Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युएईमा ४१ नेपालीले जेल जीवन भोग्दै
युएईमा ४१ नेपालीले जेल जीवन भोग्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ५, २०७७
UAE
Hardik health
काठमाडौं– संयुक्त अरब इमिरेट्स दुबई (युएई) मा ४१ जना नेपालीले जेल जीवन भोगिरहेको युएईस्थित नेपाली दूताबासले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण कम भएसँगै केही दिनअघि युएईमा जेल जीवन भोगिरहेकाहरूको अवस्थाबारे अध्ययन गर्न पुगेको दूताबासले हाल जेलमा ३७ पुरुष र ४ जना महिला गरी ४१ जनाले जेल जीवन बिताइरहेको जनाएको हो । दूताबासका अनुसार प्रायजसो पुरुष नेपालीहरू जेल जेल पर्नुका कारण जाँडरक्सी, झैझगडा, लागुऔषध ओसारपसार, जथाभावी यौन क्रियाकलाप नै रहेको देखिएको छ । यसअघिको अनुसन्धानमा जेल पर्नुका अधिकांश कारणहरू जाँड रक्सी सेवन, झैझगडापछि हत्यालगायत रहँदै आएको पनि दूताबासले जनाएको छ । यसैगरी कतिपयले कानुनविपरीत यौन गतिविधिको मामिलामा जेल परेको दूताबासले जनाएको छ । यद्यपि, त्यस्ता खालका घटनाहरू हुन नदिन दूताबासले विशेष निगरानी अपनाएको पनि जनाइएको छ । अनुन्धानका लागि युएईको कारागारमा पुगेको टोलीले केही समयअघि एक महिला र दुई पुरुषलाई नेपाल फर्काएको पनि दूताबासले जनाएको छ । युएईको जेलमा रहेकाहरूलाई दूताबासका प्रतिनिधिले भेटेर उनीहरूको पछिल्लो अवस्थाबारे पनि थप अध्ययन अनुसन्धानसमेत गरेको दूताबासले जनाएको छ । केही दिनअघि युएईको अबिरमा रहेको सेन्ट्रल जेलमा रहेकाहरूको अवस्था बुझ्न युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम काउन्सेलर निर्मला थापा, स्थानीय जनसम्पर्क अधिकृत (पिआरओ) इरफान आलम पुगेका थिए । जेलामा रहेकाहरूको अवस्था अध्ययनपश्चात स्वदेश फिर्तिका लागि आवश्यक कानुनी सहयोग तथा कागजी प्रक्रियाबारे सहजीकरण पनि गरिएको जनाइएको छ । प्रत्येक वर्ष दुईपटक जेलमा रहेकाहरूको अवस्थाबारे अध्ययन अनुसन्धान गर्ने योजना भए पनि सन् २०२० मा कोरोनाका संक्रमणका कारण असम्भव हुन गएको पनि दूताबासले भनेको छ । दूताबासका अनुसार यस वर्ष भने युएईमा रहेका ८ वटा कारागारमा पुगेर के कारण उनीहरूले जेल जीवन भोगेका हुन् भनेर जानकारी लिइने पनि दूताबासले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरूमाथिको मुद्दा र आरोपबारे जानकारी लिइने दूताबासले जनाएको छ । जेल जीवन भोगिरहेका उनीहरूलाई लागेको आरोप वा मुद्दाका विषयमा दूताबासका तर्फबाट कानुनी सहजीकरणको बाटो अपनाइने र कानुनी सजाय पूरा गरेपश्चात फर्किनेलाई हवाइ टिकटको व्यवस्था गरिने पनि दूताबासले भनेको छ ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  ०५:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP