Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दिनदहाडै विभागमा लेनदेन
दिनदहाडै विभागमा लेनदेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २, २०७७
सोझासादालाई चर्को मार, बिचौलिया र कर्मचारी मोटाउँदै काठमाडौं– वैदेशिक रोजगार विभाग, ताहाचलको व्यक्तिगत श्रम स्विकृति शाखामा कर्मचारी र बिचौलियाको सेटिङमा दिनदहाडै लेनदेन चलेको प्रमाण फेला परेको छ । सेवाग्राहीले विभागमा बुधबार सेवा लिन जाँदा कर्मचारीले अनेकौँ अनावश्यक थप कागजात मागेको तर त्यहि कागजात बिचौलियाले लगेपछि पाँच मिनेटमा काम गरेर फर्केपछि सेटिङमा दिनदहाडै लेनदेन चलेको प्रमाण फेला परेको हो । बुधबार मात्र प्रभाव दैनिकको विशेष टोली ताहचल पुग्दै गर्दा एक कर्मचारीले केही आफ्नो बिचौलिया राखेर ती व्यक्तिमार्फत आउनू भनी सम्पर्क गराएका थिए । बुधबार सेवा लिन गएका केही युवाहरूलाई ती बिचौलियाहरूले जनही रु २५ हजार रूपैयाँ लाग्ने, ५ हजार रूपैयाँ आफूहरू र कर्मचारीहरूलाई तोकेर नै २० हजार रूपैयाँ दिनुपर्ने भनेर निष्फिक्री भन्दै गरेको थिए । नोबेल कोभिड–१९ का कारणले देशमा बेरोजगारले चरम रूप लिइरहेको बेला युवायुवतीहरू आफ्नै बलबुताले व्यक्तिगत तवरबाट विदेश जाने प्रयास गर्दा उनीहरूलाई विभागले नै दुःख दिनु आफैँ दुभाग्य हो । स्वदेशबाट नै ठगिन थालिएपछि उनीहरूलाई विदेशी भूमिमा ठगिनुलाई अन्याथ नसोचे पनि हुने भएको छ । गन्तव्यमा नपुगी ठगिएको मानसिक तनाव लिएर विदेशिनेहरूको विदेशमा हालत के हुने हो ? निक्कै सोच्नुपर्ने भएको छ । ‘हामीजस्ता सोझासादा र गरिबहरूले दुःख, कष्ट गरेर श्रम स्विकृतिका लागि ताहाचल पुग्दा विभागकै व्यक्तिगत शाखाका केही कर्मचारीहरूले दिनदहाडै रकम लेनदेन गर्दा कस्को चित्त दुख्दैन ?’ ती पीडितले भने, ‘बिचौलियाहरूले लगेमा काम बन्छ, हामीहरू गएमा कागज मिलेन भन्दै दोस्रोपटक कागजमा आँखै लगाउँदैनन् ।’ सेवाग्राहीले यत्तिको दुःख पाउने मात्र नभएर चित्त दुखाउँदा सम्बन्धित निकायहरू भने मूकदर्शक बनिरहेको पीडितले बताएका छन् । उनीहरूका अनुसार बिचौलियालाई पैसा दिएपछि उनीहरूले कर्मचारीलाई नाम टिपाउँछन् र पाँचै मिनेटमा काम सकेर पठाइदिने गरेका छन् । केही दिन अघिसम्म टेबल मुनी र कार्यालयबाहिर मात्र लेनदेन गरेको भए पनि कोभिडसँगै विभागमा लेनदेनको खेती निक्कै फस्टाएको त्यहाँकै कतिपय श्रम प्रतिनिधिहरूले पनि नाम नबताउने सर्तमा भन्दै आएका छन् । उनीहरूकै भाषामा ‘कागजपत्र मिलेकै भए पनि थप रकम माग गर्नु त यहाँको पुरानै चलन हो ।’ स्रोतका अनुसार वैदेशिक रोजगार ताहाचलका व्यक्तिगत शाखाका कर्मचारीहरू शाखा अधिकृत हरिकृष्ण बुढाथोकी, ना.सु. देवेन्द्र ढकाल र कम्प्युटर अपरेटर बाबुराम पौडेयलले सेवाग्राही प्रत्यक्ष आफैँ जाँदा सबै कागजात प्रक्रिया पूरा गर्दा पनि बखेडा झिक्ने काम गर्दै आएका छन् । कागजात पुगेको भए पनि अनेकौँ बखेडा झिकेर सोझासादा सेवाग्राहीको काम नगरी दिने गरेका छन् । यत्ति मात्र होइन, कि उनीहरूले बिचौलियाको नाम नै उल्लेख गरेर भेटेर कागजात मिलाउनू भन्छन् तर ती व्यक्तिहरूलाई भेट्नेबित्तिकै कागजात नभएर पैसाकै कुरा गर्ने गरेका छन् । स्रोतका अनुसार व्यक्तिगत शाखाका कर्मचारीहरू शाखा अधिकृत बुढाथोकी, ना.सु. ढकाल र कम्प्युटर अपरेटर पौडेयलको अहिले रजगज चल्दै आएको छ । उनीहरूको मूल्य अहिले ह्वात्तै बढेपछि त्यसको मार सेवाग्राहीमा परेको बिचौलियाहरूले नै भन्दै आएका छन् । पीडितहरूका अनुसार उनीहरूले सिधै बिचौलियालाई भेट त भन्दैनन् तर उनीहरूले कागजात पुगे÷नपुगेको भनेर फलानोलाई जाँच गराएर आउनु भनेर सेवाग्राहीलाई सिधै भन्दै आएका छन् । जब उनीहरूले दिएको नाम गरेको व्यक्तिलाई भेटिन्छ, तब उनले यत्ति पैसा भए म गरिदिन्छु, अन्यथा गर्नै सकिँदैन भनेर भन्ने गरेको पीडितहरूले बताएका छन् । बिचौलियाको भर नपरेर आफैँ सेवा लिन जाँदा अनेकौँ अनावश्यक थप कागजात माग्ने तर बिचौलियाले नाम मात्र टिपाइदिएकालाई पाँच मिनेटमा काम सकेर पठाइदिने गरेको भए पनि सम्बन्धित निकायले ध्यान नदिएको देखिन्छ । हुन त, विभागमा यस्ता घटना नयाँ र नौलो भने पक्कै होइन । विगतमा यसै कार्यालयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सय जनाभन्दा धेरै कर्मचारीलाई रंगेहात पक्राउ गरेको यथार्थ प्रमाणहरू पनि छन् । अहिले सरकार सञ्चालक दलमा भएको आन्तारिक विवादका कारण सरकार परिवर्तन हुने हो कि भनेर हल्ला चल्दै गरेपछि विभागका कर्मचारीले यहि मौका छोप्दै आएको हल्ला विभागमा चल्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०२:२८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP