Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशबाटै पुनः श्रम स्विकृति नवीकरण
विदेशबाटै पुनः श्रम स्विकृति नवीकरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २, २०७७
Hardik health
लाखौँ श्रमिकहरु लाभान्वित काठमाडौं– सरकारले आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्विकृति (रि–इन्ट्री) सुविधा लिन पाउने व्यवस्था गरेसँगै विदेशबाटै श्रम स्विकृति नवीकरण गर्न पाइने भएको छ । अनलाइनमार्फत विदेशमा रहेका नेपाली श्रमिकले पुनः श्रम स्विकृति नवीकरण गर्न मिल्ने भएपछि वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका लाखौँ श्रमिक लाभान्वित हुने बधबार वैदेशिक रोजगार विभागका सूचना अधिकारी टिकामणि न्यौपानेले बताए । ‘अब, विगतका दिनझैँ श्रम अवधि सकिएर वैधानिकताका लागि पुनः फर्किएर श्रम स्विकृति नवीकरण गर्नुपर्ने बाध्यता हटेको छ । विदेशमा रहेका श्रमिकले यो सुविधा दुई पटकसम्म पाउनु हुनेछ,’ उनले भने, ‘एकपटक श्रम स्विकृति लिएकाहरूले संसारको जुनसुकै कुनामा बसेर पनि श्रमको रि–इन्ट्री अनलाइनबाटै गर्न सक्नेछन् ।’ सूचना अधिकारी न्यौपानेका अनुसार सरकारले अनलाइनबाटै पुनः श्रम स्विकृति नवीकरण गर्ने सुविधा ल्याएपछि श्रम स्विकृति नवीकरणका लागि ताहाचल कार्यालय नै पुग्नेपर्ने झन्झट हटेको छ । विभागबाट श्रम स्विकृति लिई श्रम गर्न अनुमति पाएका संसारभरका नेपाली श्रमिकका लागि यो नौलो जानकारी पनि रहेको उनले बताए । विदेशबाटै पुनः श्रम स्विकृति नवीकरण गर्नका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट–वेमार्फत बिमा र वैदेशिक रोजगर कल्याणकारी कोषको रकम तिर्नुपर्ने सूचना अधिकारी न्यौपाने बताएका छन् । उनका अनुसार यसका लागि विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट–वेसँग सम्झौता गरेको छ । यस्तै, आइएमई पे, ई–सेवाजस्ता गेट–वेबाट पनि श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्ने उनले बताएका छन् । विभागले तोकिएअनुरूप अनलाइन गेट–वेमार्फत शुल्क भुक्तानी गरेपछि अनलाइन प्रणालीमार्फत श्रमिककै इमेलमा श्रम स्विकृति नवीकरण भएको प्रमाणसहितको जानकारी दिइने उनले बताए । उनका अनुसार नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रि–इन्ट्रीको सुविधा दिन सकिने व्यवस्था रहेको छ । उक्त व्यवस्थाबमोजिम विदेशमा भिसा अवधि सकिएकाहरूले थप विदेशमा बस्न चाहेको खण्डमा अनलाइनमार्फत नै पुनः श्रम स्विकृति (रि–इन्ट्री) गर्न सक्ने उनले बताए । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले यो व्यवस्था लागू गर्न योजना अघि बढाएका थिए । तैपनि उनी असफल भएका थिए । तर, हाल उक्त योजनालाई पूर्णता दिइने सरकारले अन्तिम योजना बनाएको जनाइएको छ । सूचना अधिकारी न्यौपानेका अनुसार यो व्यवस्थापछि श्रम स्विकृति नवीकरणमा मात्र सहज नभएर श्रम स्विकृति नवीकरण नगरेका कारण समस्या पर्दा वैदेशिक रोजगार कल्याणकारी कोषबाट सुविधा पनि नपाउने अवस्थाको अन्त्य हुनेछ ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०२:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP