दाबी गरिएको रकम पनि चालू आर्थिक वर्षमा २३.१७ प्रतिशतले कम रहेको नेउपानेले बताएका छन् । अघिल्लो वर्षको ६ महिनामा रु. १३ करोड, ७२ लाख ३२ हजार बिगो दाबी गरिएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा रु. १० करोड ५४ लाख २९ हजार बिगो दाबी गरिएको उनको भनाइ छ । व्यक्तिगत रुपमा ठगी भएको भनेर आएका उजुरीमा अदालतमा दायर मुद्दा प्रतिशतसमेत कम देखिएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा ५७.३ प्रतिशत मुद्दा दायर गरिएको थियो भने चालू आर्थिक वर्षमा ३६ प्रतिशत मुद्दा दायर गरिएको नेउपानेले बताएका छन् । बिगो दाबी प्रतिशत पनि चालू आर्थिक वर्षमा कम देखिएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा ७८.६ प्रतिशत बिगो दाबी गरिएको थियो भने चालू आर्थिक वर्षमा ६९ प्रतिशत बिगो दाबी गरिएको सूचना अधिकारी नेउपानेले जानकारी दिए । तथ्यांकमा घटेको देखिए पनि ठग्ने क्रम भने नघटेको उनको भनाइ छ । कोरोनाका कारण विदेश जाने व्यक्ति नै कम भएकाले तुलनात्मक रुपमा केही कम घटनाहरु देखिए पनि ठग्ने र ठगिने क्रम बढिरहेको नेउपानेले बताएका छन् । ठगी भएको उजुरीमा संस्थागततर्फ खाडी मुलुकमा गएका वा जानेहरु र व्यक्तिगततर्फ भने युरोप तथा अमेरिका जाने वा जान खोज्नेहरु रहेको सूचना अधिकारी नेउपानेले जानकारी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७  ०६:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP