Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘वैदेशिक रोजगारप्रति सबैको भरोसा’
‘वैदेशिक रोजगारप्रति सबैको भरोसा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २२, २०७७
Bishnu
Hardik health
काठमाडौं– वैदेशिक रोजगारलाई आमउद्योगी, व्यावसायी तथा व्यापारीले भरोसाका रूपमा स्वीकार गरेको नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत तर्पmको सदस्यमा निर्वाचित विष्णुप्रसाद गैरेले बताएका छन् । संघका तर्फबाट पहिलोपटक महासंघको सदस्यमा निर्वाचित भएका गैरेको बधाई तथा सम्मान गर्न वैदेशिक रोजगार स्याङ्जा समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष तथा महासंघका सदस्य गैरेले संघको प्रतिनिधि सदस्यमा निर्वाचित हुनु नै आमउद्योगी, व्यावसायी तथा व्यापारीहरूले वैदेशिक रोजगारको आवश्यक भएको स्वीकार गरेको बताए । संघले महासंघमा स्थान पाउनु नै सबैभन्दा ठूलो उपलब्धि भएको भन्दै अब वैदेशिक रोजगार क्षेत्रका व्यावसायीहरू एक्लै भएको महसुस गर्नु नपर्ने सदस्य गैरेले बताएका छन् । हिजो आफूहरूको आन्दोलन एक्लै गर्नुपरेको तर अब वैदेशिक रोजगार व्यावसायीहरूको आन्दोलनमा मुलुकका सबै उद्योगी, व्यावसायीहरूको पनि ऐक्वबद्धता हुँदा उपलब्धपूर्ण हुने पनि उनले बताए । वैदेशिक रोजगार पेसालाई मर्यादित बनाउनका लागि आमव्यावसायी साथीहरू पनि उत्तिकै चनाखो हुनुपर्ने बताउँदै अब वैदेशिक रोजगारबाट फर्केकाहरूको सीपलाई स्वदेशकै उद्योग, कलकारखानामा उपयोग गर्नेतिर अब महासंघले पनि थालनी गर्ने प्रारम्भिक छलफल भएको उनले बताएका छन् । युवाहरूलाई स्वदेशमा नै रोजगार दिने गरी योजना बनाइने पनि उनले बताए । उनले महासंघमा विष्णु गैरेभन्दा पनि संघले महासंघमा प्रवेश पाएको भन्दै आपूm व्यावसायीको हरेक समस्यालाई समाधान गर्नका लागि आफू अहोरात्र खट्ने पनि उनले बताएका छन् । उनका अनुसार विष्णु गैरेभन्दा पनि संघको प्रतिनिधि त्यहाँ पुगेको भन्दै अब वैदेशिक रोजगार व्यावसायीहरूको मुद्दा राष्ट्रियकरण भएर जाने पनि उनले बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कमल तामाङले व्यावसायीहरूको अथक प्रयास र अन्य उद्योगी, व्यापारी, व्यावसायीहरूको विश्वासले संघका अध्यक्ष महासंघको सदस्य बनेको भन्दै अब वैदेशिक रोजगारका मुद्दाहरूलाई महासंघले आफ्नो मुद्दा बनाएर यो क्षेत्रका समस्या सम्बोधन हुने आसा व्यक्त गरेका छन् । तत्कालीन संघका अध्यक्ष एलपी साँवाको पालादेखि महासंघमा संघको प्रतिनिधि जाने प्रयास जारी भए पनि अहिले भने परिणाम वैदेशिक रोजगार व्यावसायीहरूको पक्षमा आएको बताए । त्यस्तै, कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यावसायी एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले २०औँ वर्षपछि संघको प्रतिनिधि महासंघमा पुग्नु आफैँ कोशेढुंगा भएको बताएका छन् । उनले अब वैदेशिक रोजगार व्यावसायलाई मर्यादित बनाउन लाग्नुपर्ने बताउँदै वैदेशिक रोजगार व्यावसायीहरूको पीर, मर्कालाई महासंघमा लगेर यसलाई समाधानका लागि महासंघले पनि पहल गर्नुपर्ने बताए । खासगरी अहिलेको वार्षिक सय जना श्रमिकलाई वैदेशिक रोजगारमा पठाउनै पर्ने बाध्यात्मक अवस्था हटाउन महासंघमार्फत पहल गर्न पनि उनले भनेका छन् । कार्यक्रममा समाजका सल्लाहकार तारामणि अर्यालले पनि विष्णु गैरेभन्दा पनि महासंघमा संघले स्थान पाएको भन्दै अब वैदेशिक रोजगारको मुद्दालाई महासंघले पनि बोक्नुपर्ने बताएका छन् । लामो प्रयासपश्चात महासंघमा संघका प्रतिनिधि पुगेकाले अब आमव्यावसायीहरूमाथि लादिएका कतिपय अनावश्यक झन्झट हटाउनका लागि महासंघमार्फत पनि पहल गरिदिन संघका प्रतिनिधिले पूर्णतः प्रयास गर्ने आसा व्यक्त गरेका छन् । कार्यक्रममा समाजका अध्यक्ष खेम पौडेलले संघको तर्फबाट प्रतिनिधि महासंघमा जानु वैदेशिक रोजगार व्यावसायीहरूको ठूलो उपलब्धि भएको बताएका छन् । हिजो व्यावसायीले आन्दोलन गर्नु परेको अवस्थामा एक्लै हुने हुनाले आन्दोलनले कुनै दिशा लिन नसकेको तर अब संघको प्रतिनिधिले भने व्यावसायीको मुद्दालाई सम्बन्धित निकायसम्म पु¥याउने बताए । उनले खासगरी संकटको बेला व्यावसायीहरूको धरौटीलाई निब्र्याज व्यावसायीलाई नै निश्चित समयसम्म फिर्ता गर्ने विगतको चलनलाई यसपटक पनि अघि बढाउन उनले गैरेमार्फत महासंघले पनि पहल गरिदिनका लागि अनुरोध गरेका छन् । कोरोना महामारीले ९ महिनासम्म वैदेशिक रोजगार ठप्प हुँदा व्यावसायी अत्यन्तै मर्कामा परेकाले अब निश्चित समयसम्मका लागि व्यावसायीहरूले आफ्ना धरौटी फिर्ता पाउनुपर्ने बताए । पछिल्लो समय अनाधिकृत रूपबाट भिजिट भिसाका नाममा केही गलत व्यक्तिहरूबाट अहिले मध्यपूर्व पठाउने गरिएको र यस्तो गलत काम भइरँख्दा कालान्तरमा यसको दोष वैदेशिक रोजगार व्यावसायीले नै बोक्नुपर्ने भएकाले यसलाई रोक्नका लागि संघले कदम चालिहाल्नुपर्ने बताए । यसअघि कार्यक्रममा स्वागत भाषण गर्दै समाजका सचिव सक्ताबहादुर गुरुङले महासंघको वस्तुगततर्फ नवनिर्वाचित सदस्य गैरेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनले संघमा नेपाली कांग्रेस समर्थकहरूले पूर्ण विजय हासिल गर्नु र सोही कार्यसमितिका अध्यक्षले महासंघको सदस्य निर्वाचित हुनु आफैँ खुसीको कुरा भएका बताएका छन् । उनले अब वैदेशिक रोजगार व्यावसायीको समस्याका बारेमा अध्यक्ष गैरे जानकार भएकाले अब समस्या समाधान गर्न आजदेखि नै लबिङ थाल्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP