Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एनआरएनएद्वारा सुपरिवेक्षण समिति गठन
एनआरएनएद्वारा सुपरिवेक्षण समिति गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ७, २०७७
NRNA
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपाली श्रमिकको उद्दार तथा राहत कार्यमा भएको खर्चको पारदर्शिताका लागि ३ सदस्यीय सुपरिवेक्षण समिति गठन गरेको छ । सामाजिक सञ्जालमार्फत श्रमिकको उद्दार तथा राहत सम्बन्धमा विभिन्न टीकाटिप्पणी चलेपछि एनआरएनएका सचिव आरके शर्मा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र महिला संयोजक भोमादेवी लिम्बू सम्मिलित समिति गठन गरिएको एनआरएनएले जनाएको छ । एनआरएनका अनुसार गठन भएको समितिले प्रत्येक राष्ट्रिय समन्वय परिषद्मा एक उपसमितिमार्फत अनुगमनको तयारी तीव्र बनाएको छ । साथै संघले यस कार्यक्रमको समग्ररूपमा स्वतन्त्र लेखापरीक्षण गराउने कार्यका लागि प्रक्रिया समेत अगाडि बढाईसकेको एनआरएनएले जनाएको छ । विदेशमा रहेका नेपाली श्रमिकको राहत तथा उद्दार प्रक्रिया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरूको अभिलेख राख्ने क्रम जारी रहेको बेलामा सञ्चार माध्यम र टीकाटिप्णीहरूप्रति संवेदनशील रहेको पनि एनआरएनएले जनाएको छ । समितिले अनुगमनका क्रममा राहत तथा उद्दारका नाममा आर्थिक हिनामिना गरेको त्रुटि फेला पारेर पुष्टि भएको खण्डमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने एनआरएनएले जनाएको छ । कोभिड– १९ को महामारीपछि हालसम्म पनि उद्दार र सहयोगको काम जारी रहेको अवस्थामा विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरूलाई प्रत्यक्ष रूपमा सहयोग गर्दै आएको एनआरएनएले जनाएको छ । एनआरएनएका अुनसार हालसम्म मध्यपूर्वका विभिन्न देशबाट १ सय ६५ जनालाई हवाइ टिकट सेवा उपलब्ध गराइएको छ । यसैगरी २ सय ४५ जनाको पिसिआर परीक्षण, ४ सय ५३ जनालाई कानुनी परामर्श सेवा, २ हजार ७ सय १३ जनालाई गन्तब्य मुलुकहरूमा खाना तथा बासको ब्यवस्था, २ सय ४९ जनालाई पुनः रोजगारीमा फर्काउन सहयोग, ३ हजार ४ सय ७९ जनालाई दूतावाससँग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरूमा समन्वयात्मक सहयोग पुर्याइएको एनआरएनएले जनाएको छ । विदेशबाट फर्केपछि पनि समस्यामा परेका ९ सय ५७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूको घरसम्म जानका लागि यातायात खर्चसमेत सहयोग प्रदान गरिएको एनआरएनएले जनाएको छ । त्यस्तै, प्रदेश नम्बर १, २ र ७ का विभिन्न १४ वटा स्वास्थ्य संस्थाहरूका कोरोना क्वारेन्टिन सेन्टरहरूका लागि विभिन्न प्रकारका मेडिकल सामग्रीहरू समेत प्रदान गरिएको एनआरएनएले जनाएको छ । १० अर्ब लगानी भित्र्याईदै- यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) पहिलोपटक विदेशीबाट १० अर्ब रकम नेपालमा भित्र्याएर समृद्ध नेपालको विकासमा योगदान पुर्याइउने भएको छ । बिहीबार एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएसँगै उक्त कामको शुभारम्भ भएको छ । बिहीबार एनआरएनएका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी, डा खगेन्द्र जिसी र चिरञ्जीवी थापाले प्रबन्धपत्रमा हस्ताक्षर गरेका छन् । यस कम्पनीमार्फत नै नेपालमा १० अर्ब लगानी भित्र्याउन सपना साकार भएको देखिएको छ । एनआरएनएका अनुसार १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ । संस्थापक अध्यक्ष महतोले देखेको सपना मात्र नभएर नेपालको विकासमा एनआरएनएले खेल्नुपर्ने भूमिका पनि छिट्टै पूरा हुन लागेको बताइएको छ । कुनै पनि देशको समृद्धिका लागि सामूहिक लगानी आवश्यक भएकाले यस अभियानमार्फत विश्वभरका हरेक नेपालीले व्यक्तिगत लगानी गरेर नेपालको विकास र समृद्धिमा योगदान गर्नसक्ने एनआरएनएले जनाएको छ । नेपालमै पहिलो पटक यस्तो ठूलो राशिको लगानी हुन लागेको १० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात् ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ । त्यस्तै संस्थापककोतर्फबाट १० प्रतिशत अर्थात् एक अर्ब रूपैयाँ र त्यसमध्येको एक अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको एनआरएनएले जनाएको छ । साथै, अभियानको ८५ प्रतिशत लगानीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दामाथि लगानी गर्न पाउनेछन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ०६:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP