Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतार अन्तर्वार्ता काण्डः काठमाडौंदेखि सिलगुढीसम्म
कतार अन्तर्वार्ता काण्डः काठमाडौंदेखि सिलगुढीसम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १७, २०७७
Hardik health
काठमाडौं– सरकारको स्विकृतिबिना गोप्य रुपमा कतार प्रहरीमा भर्ति गरिदिने गिरोहको सञ्जाल काठमाडौंपछि भारतको सिलगुढीमा पुगेको सूचना बाहिरिएको छ । एक हप्ताअघि स्विकृतिबिना कतार प्रहरीका लागि भनी गोप्य रुपमा अन्तर्वार्ता लिँदै गरेको अवस्थामा भेटिएपछि उनीहरुलाई वैदेशिक रोजगार विभागले रोक्दै म्यानपावर कम्पनीलाई कारबाही गरेपछि तिनै गिरोहको सञ्जालले सिलगुढीमा धमाधम अन्तर्वार्ताको काम लिइरहेको गोप्य सूचना प्राप्त भएको छ । स्रोतका अनुसार काठमाडौंमा कामदारको अन्तर्वार्ता लिँदा पक्राउ पर्ने डर भएपछि सिलगुढीमा बोलाएर गोप्य रुपमा लिइरहेको छ । ‘यसमा सरकारी तहबाट नै पक्षपोषण छ । सरकारी तहको साथबिना यो काम सम्भव छैन । जबकि कोभिड–१९ का कारण देखाई सेटिङ मिलाएर काठमाडौंबाट सिलगुढी सारिएको हो,’ स्रोत बताउँछ । यसैगरी यही गिरोहको एकथरि सञ्जालले सप्तरी, सिराह र चितवनमा कतारबाटै मान्छे बोलाएर धमाधम अन्तर्वार्ता लिइरहेको स्रोतले बताएको छ । यस विषयमा म्यानपावर व्यवसायीले जानकारी दिए पनि त्यसबारे भरपर्दो जानकारी नआउँदा अहिले वैदेशिक रोजगार विभाग पनि अन्योलमा देखिन्छ । ‘सत्ता, शक्ति र पहुँच भएपछि कस्को केही नलाग्ने रहेछ । इजाजतप्राप्त ८ सय ५४ म्यानपावर कम्पनीलाई गुमनाम बनाएर केही कम्पनीले रजाइँ गरेका छन् । उनीहरुलाई मन्त्री र डिजी सा’बको ग्रिन सिग्नल पक्कै छ । नत्र त्यस्तो काम सम्भव नै छैन,’ एक म्यानपावर कम्पनीका सञ्चालकले बताएका छन् । शुक्रबार कतार प्रहरीका लागि गोप्य रुपमा अन्तर्वार्ता लिने तीन वटैलाई ६ महिनाका लागि निलम्बनसहित विभागले सम्पूर्ण कारोबार रोक्का गरिदिएको छ । तर, यी सबै गतिविधिहरु मन्त्री, डिजी र म्यानपावर व्यवसायीको मिलेमतोमा रचिएको पनि स्रोत बताउँछ । तीन म्यानपावरले मान्छे बोलाएर अन्तर्वार्ता लिएको सूचना बाहिरिएपछि विभागले बाध्य भई छापा मार्न लगाएको पनि स्रोतको आरोप छ । यदि, तीन म्यानपावर कम्पनीमा छापा मार्न नपठाएको भए विभाग आफैँ समस्यामा फस्ने भएपछि बाहिरको अबस्था साम्य बनाउन बनाउन पनि बाध्य भएर विभागले टोली पठाएर छापा मार्न लगाएजस्तो गरेको स्रोतको दाबी छ । भन्नलाई अनेकथरी भन्छन्ः महानिर्देशक दाहाल यस विषयमा मंगलबार प्रभाव दैनिकले विभागका महानिर्देशक कुमारप्रसाद दाहालसँग कुराकानी गर्दा मान्छेले भन्नलाई त अनेकथरी भन्ने उनले बताएका छन् । उनले हाँस्दै भने, ‘मलाई पनि एक जना म्यानपावर व्यवसायी साथीले सिलगुढीमा अन्तर्वार्ता लिइँदै छ भन्नुभएको थियो । मान्छेले भन्नलाई के के भन्छन् । सिलगुढीमा अन्तर्वार्ता लिन उम्मेदवार त्यहाँ कसरी जान्छन् ? छान्नेले पनि सिलगुढीमा मान्छे कसरी छान्छ । अब सिलगुढीमै मान्छे छान्ने काम भइरहेको छ भने हाम्रो के लाग्छ र !’ उनले भने, ‘उडाउने, लैजाने कहाँबाट हो ? यो सुनेर मलाई त अलिकति हाँसो पनि उठ्यो । यद्यपि, यस्ता विषयमा मलाई केही पनि थाहा छैन जबकि यस्ता गतिविधिहरुको सम्पूर्ण जिम्मेवारी मैले नै लिन्छु । कानुनबमोजिम कारबाहीलगायत गतिविधिमा मैले नै एक्सन चलाउने हो । त्यसैले बजारमा मेरो विषयमा के के चर्चा हुन्छ मलाई सुन्ने फुर्सद छैन ।’ विभागकै सक्रियतामा म्यानपावर व्यवसायीहरुले यस्ता गतिविधिहरु गरिरहेको भन्ने छ त भन्ने प्रश्नमा बजारमा विभिन्न स्वार्थले चलेका मान्छेहरुको रहेको उनले बताए । ‘कोही डिजीको ब्याक बाइटिङ गर्न पाए हुन्थ्यो त कोहीलाई अरु नै । यी अनेक खालका इन्ट्रेस्टहरु हुन्छन् । त्यसैले यस्ता विषयमा मलाई कुनै जानकारी नै छैन, उनले भने, ‘यदि इमान्दारपूर्वक काम गर्दैगर्दा ममाथि त्यस्तो प्रश्न उठ्यो भने सोध्न पाउनुहुनेछ ।’ यदि गिरोहले सिलगुढीमा गुपचुप अन्तर्वार्ता लिए त्यहाँ जिल्ला प्रशासनले केही गर्न नसक्ने, कानुनले पनि समाउन नसक्ने र त्यहाँ सरकारको पहुँचै नपुग्ने महानिर्देशक दाहालले बताएका छन् । साथै, त्यस्तो खालको सूचना पाएर बलजफ्ती गरेर सिलगुढी छिर्ने जो कोहीलाई भारत सरकारले पक्रने पनि उनले बताए । ३ म्यानपावरलाई ६ महिनाका लागि निलम्बन एस.ओ. एस, डि.डि. ह्युमन रिसोर्स र होप इन्टरनेसनललाई वैदेशिक रोजगार ऐनविपरीत काम गरेको भेटिएकाले ऐनको दफा ६१ को उपदफा ७ बमोजिम ६ महिनाका लागि शुक्रबार तीनै कम्पनीको सम्पूर्ण कामकारबाही विभागले निलम्बन गरेको छ । विभागका शाखा अधिकृत तीर्थराज कट्टेलले तीन वटै म्यानपावरलाई इमेलमार्फत पत्र काटेर ६ महिनासम्म कुनै काम, कारबाही गर्न नपाउने भनेका छन् । साथै, अब तीन वटै कम्पनीले ६ महिनासम्म कुनै गतिविधि गर्न नपाउने महानिर्देशक दाहालको भनाइ छ । दाहाललाई भेट्न पुगे एस.ओ.एस.का खड्का कम्पनी ६ महिनाका लागि निलम्बन परेसँगै एस.ओ.एस म्यानपावरका सञ्चालक भरत खड्का आफूलाई भेट्न सोमबार दिउँसो आएको विभागका महानिर्देशक दाहालले कुराकानीका बीचमा भनेका छन् । पत्रमा जे उल्लेख छ, त्यहिबमोजिम कारबाहीको भागीदार बन्नुपर्ने भनेर विभागले फर्काएको पनि महानिर्देशक दाहालले बताए । साथै, खड्कासँग आफ्नो व्यक्तिगत रुपमा भेटघाट नभएको पनि उनले भने । बिरामी भएकाले केही बुझेको छैनः अध्यक्ष गुरुङ एस.ओ.एस म्यानपावरका अध्यक्ष हेमबहादुर गुरुङले आफू बिरामी भएकाले बास्तवमा के भएको भन्नेबारे थाहा नभएको प्रभाव दैनिकसँगको कुराकानीमा बताएका छन् । विभागले कारोबार रोक्का गरेको भन्ने खबर पाए पनि खास के कारणले हो भन्ने स्पष्ट खबर नपाएको उनले बताए । उनले भने, ‘म बिरामी भएकाले खास किन यस्तो भयो भने अनभिज्ञ छु । यस विषयमा थप बुझ्न मेरो कम्पनीको पार्टनर भरत खड्कालाई विभागमा पठाएको छु । उहाँसँग नै थप कुरा बुझ्नोस् न है ।’ अध्यक्ष गुरुङसँगको कुराकानीका क्रममा सरकारी तवरबाटै तपाईहरुलाई आँट भरोसा दिइएको भन्ने छ नि भनेर प्रश्न गर्दा यस विषयमा आफू केही जानकार नरहेको उनले बताए । यस विषयमा आफैँ विभागमा गएर डिजीसँग कुराकानी गर्ने पनि उनले बताए । उता म्यानपावर व्यवसायीहरुको साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसयी संघले भने यस विषयमा आधिकारिक जानकारी नभएको जनाएको छ । संघका सचिव मेघनाथ भुर्तेलले संघलाई हालसम्म यस विषयमा सूचना नआएको र कसैले ऐनविपरीत कार्य गरेको पाइएको खण्डमा कारबाहीको भागीदार हुनुपर्ने बताए । ८ सय ५४ म्यानपावर व्यवसायीको हितविपरीत काम गर्नेमाथि कानुनबमोजिम सजाय दिइनुपर्ने उनले बताएका छन् । ऐन, कानुनविपरीत गर्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही गर्न मन्त्रालय, विभागलाई संघले भनिसकेको पनि उनले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  ०४:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP