Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • घरेलु श्रमिकमाथिको बन्देज हटाउन युएईको आग्रह
घरेलु श्रमिकमाथिको बन्देज हटाउन युएईको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १६, २०७७
UAE
Hardik health
काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई घरेलु श्रमिक पठाउन लगाइँदै आएको बन्देज हटाउन आग्रह गरेको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले आफूसँगको भेटमा नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्वीले बन्देज लगाइँदै आइएको घरेलु श्रमिक बन्देज हटाउन आग्रह गरेका हुन् । बिहीबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा अतिथिका रूपमा बोल्दै राजदूतले केही दिनअघि आफूसँगको भेटमा घरेलु श्रमिकका विषयमा यस्तो खालको चासो राखेको उनले बताएका थिए । नेपाललगायत देशबाट युएईमा घरेलु श्रमिकका रूपमा काम गर्न आउन बन्देज नरहेको भन्दै राजदूत नाक्वीले नेपाललाई पनि खुला गरेर रोजगारको बाटो सिर्जना गर्न आग्रह गरेको मन्त्री चौधरीले बताए । राजदूत नाक्वीलाई नेपाल घरेलु कामदार खुला गर्न सकारात्मक रहेको तर, कामदारको सुरक्षाको ग्यारेन्टी भने हुनुपर्ने आफूले बताएको मन्त्री चौधरीले कार्यक्रममा भनेका छन् । उनले भने, ‘हामी हाम्रा श्रमिकको श्रम शोषण नहोस्, उनीहरूको सुरक्षा होस् भन्ने चाहन्छौँ । र, दुई देशबीच सहमति भएमा नेपालीलाई घरेलु काममा जान लगाइँदै आएको बन्देज अबिलम्व फुकुवा गरिनेछ ।’ नेपाली श्रमिकको सुरक्षाको ग्यारेन्टी नभएसम्म नेपालले घरेलु कामदार युएई पठाउन नसकिने मन्त्री चौधरीको भनाइ रहेको थियो । नेपालले पछिल्लो दुई दशकमा विभिन्न समयमा फरक फरक सर्तसहित घरेलु श्रमिकका रूपमा युएईका लागि जान बन्देज लगाउँदै र बीचमा खोल्दै आएको छ । सरकारले ०६९ सालमा ३० बर्षभन्दा कम उमेरका महिलालाई खाडीका मुलुकहरूमा घरेलु श्रमिकका रूपमा जान बन्देज लगाएको थियो । तर, ३ वर्षपछि ०७२ निर्देशिका जारी गर्दै उमेर हद घटँएर २४ बर्ष बनाइएको थियो । त्यसपछि पनि पुनः ०७३ सालमा खाडीका मुलुकहरूमा घरेलु श्रमिकका रूपमा जान बन्देज लगाइएको थियो । संसदअन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले केही सर्त पूरा नभएसम्म घरेलु श्रमिकका रूपमा महिलालाई युएई जानबाट वञ्चित गरिने घोषणा गरेको थियो । साथै, समितिले नेपालबाट घरेलु श्रमिक लैजान चाहने देशमा घरेलु श्रमिकको सेवा, सर्त र सुरक्षा सम्बन्धमा विभिन्न बुँदागत मागहरू राखेको थियो । जसअन्तर्गत श्रम सम्झौतामा श्रमिकको आधारभूत श्रम अधिकार, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य, कामको अवधि घन्टा, २४ घन्टे बिमा, अतिरिक्त कामको थप सुविधा आदिको सुनिश्चितता भएको हुनुपर्ने समितिले सर्त राखेको थियो । यसैगरी द्विपक्षीय श्रम सम्झौतामा घरेलु श्रमिकले भोग्नुपर्ने समस्या समाधानका लागि बलियो र प्रभावकारी द्विपक्षीय संयन्त्रको व्यवस्था हुनुपर्ने, घरेलु श्रमिकको रूपमा विदेश पठाउनुपूर्व कम्तिमा पनि घरेलु कामसम्बन्धि आधारभूत तालिम प्राप्त गरेकोलगायत मागहरू पनि हुुनुपर्ने समितिको माग रहेको छ । खाडीका मुलुकहरूमा महिला कामदारमाथि अमानविय तथा यौन शोषण र कार्य अवधि सम्झौताभन्दा कयौँ गुणा बढी रहेको समितिको निष्कर्ष रहेको छ । यद्यपि, यस विषयमा ठोस निर्णय नहुँदासम्म महिला श्रमिक कामका लागि पठाउन नसकिने समितिले भनेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०५:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP