Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अध्यागमनको कार्यविधि संशोधन नहुने निश्चित
अध्यागमनको कार्यविधि संशोधन नहुने निश्चित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ३०, २०७७
immigration-department.jpeg
Hardik health
काठमाडौं– अध्यागमन कार्यविधि, ०६५ संशोधन गर्न गृह मन्त्रालयलाई अध्यागमन विभागले प्रस्ताव गरे पनि यससम्बन्धि चौतर्फी विरोध सिर्जना भएपछि संशोधनको कार्य रोकिने निश्चित देखिएको छ । बिहीबार विभागले भिजिट भिसामा विदेश जाने महिलाले परिवार र स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भन्ने विषयमा चौतर्फी विरोध भएपछि विभागले यससम्बन्धि कुनै पनि निर्णय नभएकाले भ्रममा नपर्न जनाएसँगै तत्काललाई कार्यविधि संशोधनको कार्य रोकिएको भएको हो । बिहीबार विभागले विज्ञप्ति जाँँरी गर्दै भनेको छ, ‘कार्यविधि संशोधन गरी पहिलोपटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरू भिजिट भिसामा जाँदा परिवार र स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विभिन्न सञ्चार माध्यममा आएको समाचारको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ ।’ खाडी तथा अफ्रिकी मुलुकजस्ता महिलाका लागि जोखिम मुलुक देशका लागि मात्र भिजिट भिसामार्फत जाँदा त्यस्तो निर्णय गर्न लागिएको तर, औपचारिक निर्णय भइनसकेकाले भ्रममा नपर्न विभागले भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘खाडी तथा अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राका बारेमा सामान्य जानकारीसमेत नभएका महिलाहरूलाई आवश्यक पर्ने गरी आन्तरिक छानबिन कार्यदलको सुझावहरूका रूपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारीक रूपमा छलफलमा रहेको विषयबारे आमजनमानसहरू कुनै भ्रममा नपर्न अनुरोध गरिन्छ ।’ संशोधन गर्न लागिएको भनिएको कार्यविधिमा भिजिट भिसामा विदेश जाने महिलाले अनिवार्य रूपमा परिवार र स्थानीय तहको अनुमति नै लिनुपर्ने तर पुरुषले चाहिँ किन नपर्ने ? भनेर अहिले चौतर्फी विरोध सिर्जना भइरहेको छ । तर, बाहिर विरोध भएजस्तो महिला पुरुषलाई कुनै भेदभाव गर्न यो कार्यविधि संशोधन गर्न लागिएको भन्ने सन्दर्भ अनर्गल रूपमा हल्ला भएको विभागले जनाएको छ । के भन्छन्, महानिर्देशक ? बुधबार प्रभाव दैनिकसँगको कुराकानीमा खाडी मुलुक र जोखिम देखिएका अन्य मुलुकमा महिलाहरूका सन्दर्भमा अध्यागमन कार्यविधि, ०६५ संशोधन गर्न लागिएको बताएका थिए, विभागका महानिर्देशक रमेशकुमार केसीले । साथै, उनले उक्त निर्णय पारित नभएको, केवल प्रस्तावको तयारीमा रहेको मात्र बताएका थिए । तर, सामाजिक सञ्जालमा विभागले यो निर्णय जारी गर्न लाग्यो भन्दै सामाजिक सञ्जालमा विरोध गरिएपछि त्यसको जवाफस्वरूप बिहीबार विभागले विज्ञप्ति नै जारी गर्नु परेको प्रभाव दैनिकसँगको कुराकानीमा महानिर्देशक केसीले बताएका छन् । ‘पछिल्लो समय भिजिट भिसामार्फत खाडी र अफ्रिकाजस्ता जोखिम सम्भाव्य मुलुकमा महिलाहरूको यात्रामा समस्या देखिएपछि विभागको कार्यविधि संशोधन गर्न गृह मन्त्रालयलाई प्रस्ताव गरिएको हो,’ उनले भने, ‘तर, युरोपेली मुलुक, अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत मुलुकमा भिजिट भिसामार्फत विदेश जान चाहने महिलाहरूको हकमा यो कार्यविधि संशोधन गर्न खोजिएकै होइन किनकि ती मुलुकबाट भिसा जारी हुने प्रक्रिया नै आफैँमा कडा छ ।’ यसकारण विभागले कार्यविधि संशोधन प्रस्ताव गर्न लागिएको सन्दर्भमा बाहिर अनेकथरी टिकाटिप्पणी भएपछि यस्तो अवस्थामा संशोधन प्रस्तावको सम्भावना नरहेको महानिर्देशक केसीले बताए । गृह मन्त्रालयमा कार्यविधि संशोधन विचाराधिन रहेको र प्रस्ताव पारित नै हुन्छ भन्ने छैन किनकि आमजनमानसको विरोधका बाबजुद मन्त्रालयले कार्यविधि संशोधन गर्ने सम्भावना कम रहेको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ०६:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP