
काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाल उद्योग बाणिज्य महासंघको वस्तुगततर्फबाट केन्द्रीय सदस्यमा विजयी हासिल नेपाल वैदेशिक रोजगार व्यवसायी संघ नेपालका अध्यक्ष विष्णुप्रसाद गैरेलाई सम्मान गर्दै बधाई कार्यक्रम आयोजना गरेको छ ।
निजी व्यवसायीहरुको छाता संगठनमा म्यानपावर व्यवसायीबाट पहिलोपटक अध्यक्ष गैरेले वस्तुगत संघतर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । अध्यक्ष गैरे नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन् ।
एसोसियसनका महासचिव भवानी निरौलाले सञ्चालन गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गैरेले आफ्नो कार्यकालमा म्यानपावर व्यवसायलाई थप उचाइँमा पु¥याउने उनले बताएका छन् । महासंघमा वैदेशिक रोजगार क्षेत्रको उपस्थितसँगै संघ अझ सशक्त रुपमा मजबुत भएको उनले बताए । कार्यक्रममा संघ र एसोसियसनका कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।