Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने तयारी भएकै छैन’
‘म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने तयारी भएकै छैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ६, २०७७
Kumar Dahal
Hardik health
काठमाडौं– सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) हरूलाई शाखा कार्यालय विस्तारका लागि अनुमति दिने तयारी अगाडी बढिनसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताएका छन् ।
बुधबार प्रभाव दैनिकसँगको कुराकानीमा विभागले म्यानपावरलाई शाखाका कार्यालय खोल्न दिने कि नदिने भन्ने विषयमा छलफल मात्र गरिरहेको र शाखा कार्यालय खोल्नै दिने भनेर तयारी भने गरिनसकेको उनले बताए । उनले भने, ‘म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने नदिने भन्ने विषयमा कुनै निर्णय भएको छैन । अहिले केवल यसबारेमा अनौपचारिक छलफलमात्र चलिरहेको छैन । निर्णय नभईकन यसबारे तयारी वा निर्णय भइरहेको छ मिल्दैन ।’
बुधबार म्यानपावर कम्पनीका साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघ नेपालले विभागसँग शाखा कार्यालय खोल्ने सहमती भएको जनाइएको छ । संघले विभागसँग शाखा कार्यालय खोल्ने सहमति भएको भनेर बुँदाको पहिलो नम्बरमा उल्लेख गरेको छ । यस विषयमा संघसँग कुनै सहमति नभएको विभागका महानिर्देशक दाहालले प्रभाव दैनिकसँगको कुराकानीमा बताएका छन् । उनका अनुसार संघले ‘शाखा कार्यालय खोल्ने सहमति’ भनेर भोलि शाखा कार्यालय खोल्न नदिइए के गर्ने ? यसकारण सहमति लेख्नुभन्दा अघि विभागले यससम्बन्धि सूचना जारी गरिसक्नुपर्ने उनले बताएका छन् । शाखा कार्यालय खोल्न ऐनले नरोकेको र यस विषयमा तत्काललाई यहीँ भन्न नसकिने उनले बताए । त्यसो त म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने भन्ने कुनै नयाँ खबर भने होइन । यसअघि पनि म्यानपवारलाई शाखा कार्यालय खोल्न अनुमति दिइएको थियो तर, उपत्यकाबाहिर ठगी बढेको र नियमनमा समस्या भएको भन्दै विभागले शाखा खोल्न बन्द गरेको थियो । विभागका अनुसार हाल २७ वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । म्यानपावर व्यवसायीले भने कसैले पाउने कसैले नपाउने भन्दै अन्य व्यवसायीले जस्तै आफूले पनि शाखाका कार्यालय खोलन अनुमति पाउनुपर्ने माग राख्दै आएका छन् । तर, अहिले अवैध एजेन्ट (दलाल) ले घर भाडामा लिने र शाखा कार्यालय देखाएर ठगी धन्दा चलाएपछि विभागले शाखा कार्यालय खोल्न दिने कि भनेर छलफल चलाएको विभागका महानिर्देशक दाहाल बताउछन् । उनका अनुसार ढिलो चाँडो यस विषयमा उत्तम निर्णय गरेर अघि बढिनेछ ।
उनी भन्छन्, ‘म्यानपावरहरूलाई शाखा खोल्न नदिँदा जिल्लामा झनै दलालहरू सक्रिय भए, ठग्ने मनासयबाटै प्रेरित भएर श्रमिकसँग पैसा उठाउने र विभिन्न बहानामा दुःख दिने गर्ने प्रवृत्ति बढेपछि त्यसलाई रोक्न यस्तो व्यवस्था प्रभावकारी हुनसक्छ कि भन्ने सोचमा छौँ ।’
विभागमा व्यवसायीहरूको घुइँचो पछिल्लो समय विभागमा म्यानपावर व्यवसायीहरूको घुइँचो नै लाग्न थालेको छ । विभागका एक कर्मचारीका अनुसार दैनिक अनेक समस्या र आग्रह लिएर म्यानपावर व्यवसायीहरू विभागमा आउने गरेका छन् । पछिल्लो समय विभागले अनुगमन र छापा हान्न थालेपछि म्यानपावर व्यवसायीहरू त्रसितमात्र होइनन् विभागविरुद्ध नाराबाजीमै उत्रिएका पनि छन् । तर, पनि विभागले उनीहरूको कुनै आवाज नसुनी आफ्नो रफ्तारमा अघि बढिरहेको ती कर्मचारी बताउछन् । केही दिनअघि विभागको टोली उपत्यकाबाहिर पुगेर म्यानपावरमा अनुगमनसहित त्रुटी भेटिएका कम्पनीमाथि कारबाही गरिसकेको छ । विभागका ती कर्मचारीका अनुसार अुनगमनमा खटिएको टोलीले प्रत्येक प्रदेशमा कम्तिमा एक–एक वटासम्म शाखा कार्यालय खोल्न दिन सकिने भन्नेबारे पनि सुक्ष्म अध्ययन गरेर फर्किएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  ०६:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP