Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियामा कम्पनी परिवर्तन गर्न सहज हुँदै
कोरियामा कम्पनी परिवर्तन गर्न सहज हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २५, २०७७
korea
Hardik health
काठमाडौ– वैदेशिक रोजगारीका लागि कोरियामा रहेका विदेशी कामदारले कम्पनी परिवर्तन गर्न सहज हुने भएको छ । कामदारले आफ्नो  इच्छाअनुसार रोजगार कम्पनी परिवर्तन गर्न पाउने नियम लागू भएसँगै कोरियामा काम गर्ने विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने भएका हुन् । गत डिसेम्बरमा ग्रिनहाउस आवासमा राखिएकी एक कम्बोडियन श्रमिकको चिसोका कारण मृत्यु भएपछि कोरिया सरकारले यस्तो नियम लागू गरेको हो । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लास्टिकले बारेका घर) मा बनाइएको अस्थायी बासस्थानजस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफ्नो इच्छाअनुसार कार्यस्थल परिवर्तन गर्न पाउने गरी नियम बनाइएको त्यहाँको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । यसका साथै अत्यन्तै न्यूनस्तरको आवास प्रदान गर्ने कम्पनीमा काम गर्ने प्रवासी कामदारले आफ्नो कार्यस्थल बदल्न अनुमति दिनुका साथै त्यस्ता कम्पनी मालिकलाई विदेशी कामदार राख्न प्रतिबन्ध लगाइने पनि नयाँ लागू गरेको नियममा उल्लेख गरिएको कोरियन सरकारले जनाएको छ । ग्रिनहाउस आवासमा राखिएकी एक कम्बोडियन श्रमिकको चिसोका कारण मृत्यु भएपछि श्रमिक संगठनले आवासको राम्रो व्यवस्थासहित इपिएस प्रणालीमा सुधार गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएका थिए । मन्त्रालयले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा काम गरिरहेका विदेशी नागरिकको जीवनस्तरमा सुधार गर्न अन्य तयारीसमेत गरेको बताएको छ । हाल प्रवासी कामदारलाई उनीहरूको पहिलो कार्यावधिमा तीनपटक र दोस्रो कार्यावधिमा दुईपटक गरी पाँचवर्षे कार्यकालमा पाँच पटकसम्म कार्यस्थल परिवर्तन गर्न पाउने अधिकार दिइएको छ । यसका लागि कम्पनी परिवर्तन गर्न रोजगारदाताको अनुमति अनिवार्य छ । कम्पनी परिवर्तन गर्ने इपिसएस कामदारले पाँचवर्षे कार्यकाल सकेपछि पुनःकोरियामा रोजगारी गर्न चाहेमा पुनः भाषा परीक्षा दिनुपर्नेलगायतका प्रावधान पनि नयाँ नियममा उल्लेख गरिएको छ । यसैगरी, रोजगारदाताद्वारा कुटपिट गर्ने, यौन दुव्र्यवहार गर्ने, अमानवीय व्यवहार गर्ने, तलब समयमा भुक्तानी नगर्नेलगायत गल्ती प्रमाणित भएमा श्रमिकले आफूखुसी कार्यस्थल परिवर्तन गर्न पाउने पनि बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ०६:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP