Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विभागद्वारा प्रस्तुति म्यानपावरमा छापा
विभागद्वारा प्रस्तुति म्यानपावरमा छापा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १४, २०७७
Hardik health
काठमाडौं– बुधबार साँझ वैदेशिक रोजगार विभागले विशेष सूचनाका आधारमा बसुन्धरास्थित प्रस्तुति रिक्रुमेन्ट प्रा.लि.मा छापा मार्दा साउदी पठाउनका लागि एक युवाबाट १२ गुणा चर्काे रकम लिएको फेला पारेको जनाएको छ । सेवा शुल्कबापत् श्रमिकबाट १० हजारभन्दा भन्दा बढी लिन नपाइने काुननी प्रावधान भए पनि उक्त म्यानपावरले साउदी पठाउनका लागि युवाबाट १ लाख २० हजार लिएको विभाग महानिर्देशक कुमारप्रसाद दाहालले बताए । उनले प्रभाव दैनिकसँगको कुराकानीमा भने, ‘सरकारले तोकेभन्दा १२ गुणा शुल्क लिएको सूचना पाएपछि सम्बन्धित म्यानपावरमा छापा हानिएको थियो । विभागको टोली म्यानपावरमा पुग्दा साउदी जान लागेका एक युवालाई म्यानपावरले ती युवाबाट ११ गुणा बढी चर्काे रकम लिएको फेला परेको छ । म्यानपावरलाई विभागमा तानेर अनुसन्धान भइरहेको छ ।’ विभागको टोलीलाई पीडित युवकले आफूले कोरोना महामारी सुरु हुनुपूर्व नै म्यानपावरलाई राहदानी बुझाएको बताएका छन् । तर, राहादानी बुझाए पछि पनि साउदी पठाउन नसकेको विभागको टोलीलाई ती युवकले बताएका छन् । ती युवकले विभागको टोलीलाई बताएअनुसार म्यानपावरबाट कोरोना सुरु हुनुअघि नै वैदेशिक रोजगारमा पठाउने भन्दै एजेन्टले १ लाख २० हजार लिएका थिए । त्यसपछि विदेश जानका लागि ती युवकले अन्तिम श्रम स्विकृतिसमेत पाएको अनुसन्धानमा बताएका छन् । तर, म्यानपावरले रोजगारमा नपठाएपछि बुझाएको नगद फिर्ता मागे पनि उनले पाएनन् । एजेन्टले एक लाख २० हजार दिएर पीडित बनेका ती युवकलाई त्यही एजेन्टले विभिन्न समस्याहरु देखाएर पुनः ती युवकबाट १ लाख १० हजार मागेपछि ती युवकले प्रमाणबिना नगद नदिएको विभागलको जनाएको छ । यसरी थप रकम मागेपछि पीडितले विभागमा उजुरी दिएसँगै प्रस्तुति रिक्रुटमेन्ट प्रा.लि.मा बुधबार विभागको टोली छापा मारेसँगै सबै कुरा बाहिर आएको होे । हाल विभागले उक्त म्यानपावरलाई विभागमा अनुसन्धानमा तानेको र अनुसन्धानको क्रम जारी रहेको छ । त्यसो त, बिहीबार नै साउदी जान लागेका ती युवालाई १० हजारमै पठाउन र विदेश पुगेपछि यदि कुनै प्रकारको दबाब दिए थप कारवाही हुने विभागले म्यानपावरलाई ध्यानाकर्षण गराएको छ । नियममा के छ ? ०७२ मा भएको निर्णयअनुसार सरकारले वैदेशिक रोजगारीका क्रममा खाडीका ६ देश र मलेसियाको लागि ‘फ्रि भिसा, फ्रि टिकट’ लागू गरेको छ । ‘फ्रि भिसा, फ्रि टिकट’ अन्तर्गत म्यानपावरहरुले रोजगारदाताबाट सेवा शुल्क नपाएको अवस्थामा मात्र बढीमा सेवा शुल्कबापत १० हजार मात्र लिन पाउने नियम छ । तर, सरकारको उक्त निर्णयको विरोध गर्दै व्यवसायीले श्रमिकको एक महिनाको तलब बराबरको सेवा सुविधा माग गरिरहेका छन् । यस विषयमा कुराकानी गर्दा म्यानपावरको त्यस्ता गतिविधि विभागले सदर नगर्ने विभागका महानिर्देशक दाहालले बताएका छन् । कानुनभन्दा माथि हुन खोज्नेलाई कानुनबमोजिम कारबाहीको दायारामा ल्याउने बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ०५:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP