Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विभागको निरन्तर छापाविरुद्ध व्यवसायी आन्दोलित
विभागको निरन्तर छापाविरुद्ध व्यवसायी आन्दोलित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २३, २०७७
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालको निर्देशनमा पछिल्लो समय म्यानपावर व्यवसायीहरूको संस्थामा निरन्तर छापा मार्ने क्रमले व्यवसायी आन्दोलित बनेका छन् । अवैध रूपमा सञ्चालन रहेका म्यानपावर व्यवसायीमाथि छापा मार्नुपर्ने बेला विभागले विभिन्न बहाना बनाएर विभागमा दर्ता भएका म्यानपावरहरूमाथि छापा मार्ने क्रम नरोकिएपछि उनीहरू आन्दोलित बन्न पुगेका हुन् । हाल विभागमा दैनिकजसो म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोली विभाग पुगेर महानिर्देशकलाई अनावश्यक रूपमा इजाजतप्राप्तवाला संस्थाहरूलाई दुःख नदिन आग्रह गर्ने गरेको छ । तर, महानिर्देशक दाहाल भने म्यानपावर व्यवसायीमाथि छापा मार्ने र कारबाही गर्ने क्रम नरोकिने बताउँछन् । उनी भन्छन्, ‘छापा मार्ने क्रम रोकिने छैन । अझ निरन्तर दिइनेछ । मैले विभागमा छिर्दै गर्दा वाचा गरेको थिएँ– वैदेशिक क्षेत्रमा पूर्ण रूपमा शुद्धीकरण गर्नेछु ।’ उनका अनुसार विभागमा उनको प्रवेशपश्चात पाँचदर्जन म्यानपावरमा छापा मारेर कारबाहीको दायरामा ल्याइएको छ । विभागका महानिर्देशक दाहालले म्यानपावर व्यवसायीको कार्यालयहरूमा प्रायःजसो दैनिक रूपमा विभागबाट टोली खटाएर छापा मार्ने क्रम नरोकिने बताउँछन् । तर, उनको यो कदमले इजाजतप्राप्त संस्था म्यानपावर व्यवसायीलाई घात पुग्ने संघमा आबद्ध व्यवसायीहरूको भनाइ रहेको छ । त्यसो त संघमा आबद्ध म्यानपावर व्यवसायीहरूले २१ बुँदे माग राख्दै तत्काल छापा मार्ने क्रम बन्द गर्न भनी महानिर्देशकलाई मागपत्र दिइसकेका छन् । मागपत्रमा आफूहरूले ल्याएको कामदारको माग पत्रअनुसार अन्तर्वार्ता दिँदा विभागले अनावश्यक दुःख दिएको भनिएको छ । पछिल्लो समय विभिन्न समूहहरूले शुद्धीकरणको नाममा म्यानपावर व्यावसायीहरूमाथि आक्रमण हुने क्रम बढेपछि व्यावसायी नै असुरक्षित बनेको उनीहरू बताउँछन् । सरकारी निकायलाई खबर नगरी आफैँ हिन्दी चलचित्रको दृष्यलाई मात दिलाउने गरी करोडौँ धरौटी राखेर सञ्चालन गरेको व्यावसायमाथि धावा बोल्ने कामको पनि व्यावसायीले विरोध गर्न थालेका छन् । आफूहरू गलत भएको भए वैदेशिक रोजगार विभागले कारबाही गर्ने निकाय हुँदाहुँदै अधिकारकर्मीका नाममा हुलका हुल बाँधेर व्यावसायीमाथि जाइलाग्ने प्रवृत्तिले व्यावसायी हतोत्साही भएको पनि उनीहरूको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ०७:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP