Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युवाहरुलाई ठगिनबाट बचाउँछु– नवनियुक्त श्रममन्त्री चौधरी
युवाहरुलाई ठगिनबाट बचाउँछु– नवनियुक्त श्रममन्त्री चौधरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १३, २०७७
RS_KTM_Mantri_20201227_0D3A2697
Hardik health
[caption id="attachment_11888" align="alignnone" width="640"] gjlgo'Qm >d, /f]huf/ tyf ;fdflhs ;'/IffdGqL rf}w/L
sf7df8f}F, !@ k''; M
gjlgo'Qm >d, /f]huf/ tyf ;fdflhs ;'/IffdGqL uf}/Lzªs/ rf}w/L dGqfnodf cfOtaf/ sfo{ef/ ;dfNg] qmddf ;~rf/sdL{;Fu ;+lIfKt s'/fsfgL ub}{ . tl:a/ M /Tg >]i7÷/f;;[/caption] काठमाडौं– आइतबारदेखि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री गौरीशंकर चौधरीले अबको पहिलो कदम वैदेशिक रोजगारीका क्रममा युवाहरुलाई ठगिनबाट जोगाउने बताएका छन् । प्रधानमन्त्री केपी ओलीद्वारा संसद विघटन गरेलगत्तै विरोध जनाए पनि अन्ततः मन्त्री बनाइएपछि आइतबार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सञ्चारकर्मीसँगको कुराकानीमा अबको आफ्नो पहिलो कदम वैदेशिक रोजगारीका क्रममा युवाहरुलाई ठगिनबाट बचाउने उनले बताए । ‘अबको मेरो कदम वैदेशिक रोजगारीका क्रममा युवाहरुलाई रोजगारीका क्रममा ठगिनबाट कसरी बचाउने भन्नेबारे छलफल हुनेछ र त्यसका लागि आवश्यक उपाय र रणनीति बनाइनेछ,’ उनले सञ्चारकर्मीसँग भने, ‘यी कामहरु थाल्नुअघि अहिलेसम्म मन्त्रालय कसरी अगाडि बढेको रहेछ भनेर विगतमा भएका अभ्यासका पानाहरु पनि पल्टाएर हेर्नेछु । अनि समीक्षा गरेर अगाडि बढ्नेछु ।’ पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा ठगी धन्दाहरु मौलाएको र त्यो नियन्त्रण गर्न आफू खरो भएर मैदानमा उत्रने पनि उनले बताएका छन् । रहर नभई बाध्यताले वैदेशिक रोजगारीमा गएका वा जान लागेका युवा कुनै पनि हालतमा ठगिन नहुने बताउँदै म्यानपावर व्यवसायीले यसतर्फ पारदर्शीरुपमा काम गर्नुपर्नेमा उनले जोड दिए । आइतबार मन्त्रालयको कुर्सीमा बसेर पदबहाली गरेका उनले सञ्चारकर्मीसँगको कुराकानीमा कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको संकुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न पनि आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । उनले भने, ‘अहिले कोरोनाले व्यापार व्यावसाय नराम्रोसँग प्रभावित बनेको छ । रोजगारीको रोजगारी कटौती भएको अवस्था छ । यसका लागि अब स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लाग्न जरुरी छ ।’ आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थाको पनि अन्त्य गरिने बताएका छन् । यसका लागि सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढंगबाट कार्यान्वयनमा लैजाने उनले बताए । मन्त्रीको पुत्ला दहन शुक्रबार अघिसम्म प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्ध कडा रुपमा प्रस्तुत भएका उनी अचानक शुक्रबार मन्त्री बनेका हुन् । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपालनिकट रहेका उनको शनिबार कैलालीमा पुत्ला दहन गरिएको छ । नवनियुक्त श्रम मन्त्री चौधरीले जनमतको अपमान गरेको र प्रतिबद्धता अडिग नरहेको भन्दै सत्ताका लागि आफ्नो अडान छाडेपछि निर्वाचित क्षेत्र नम्बर ३ कैलालीको हसुलियामा शनिबार उनको पुत्ला दहन गरिएको थियो । नेकपाभित्रको चर्को विवादका बीच प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा निवर्तमान श्रममन्त्री रामेश्वर राय यादवलगायत सातजना मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त रहेको श्रम मन्त्रालयमा चौधरीले ‘इन्ट्री’ मारेका थिए । प्रधानमन्त्री ओलीको कार्यशैलीका कट्टर विरोधी उनी अचानक शुक्रबार शितलनिवासमा मन्त्रीको शपथग्रहण लिएपछि पार्टी र कार्यकर्ता एकाएक तर्सिन पुगेको बताइएको छ । ५ पुसमा हसुलियामा आयोजित कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओलीको कदमको चर्को आलोचना गर्दै उनको कदमविरुद्ध सबै एकजुट हुन आह्वान गरेका उनी फर्किएपछि ओलीसँगै कुम मिलाउन पुगेका थिए । ०७३ सालमा नेकपा अध्यक्ष दाहालको मन्त्रिमण्डलमा कृषि मन्त्री बनेका उनलाई निर्वाचन क्षेत्रमा प्रवेश गर्नसमेत नदिने भन्दै विरोध गरिएको छ । आइतबार मन्त्रालयको पदभार सम्हालेका उनले यस विषयमा सञ्चारकर्मीसँग केही गफिन भने चाहेनन् । मन्त्री चौधरीलाई ‘च्यालेन्ज’ मन्त्री चौधरीको निर्वाचन क्षेत्रअन्तर्गत रहेको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आगामी निर्वाचनमा आफूसँग लड्न चुनौति दिएका छन् । शुक्रबार अघिसम्म प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध आफूहरुलाई ओलीको कार्य असंवैधानिक भन्दै उचालेको र शुक्रबार एकाएक सत्ताका लागि आश्चर्यजनक रुपमा ओलीसँगै कुम मिलाएपछि अध्यक्ष चौधरीले आगामी निर्वाचनमा आफूसँग चुनाव लड्न चुनौती दिएका हुन् ।
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  ०४:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP