
काठमाडौं– गएको माघ महिनामा १७ हजार ८ सय ८७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार माघ महिनामा ७४ जिल्लाबाट नयाँ, पुनः, वैधानिक र रिक्रुटिङ एजेन्सीमार्फत् १७ हजार ८ सय ८७ जनाले श्रम स्विकृति लिएका हुन् ।
एक महिनाको अवधिमा वैदेशिक रोजगारीमा सबैभन्दा बढी धनुषाबाट गएको विभागले जनाएको छ । विभागका अनुसार माघ महिनामा धनुषाबाट ६ महिला र १ हजार १ सय ४१ पुरुष गरी एक हजार एक सय ४७ जना वैदेशिक रोजगारीमा गएका छन् ।
धनुषापछि सिराहबाट ९ सय २ जना पुरुष वैदेशिक रोजगारी गएको विभागले जनाएको छ । यसपछि झापाबाट १ सय ६२ महिला र ६ सय ८८ गरी ८ सय ५० जना, महोत्तरीबाट ६ महिला र ८ सय २ पुरष गरी ८ सय ८ जना र मोरङबाट ९२ महिला र ६ सय ४२ पुरुष गरी सय ३४ जनाले श्रम स्विकृति लिएका छन् ।
मोरङपछि सुनसरीबाट ५२ महिला र ५ सय ८८ पुरुष गरी ६ सय ४० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिएका छन् । त्यस्तै, रुपन्देहीबाट ३३ महिला र ५ सय १ गरी ५ सय ३४, सर्लाहीबाट १८ महिला र ५ सय ४ पुरुष गरी ५ सय २२, स्याङ्जाबाट १२ महिला र ४ सय ८१ पुरुष गरी ४ सय ९३ र सप्तरीबाट ५ महिला र ४ सय ५६ गरी ४ सय ६१ जनाले श्रम स्विकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागको तथ्यांकअनुसार माघ महिनामा १ हजार ४ सय ५१ जना महिला र १६ हजार ४ सय ३६ जना पुरुष वैदेशिक रोजगारी लागि श्रम स्विकृति लिएका छन् । रिक्रुटिङ एजेन्सीमार्फत ८ सय १७ महिला र ६ हजार ९ सय ३३५ गरी ७ हजार ७ सय ५२ जनाले श्रम स्विकृति लिएको विभागले जनाएको छ । विभागका अनुसार नयाँ श्रम स्विकृतितर्फ २ सय १४ महिला र ४ सय ६७ पुरुष गरी ६ सय ८१, वैधानिकरणतर्फ ४१ महिला र४ सय ९२ पुरुष गरी ५ सय ३३, पुनःतर्फ ३ सय ७९ महिला र ८ हजार ५ सय ४२ पुरुष गरी ८ हजार ९ सय २१ जनाले श्रम स्विकृति लिएका छन् ।
वैदेशिक रोजगारीको लागि सबैभन्दा धेरैले खाडी मुलुक युएईका लागि श्रम स्विकृति लिएको विभागको तथ्यांकमा देखिन्छ । युएईका लागि ६ सय ५९ महिला र ४ हजार ५ सय ४९ पुरुष गरी ५ हजार २ सय ८ जनाले श्रम स्विकृति लिएका छन् । युएईपछि साउदी अरबका लागि १० महिला र ४ हजार ९ सय ६८ पुरुष गरी ४ हजार ९ सय ७८, कतारका लागि १ सय २ महिला र ४ हजार ८ सय ६४ पुरुष गरी ४ हजार ९ सय ६६ जनाले श्रम स्विकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।