Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अनावश्यक दुःख नदिन कर्मचारीलाई आग्रह
अनावश्यक दुःख नदिन कर्मचारीलाई आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १४, २०७७
Tahachal copy
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार कार्यालय ताहाचालका कर्मचारीबाट अनावश्यक दुःख नदिन आग्रह गरेका छन् । वैदेशिक रोजगारीमा जाने कामदारको अनुमति तथा अन्य कामका लागि कार्यालयमा पुग्दा सेवा प्रवाहमा ढिलाइ गर्ने गरिएको उनीहरूको गुनासो छ । कार्यालयका कर्मचारीसँग मंगलबार भएको छलफलमा व्यवसायीहरूले कर्मचारीहरूले समयमा सेवा नदिँदा कतिपय कामदारको विमान छुट्नेलगायतको समस्या भोगेको गुनासो गरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले विश्वभर फैलिएको कोरोना महामारीले वैदेशिक रोजगार व्यवसायलाई पनि प्रभावित गरेको तर, त्यसलाई सही बाटोमा ल्याउन सरकार र कर्मचारीहरूबाट अपेक्षित सहयोग नपाएको बताए । ‘कोरोना महामारीपछि बल्ल केही देशले वैदेशिक रोजगारी खुला गरेको छन् भने, केहीले खुला गर्ने क्रममा रहेको छ । यो अवस्थामा व्यवसायी र कर्मचारीले सहकार्य गरेर सेवाग्राहीलाई सहजरूपमा सेवा दिनुपर्छ,’ अध्यक्ष गैरेले भने । व्यवसायी र कर्मचारीले सहकार्य गरेर काम गरेन भने सेवाग्राहीले गुणस्तरीय सेवा नपाउने भन्दै कतिपय अवस्थामा वैदेशिक रोजगार ऐन तथा नियमावलीहरू पनि सच्याउनुपर्ने आवश्यकता औँल्याए । छलफलका क्रममा अध्यक्ष गैरेले कुनै व्यवसायीले नियतवश गल्ती गरेको भए कारबाहीको प्रक्रियामा लैजान अनुरोध गर्दै तर, कार्यलयका कर्मचारीले दुःख दिने नियत राख्नु नहुनेमा जोड दिएका छन् । व्यवसायको हित भयो भने कामदारको हित हुने भन्दै उनले सेवा दिँदा अल्मल्याउने नियत नराख्न कर्मचारीहरूलाई आग्रह गरे । आफूले वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका समस्या समाधानका लागि हालसम्म वैदेशिक रोजगार विभागलाई ११ पटक पत्राचार गरिसकेको जानकारी दिँदै विभाग र ताहाचालले समन्वय नगर्दा व्यवसायीले झन्झट व्यहोर्नुपरेको दुःखेसो पोखे । ‘हामी विभाग जाँदा ताहाचाल जानुहोस् भन्छन्, यहाँ आउँदा यो विभागको काम हो भन्नुहुन्छ,’ उनले भने, ‘सरकारी कार्यालय जिम्मेवारीबाट पन्छिदिँदा हामी व्यवसायी र कामदारले दुःख पाइरहेका छौँ ।’ छलफल कार्यक्रममा संघका प्रथम उपाध्यक्ष कमल तामाङले विभाग र ताहाचाल कार्यलयलाई व्यवसायीको तर्फबाट सुधार गर्नुपर्ने कामको विवरण नै बनाएर दिँदा पनि वास्ता नगरिएको बताएका छन् । व्यवसायीहरू सम्पूर्ण रूपमा ताहाचाल कार्यालयसँग निर्भर रहेको पनि समयमा काम नगरिदिँदा हैरानी व्यहोर्न बाध्य भएको गुनासो गरे । ‘हामी काममा आउँदा कुर्सी र टेबल मात्र खाली हुन्छ, कर्मचारी हुँदैन । कर्मचारीको अभाव भएको हो भने विभागलाई भनेर उचित व्यवस्थापन हुनुप¥यो,’ उनले भने । उनले ताहाचाल कार्यालयमा अनाधिकृत व्यक्तिको प्रवेशको बाहनामा मुख्य गेटमा ताला लगाएर कर्मचारी भित्र बसिदिँदा धेरै महत्वपूर्ण कामहरू छुट्ने भन्दै त्यही बहानामा कर्मचारीसँग अवैध रूपमा लेनदेन हुने गरेको सुनेकोसमेत उल्लेख गरे । उनले सबै काम टेबल माथिबाट नै हुने वातावरण बनाउन आग्रह गर्दै कर्मचारीको ढिलासुस्तीको कारण व्यवसायीले धेरै कष्ट व्यहोर्नुपरेको गुनासो गरे । त्यस्तै महासचिव सुजितकुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित गर्न सरकारले गरेको धेरै कामले पूर्णता पाउन नसकेको बताएका छन् । उनले सरकारी संयन्त्र र प्रणालीलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिँदै कर्मचारी र व्यवसायीको सहकार्यले सेवाग्राहीले लाभ पाउने बताए । छलफलमा कार्यालयका कर्मचारीहरूले व्यवसायीले कागजात नपुगेको काम पनि दबाब दिएर गर्न लगाउने आरोप लगाएका छन् । उनले प्रक्रिया र कागजात नपुगेको काम जबरजस्ती गराउने प्रवृत्ति गलत भएकाले यसतर्फ सचेत हुन व्यवसायीलाई ध्यानाकर्षण गराए । उनले व्यवसायीले काम गर्न राखेको कर्मचारीलाई स्मार्ट बनाउने सुझाव दिँदै त्यसो भएमा चुस्त रूपमा सेवा प्रवाह गर्न सकिने उनले बताए । सेवा शुल्क बढाउनुपर्नेलगायत १७ बुँदे माग राख्दै वैदेशिक रोजगार व्यवसायी गत आइतबारदेखि आन्दोलनमा उत्रिएको छ । विगतमा पटक–पटक सरकारी निकायलाई आङ्खनो गुनासो राख्दा पनि सम्बोधन गर्न चासो नदिइएको आरोप लगाउँदै उनीहरूले आइतबार वैदेशिक रोजगार विभागमा धर्ना दिएका थिए । सो आन्दोलनका क्रममा मंगलबार कार्यलयका कर्मचारीहरूसँग अन्तक्र्रिया गरिएको हो । व्यवसाीले वैदेशिक रोजगार सूचना प्रणालीमा देखिएका अव्यवहारिक समस्या समाधान गर्नुपर्ने र घरेलु कामदार विदेश पठाउन र जिट्कोअन्तर्गत कामदार जापान पठाउनका लागि छुट्टाछुट्टै इजाजतपत्र लिनु पर्ने व्यवस्था अन्त्य गर्नुपर्ने माग गरेका छन् । त्यस्तै समय–समयमा विभिन्न वहानामा ल्याइएको कार्यविधिहरूको पुनरावलोकन गरेर खारेज गर्न पनि संघले माग गरेको छ । मागपत्र प्रमाणीकरणलाई पारदर्शी र सहज बनाउनुपर्ने, नेपाली दूतावास नभएको मुलुकहरूमा मागपत्र प्रमाणीकरणको वैकल्पिक व्यवस्था गर्नुपर्ने, म्यानपावर कम्पनीको शाखा कार्यालय खोल्न पाउनुपर्ने, व्यवसायी कोष सञ्चलान गर्न पाउनुपर्ने, व्यवसाय गर्न नचाहने व्यवसायीको धरौटीलाई सहज रूपमा फिर्ता दिनुपर्ने लगायतका काम पनि संघले अघि सारेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  ०३:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP