Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावर अनुगमन रोकिँदैन, भ्रम फैलाइयोः विभाग
म्यानपावर अनुगमन रोकिँदैन, भ्रम फैलाइयोः विभाग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १८, २०७७
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले ‘आफूले भनेबमोजिम वैदेशिक रोजगार विभागले म्यानपावरमा अनुगमन र छापा मार्नू’ भनेर नभनेको र बजार अनुगमन नरोकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।सोमबार सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा मन्त्री चौधरीले म्यानपावरमा अनुगमन र छापा आफूले भन्ने विषयमा चौतर्फी आलोचना भइरहँदा मन्त्रीले त्यस्तो भन्दै नभनेको र म्यानपावरमा अनुगमनको काम नराकिने विभागका सूचना अधिकारी टिकामणि न्यौपाने बताए ।
प्रभाव दैनिकसँगको कुराकानीमा सूचना अधिकारी न्यौपानेले भने, ‘मन्त्रीज्यूले त्यस्तो भन्नु भएकै छैन । अनुगमनको काम जारी छ । यदि साँच्चै त्यस्तै नै हो भने विभागलाई जानकारी आउनुपर्ने,  हुँदै नभएको कुरालाई कसैले प्रोपोगान्डा मच्चाएको हुन सक्छ ।’ उनका अनुसार म्यानपावरमा अनुगमनको काम निरन्तर अघि बढिरहँदा बाहिर आएको समाचार हल्ला र भ्रम फैलाउन उद्देश्य देखियो । हाल उपत्यकाबाहिर अनुगमन अधिकृत कुशल बरालको नेतृत्वमा विभागको टोलीले म्यानपावर कम्पनीमा अनुगमन गरिरहेको सूचना अधिकारी न्यौपानेले बताए । अहिले विभागको टोली पोखराबाट बुटवलमा रहेको उनले बताएका छन् । उनका अनुसार अब केही दिनमै अनुगमनको रिपोर्ट ल्याएपछि कारबाहीलगायतका प्रक्रियाहरू अघि बढाइनेछ ।
यसैगरी विभागले आइतबार बानेश्वस्थित स्काई नामको कन्लसल्टेन्सीमा अनुगमनका साथै कानुनविपरीत विदेश पठाउन तयारी पारिएको आधादर्जन बढी राहदानी बरामद गरेको पनि उनले बताएका छन् । गैरकानुनी काम गर्ने उक्त कन्सल्टेन्सीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको सूचना अधिकारी न्यौपानेले बताए । मन्त्रालयले आफ्नो अनुकूल मात्र म्यानपावरमा अनुगमन र छापा मार्न लगाउन लागेको हो भन्ने प्रश्न सोध्न मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेलाई पटक–पटक फोन सम्पर्क गर्दा उनले उठाएनन् । त्यसपछि यही प्रश्न मन्त्रालयका सूचना अधिकारी चन्द्रकला ओलीलाई बुझ्न खोज्दा उनी रिसाइन् । यस विषयमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालसँग कुराकानी गर्दा उनले भ्रामक समाचार फैलाएर आफू र आफ्नो कामलाई असफल पार्न खोजिएको बताएका छन् । उनका अनुसार म्यानपावर अनुगमन र छापा मार्ने काम मन्त्रालयको आदेशमा गर्न दबाब दिइएको भन्ने समाचार केवल हल्ला फिँजाएको उनले बताए । उनले भने, ‘कस्ले के कामका लागि यस्तो हल्ला फिँजाएको हो । को रहेछ बाठो भएर लेख्ने, सोध्नु छैन । मलाई यसबारमा एकपटक सोध्नुपर्छ नि, होइन मैले गरिरहेको कामलाई असफल पार्न खोजिएको हो कि क्या हो ?’ २३ माघ ०७६ मा विभागमा बहाली भए यता वैदेशिक क्षेत्रको सुधारका लागि उनी तल्लिन छन् । यही बेला मन्त्रालयले आफू अनुकूल म्यानपावरमा अनुगमन तथा छापा मार्नू भनिएको आदेश सत्य नभएर झूठा भएको भन्दै आफूलाई असफल पार्न खोजिएको उनको भनाइ छ । बजार अनुगमन, म्यानपावर संस्थाको लाइसेन्स वितरण र निलम्बन, नवीकरण, शाखा कार्यालय सञ्चालनलगायत सबै जिम्मेवारी विभागसँग छ । तर, पछिल्लो समय विभागले धमाधम बजारमा गैरकानुनी ढंगले सञ्चालन भएका संस्थागत शाखा र व्यक्तिगत ठगीतर्फ धन्दालाई ठीक ठाउँमा ल्याउँदै गर्दा एक्कासि मन्त्री चौधरीले विभागलाई आफूअनुकूल बनाउन खोजेको हल्ला छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  ०६:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP