Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ७५ प्रतिशतले घट्यो संस्थागत ठगी
७५ प्रतिशतले घट्यो संस्थागत ठगी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १७, २०७७
Hardik health
काठमाडौं– आर्थिक वर्ष २०७६÷७७ को अर्धवार्षिक अवधिसँग २०७७÷७८ को अर्धवार्षिक अवधि तुलना गर्दा संस्थागत ठगीको उजुरी ७५ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागको यस वर्षको अर्धवार्षिक तथ्यांकअनुसार अघिल्लो वर्षको अर्धवार्षिक अवधिभन्दा ७५ दशमलब ३२ प्रतिशत अर्थात् १ सय ८७ वटा संस्थागत ठगीको उजुरी परेको छ । अघिल्लो आ.व. को अर्धवार्षिक अर्थात् छ महिनामा ७ सय ५८ संस्थागततर्फ ठगी उजुरी परेको तथ्यांकमा उल्लेख गरिएको छ । विभागको यस वर्षको अर्धवार्षिक तथ्यांकअनुसार संस्थागततर्फ दाबी रकममा ७६ दशमलब ५० प्रतिशत र विभागीय निर्णयबाट भएको जरिवानातर्फ १४ दशमलब ५६ प्रतिशतले घटेको छ । दुई आर्थिक वर्षको छ महिनाको तुलना गर्दा अघिल्लो वर्षको अर्धवार्षिक दाबी रकम २३ करोड ९१ लख ५ हजार १ सय ९३ रहँदा यस वर्षको अर्धवार्षिक दाबी रकम ५ करोड ६१ लख ६९ हजार ९ सय ४६ रहेको छ । जुन ७६ दशमलब ३२ प्रतिशले कम हो । त्यस्तै, विभागीय निर्णयतर्फ अघिल्लो वर्षको अर्धवार्षिक अवधिमा ५१ लख ५० हजार र यस वर्षको अर्धवार्षिक अवधिमा ४४ लाख जरिवाना भएको तथ्यांकमा उल्लेख छ । जुन अघिल्लो वर्षको अर्धवार्षिक अवधिभन्दा १४ दशमलब ५६ प्रतिशतले कम हो । यसैगरी बिगो÷फरफाराकतर्फ अघिल्लो वर्षको अर्धवार्षिक अवधिमा ४ करोड २ लाख ७८ हजार ५ सय र यस वर्षको अर्धवार्षिक अवधितर्फ ६ करोड ६८ लाख ५३ हजार ४ सय ७३ दशमलब २६ रुपैयाँ तिराइएको छ । जुन अघिल्लो अर्धवार्षिक अवधिभन्दा ६५ दशमलब ९७ प्रतिशतले बृद्धि भएको तथ्यांकमा उल्लेख छ । संस्थागत ठगीतर्फ नै आ.व. ०७५÷७६ मा १ हजार २ सय ६३ र आ.व. २७६÷७७ मा ९ सय १४ वटा उजुरी परेको विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांकअनुसार दाबी रकमतर्फ आ.व. ०७५÷७६ मा २९ करोड ६३ लाख २० हजार ४ सय ३४ र आ.व. २७६÷७७ मा ३४ करोड ६७ लाख ६९ हजार ५ सय ६६ रुपैयाँ रहेको छ । संस्थागत ठगीतर्फ नै ०७५÷७६ मा विभागबाट निर्णय भई ८७ लाख ५० हजार र ०७६÷७७ मा ६८ लाख ५० हजार जरिवाना गरिएको विभागको तथ्यांकमा देखिन्छ । यस्तै, बिगो÷फरफाराकतर्फ ०७५÷७६ मा ९ करोड ५९ लाख ३३ हजार २ सय ४९ र ०७६÷७७ मा ४ करोड ९२ लाख ७० हजार ५ सय रुपैयाँ संस्थागत ठगीतर्फ तिराइएको छ । आ.व. ०७६÷७७ मा २ हजार १ सय ८८ इजाजतप्राप्त वैदेशिक रोजगार संस्था (म्यानपावर कम्पनी) हरुमा अनुगमन गरिएको तथ्यांकमा देखिन्छ भने ०७५÷७६ मा ४ सय ३२ संस्थामा मात्र अनुगमन गरिएको तथ्यांकमा उल्लेख छ । व्यक्तिगत ठगीतर्फ आ.व.०७६÷७७ मा ८ सय ५५ र यस वर्षको हालसम्म ३ सय ४१ उजुरी परेको विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै, व्यक्तिगत ठगीतर्फको दाबी रकममा गत वर्ष ५६ करोड ११ लाख २९ हजार १ सय ८४ र यस वर्षको हालसम्म २४ करोड २२ लाख ३३ हजार ७ सय ६ रुपैयाँ रहेको जनाइएको छ । अघिल्लो वर्ष व्यक्तिगत ठगीतर्फ २ सय ९ र यस वर्षको हालसम्म २ सय १ मुद्धा अदालतमा दायर गरिएको तथ्यांकमा उल्लेख छ । यस्तै, अदालतमा बिगो दाबी गरिएको रकमतर्फ गत वर्ष २२ करोड ५६ लाख ९३ हजार ३ सय ७१ र यस वर्षको हालसम्म २० करोड ५८ लाख ६५ हजार ४ सय ९५ रुपैयाँ रहेको छ । २३ माघ ०७६ मा विभागको २०औँ महानिर्देशकका रुपमा आएका महानिर्देशक दाहालले पछिल्लो समय वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कडा कदम चालिरहेका छन् । उपत्यका र उपत्यकाबाहिर म्यानपावर कम्पनीमा अनुगमनका विभागका टोली खटिरहेका छन् । वैदेशिक क्षेत्रको शुद्धीकरणतर्फ महानिर्देशकविरुद्ध व्यवसायीहरु उत्रिए पनि महानिर्देशक दाहालले कानुनभन्दा माथि कोही पनि नरहेको बताउँदै आफ्नो काममा अघि बढिरहेका छन् ।  
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०५:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP