Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतार प्रहरीमा भर्ना हुन भारतको विमानस्थल प्रयोग हुँदै
कतार प्रहरीमा भर्ना हुन भारतको विमानस्थल प्रयोग हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १३, २०७७
Qatar
Hardik health
काठमाडौं– कतार प्रहरीमा नेपाली राख्ने कुराले नेपालीलाई उत्साही बनाए पनि यसमा चलेको जालझेलका कारण नेपाललाई नै बद्नाम बनाएको छ । कतारले आगामी विश्वकप फुटबल प्रतियोगिताका लागि समेत करिब १२ हजार नेपालीलाई सुरक्षाकर्मीमा प्रवेश दिने भएपछि यसैमा अत्यन्तै ठूलो खेल मच्चिएको थियो । कतारमा सुरक्षाकर्मीमा लैजाने भएपछि खासगरी केही म्यानपावर कम्पनीहरूले सिन्डिकेटको प्रयास गरे । यहि क्रममा १७ वटा म्यानपावर कम्पनीहरूको नाम नै सार्वजनिक गरेर खैलाबैला मच्चाइएको थियो । यहि १७ वटा म्यानपावरको नाममाथि विभिन्न टीकाटिप्पणी भइरहेको मौका छोपी केही म्यानपावर कम्पनी र कतार राजदूताबासका कर्मचारीले कतार प्रहरीमा लैजान अन्तर्वार्ता लिएको भनेर वैदेशिक रोजगार विभागले छापा मात्र हानेन । ती म्यानपावर कम्पनीहरूलाई ६÷६ महिनासम्म निलम्बन नै गरेको छ । नेपालमा अन्तर्वार्ता लिन असम्भव भएपछि कतिपय युवाहरूलाई केही बिचौलियाहरूले भारतको सिलगुढीमा अन्तर्वार्ता लिएर छान्ने काम भएको भनेर नेपालमा समाचार पनि आएको थियो । यसबारे प्रभाव दैनिकले समाचार पनि सम्प्रेषण भएको थियो । यो कुरालाई विभागले इन्कार गरेको भए पनि अहिले नेपाली युवाहरूलाई भारतको विमानस्थल प्रयोग गरेर कतार पु¥याइएको समाचार बाहिर आएको छ । स्रोतका अनुसार व्यक्तिगत भिसामा कतार पठाउने काम भइरहेको छ । कतार प्रहरीकै लागि दुई सय जनाको भिसा आएको र अहिले करिब सय जना युवाहरू कतारमा पु¥याइसकिएको बताइन्छ । ती दुई सय जनाले प्रतिव्यक्ति १२ हजारका दरले मेडिकल खर्च पनि संकलन गरिसकिएको स्रोतको दाबी छ । एक व्यक्ति बराबर १५ लाख रूपैयाँसम्म लिएर भिसा ल्याइएको स्रोतको दाबी छ । माथिल्लो तहको मिलेमतोमा नै म्यानपावर कम्पनीले ती युवाहरूलाई कतार पु¥याएको समाचार बाहिर आएको छ । यसमा खासगरी सरकारले जिटुजी (सरकार–सरकारबीच) प्रणालीबाट कामदार आपूर्ति गराउन चाहेको भए पनि कतार राजदूताबासको चलखेलमा केही म्यानपावर कम्पनीहरूले युवाहरूलाई भारत भएर कतार पठाएको स्रोतको दाबी छ । यता, कतार प्रहरीका लागि स्विकृति नै नलिई अन्तर्वार्ता सञ्चालन गरेको भन्दै सरकारले एसओएस म्यानपावर, होप इन्टरनेसनल र डिडी ह्युमन रिसोर्सेस प्रालि ६÷६ महिनाका लागि निलम्बनमा परेका छन् । यो समाचार तयार पार्दै गर्दा एसओएस म्यानपावरको निलम्बन भने मन्त्रीस्तरीय निर्णयबाट फुकुवा भएको समाचार आएको छ । अन्तर्वार्ता लिँदै गर्दा थाहा पाएर विभागले छापा मारेको भए पनि अहिले युवाहरू कतार नै कसरी पुगे ? यो प्रश्नले निक्कै ठूलो हलचल ल्याएको छ । कतार पुगेका युवाहरूले नै आफूहरू १५ लाख तिरेर व्यक्तिगत भिसामा कतार आएको र आफूहरूलाई कतार प्रहरीमा भर्ना गर्ने निश्चित भएको बताएका छन् । यसबारे डिडी ह्युमन रिसोर्सेस प्रालिका सञ्चालक बेनीबहादुर कार्कीले आफ्नो कम्पनीमा विभिन्न तालिम लिँदै गरेका युवाहरूलाई आधार बनाएर निलम्बन गर्ने तर युवाहरू कतार नै पुग्दा पनि सरकार मौन बसेको भन्दै प्रभावसँग आक्रोश पोखेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP