Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अर्थतन्त्रको हिरो वैदेशिक व्यवसायी हुन्ः अध्यक्ष गोल्छा
अर्थतन्त्रको हिरो वैदेशिक व्यवसायी हुन्ः अध्यक्ष गोल्छा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २६, २०७७
Smman
Hardik health
तस्बिरः भवानी निरौलाको फेसबुकबाट काठमाडौं– निजी उद्योगीहरूको साझा संगठन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशको अर्थतन्त्रको हिरो वैदेशिक रोजगार व्यवसायीहरू भएको बताएका छन् । बिहीबार काठमाडौंका बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्याङ्क्वैटमा नेपाल वैदेशिक रोजगार व्यावसायी संघद्वारा आयोजित बधाई एवं शुभकामना कार्यक्रममा प्रतिव्यक्ति आय १ हजार १ सय डलर पु¥याउन वैदेशिक रोजगार व्यवसायीको हात भएको बताउँदै उनीहरू देशको अर्थतन्त्रको हिरो भएको उनले बताए । ‘देशको प्रतिव्यक्ति आय १ हजार १ सय डलर पुर्‍याउन र रेमिट्यान्स भित्र्याउनमा विशेष योगदान वैदेशिक रोजगार व्यवसायीहरूको रहेको छ । जुन हामी सबैलाई थाहा नै छ,’ उनले भने, ‘त्यसैले देशको अर्थतन्त्रको हिरो उहाँहरू नै हो । अब थप हामी सबै एक ठाउँमा उभिएका छौँ ।’ महासंघद्वारा आगामी वैदेशिक रोजगार व्यवसाय क्षेत्रको समस्या समाधानका लागि निर्माण गरिने वैदेशिक रोजगार फोरमको अध्यक्षताको जिम्मेवारी संघको तर्फबाट वस्तुगत सदस्यमा विजयी अध्यक्ष विष्णुप्रसाद गैरैलाई दिइने घोषणासमेत उनले बताए । महासंघमा ५४औँ साधारणसभाबाट नवनिर्वाचित पदाधिकारी तथा वस्तुगत केन्द्रीय सदस्यमा विजयी टिमलाई बुधबार संघद्वारा साझा बधाई एवं शुभकामना कार्यक्रम आयोजना गरिएको हो । यसैगरी साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा निर्वाचित अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा निर्वाचित दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा निर्वाचित रामचन्द्र संघाई, कोषाध्यक्ष सकुन्तलाल हिराचन, पूर्वसांसद् तथा संविधान सदस्य महेन्द्र शेरचनलगायतका पदाधिकारीहरूले आयोजित कार्यक्रममा आफ्ना भनाइहरू राखेका छन् । महासंघमा निर्वाचित सबै पदाधिकारीलाई पूर्वसांसद तथा संविधानसभा सदस्य शेरचनले प्रमानपत्रसहित सम्मान गरे । सम्मान कार्यक्रममा बोल्दै महासंघका बरिष्ठ उपाध्यक्ष ढकाल वैदेशिक रोजगार क्षेत्रसँग आफ्नो लामो समयदेखिको अटुट सम्बन्ध रहेको बताएका छन् । २० वर्षदेखि आफू वैदेशिक रोजगार क्षेत्रसँग जोडिएर एकसाथ काम गर्दै आएको र यस क्षेत्रमा आइपरेका समस्याबारे आवाज उठाएको स्मरण पनि उनले गरे । उनले भने, ‘दुई देशकदेखि मैले वैदेशिक क्षेत्रसँग सहकार्य गर्दै आएको छु । देशको बेरोजगारी समस्या समाधानदेखि लिएर रेमिट्यान्स भित्राउन महत्वपूर्ण भूमिका खेल्ने यस क्षेत्रलाई सम्मानित, मर्यादित र व्यवस्थित बनाउनुपर्छ भन्नेमा म विगतदेखि नै प्रतिवद्ध रहिआएको छु र रहिरहनेछु ।’ वैदेशिक व्यावसायीहरूबाट महासंघमा वस्तुगत तर्फ प्रतिनिधि आएपछि अब वैदेशिक रोजगार क्षेत्रमा देखिएका हरेक समस्याको समाधानमा सँगसँगै यात्रा गर्ने पनि उनले बताए । यसैगरी वस्तुगतर्फबाट उपाध्यक्षमा विजयी अञ्जन श्रेष्ठले झन्डै तीनदशक लामो इतिहासमा पहिलोपटक महासंघका वैदेशिक रोजगार व्यवसायीको प्रतिनिधि आएको र महासंघमा सबै पदाधिकारीलाई सम्मान गरेकोमा खुसी महसुस भएको बताएका छन् । निर्वाचनपछि सबै व्यवसायी एक भएको बताउँदै महासंघको सदस्यमा संघको तर्फबाट जुझारु व्यक्तित्व पठाएकोमा सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीप्रति आभार प्रकट व्यक्त पनि उनले गरे । साथै, वैदेशिक रोजगार व्यवसायीलाई सरकारले हेर्ने दृष्टिकोण अझै राम्रो नहुनु दुःखद पक्ष रहेको भन्दै वैदेशिक रोजगारमा पठाउने व्यवसायी र रेमिट्यान्स भित्र्याउने व्यवसायीलाई सरकारले समान ढंगले हेर्नुपर्ने पनि उनले बताएका छन् । सबै व्यवसायीलाई हेर्ने नजर, कामदार तथा व्यवसायी अनुकूल समय सान्र्दभिक ऐन संशोधन र नीति निर्माणमा महासंघ हातेमालो गरेर अघि बढने प्रतिवद्धता उनले जनाए । यसैगरी महासंघमा वैदेशिक रोजगार क्षेत्रको प्रतिनिधित्वले अझ गरिमा बढाएको पूर्वसांसद तथा संविधान सदस्य शेरचनले बताएका छन् । संघका संस्थापसमेत रहेका उनले २८ वर्षमा पनि वैदेशिक रोजगार क्षेत्रको अवस्थामा सुधार नआएकामा दुःख प्रकट गरे । साथै, झन्डै तीन दशकपछि महासंघमा वैदेशिक क्षेत्रको आगमनले अब नयाँ फड्को मार्न लागेको संकेत उनले गरे । वैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट पहिलोपटक महासंघको वस्तुगततर्फ केन्द्रीय सदस्यमा निर्वाचित विष्णुप्रसाद गैरेले संघलाई महासंघमा पु¥याउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । महासंघमा निर्वाचित भएपछि अब वस्तुगत क्षेत्र अर्थात् विशेषगरी वैदेशिक रोजगार व्यवसाय क्षेत्रको समस्यालाई हल गर्ने उनले प्रतिबद्धता जनाए । पछिल्लो समय वैदेशिक क्षेत्रलाई हेर्ने नजर जटिल रहेको र राज्यले यस क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तनमा महासंघले भूमिका खेल्नेमा आफू आसावादी रहेको उनले बताएका छन् । वैदेशिक रोजगार क्षेत्रको समस्या समाधानमा संघले यस अघिदेखि नै सरकारलाई पटक–पटक घच्घच्याए पनि सरकारले त्यसलाई बेवास्ता गरेकोमा अब महासंघ मिलेर सरकारसँग यस क्षेत्रको समस्या समाधानको पहल थालिने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  ०३:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP