
फाइल फोटो
काठमाडौ– चालू आर्थिक वर्ष ०७७÷७८ को हालसम्म ५ सय ४१ वटा शव नेपाल ल्याइएको छ । वैदेशिक रोगजारीका लागि विभिन्न देशमा ज्यान गुमाएकाहरुको शब नेपाल ल्याइएको बैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको हो । चालू आर्थिक वर्षमा सबैभन्दा बढी मेलेसियाबाट नेपाली श्रमिकको शब नेपाल ल्याइएको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए ।
मेलेसियाबाट मात्रै हालसम्म एक सय ८६ जनाको शब नेपाल ल्याइएको सूचना अधिकारी सुवेदीले बताएका छन् । त्यसपछि साउदी अबरबाट एक सय ५१ जनाको शब नेपाल ल्याइएको उनको भनाइ छ । विदेशमा ज्यान गुमाउने नेपाली नागरिकको शब नेपाल ल्याउने विषयमा बोर्डले कुनै पनि कसर बाँकी नराखेको सुवेदीले बताए ।
त्यस्तै चालू आर्थिक वर्षमा युएईबाट ६४, कतारबाट ९३ वटा शब ल्याइएको बोर्डको तथ्यांकमा उल्लेख छ । त्यस्तै कुवेतबा २१, बहराइनबाट १०, कोरियाबाट ५ वटा शब नेपाल ल्याइएको छ । साथै जापान र जोर्डनबाट तीन÷तीन वटा शब ल्याइएको छ । त्यस्तै रोमानिया र साइप्रसबाट दुई÷दुई वटा शब ल्याइएको छ । चालू आर्थिक वर्षमा रोमानियाबाट पनि एउटा शब ल्याउने कार्य गरिएको बोर्डले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा भने विभिन्न देशबाट छ सय ७५ वटा शब नेपाल ल्याइएको थियो । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी मलेसियाबाट २ सय २० वटा शब ल्याइएको बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै साउदीबाट एक सय ८४ वटा शब ल्याइएको बोर्डका सूचना अधिकारी सुवेदीले जानकारी दिए । त्यस्तै कतारबाट एक सय दश, कुवेतबाट ४२, बहराइनबाट १०, कोरियाबाट सात वटा शब ल्याइएको छ ।