Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तीन म्यानपावर कम्पनीलाई स्पष्टीकरण सोध्न माग
तीन म्यानपावर कम्पनीलाई स्पष्टीकरण सोध्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०७७
Hardik health
काठमाडौं– म्यानपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारको स्विकृतिबिना कतार पुलिसका लागि गोप्य रुपमा अन्तर्वार्ता लिने तीन म्यानपावरसँग स्पष्टीकरण सोध्न माग गरेको छ । बुधबार संघका कार्यसमिति तथा विभिन्न संघमा आबद्ध म्यानपावर व्यवसायीहरुले एस.ओ.एस म्यानपावर, डि.डि. ह्युमन रिसोर्स र होप इन्टरनेसनललाई स्पष्टीरण सोध्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागसँग माग गरेका हुन् । बुधबार जारी गरिएको प्रेस विज्ञप्तिको १ नम्बर बुँदामा कतारको सिन्डिकेटको बारेमा छानबिन गर्न र गैरकानुनी ढंगले गोप्य रुपले अन्तरर्बार्ता लिने ती कम्पनीहरुमाथि कडा कारबाही गर्न माग पनि माग गरिएको छ । यसैगरी २ नम्बर बुँदामा विभागले छापा मार्ने क्रममा कतार दूतावासको सवारीसाधन प्रयोग गरिएको पाइएको हुँदा सो सम्बन्धमा परराष्ट्र मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोगमार्फत कतारी मानवअधिकार आयोगमा पत्राचार गरी बुझ्न पनि माग गरिएको विज्ञप्तिमा उल्लेख छ । गत सोमबार र मंगलबार स्विकृतिबिना कतार पुलिसका लागि भनी गोप्य रुपमा अन्तर्वार्ता लिँदै गरेको अवस्थामा एस.ओ.एस म्यानपावर, डि.डि ह्युमन रिसोर्स र होप इन्टरनेसनलमा विभागले छापा मारेको थियो । त्यसलगत्तै बुधबार दिउँसो बसेको संघमा बसेको म्यानपावर व्यवसायीको आकस्मिक भेलाले स्विकृतिबिना अन्तर्वार्ता लिने कम्पनीमाथि छानबिन गर्न, स्पष्टीकरण सोध्न तथा आवश्यक कारबाहीका लागि माग गर्ने निर्णय गरेको संघका सचिव मेघनाथ भुर्तेलले जानकारी दिएका छन् । सचिव भुर्तेलका अनुसार ८ सय ५४ म्यानपावर व्यवसायीमाथि घात गर्ने जुनसुकै व्यवसायीलाई कानुनी दायरामा ल्याइने र आवश्यक कारबाही गरिनेछ । ‘हावा नआई पात हल्लिँदैन । यसकारण यस्तो अवस्थामा म्यानपावर व्यवसायीहरु चुप लागेर बस्ने अवस्था छैन,’ उनले भने, ‘८ सय ५४ म्यानपावर व्यवसायीमाथि घात गर्नेलाई कानुनी दायरा र आवश्यक कारबाही गरि छाडिनेछ ।’ गैरकानुनी काम गरिएको छैन– अध्यक्ष गुरुङ बुधबार प्रभाव दैनिकसँगको कुराकानीमा एस.ओ. एस म्यानपावरका सञ्चालक तथा कतार भिसा सेन्टर (क्युभिसी) का अध्यक्ष हेमबहादुर गुरुङले भने सोमबार विभागले कार्यालयमा छापा मारे पनि आफूहरुले कुनै पनि गैरकानुनी काम नगरेको बताएका छन् । कतार रोजगारका लागि भनेर युवाहरु भने कार्यालयमा लाइनबद्ध भएको तर कार्यलयबाट तत्काल कामका लागि पठाउन सरकारले अनुमति नदिएको भनेर जानकारी गराइरहेको बेला विभागले छापा मारेको उनले बताए । बाहिर कार्यालय बन्द र कार्यालयको कारोबार बन्द भएको भन्ने हल्ला मात्र चलेको पनि उनले बताएका छन् । ‘सोमबार विभागले कार्यालयमा एक्कासि छापा मारेको हो तर, कार्यालय बन्द र कारोबारमा कुनै पनि बन्देज भएको छैन,’ उनले भने, ‘र, विभागले हामीबाट त्यस्तो कुनै फायलहरु पनि जफत गरेको छैन ।’ उनका अनुसार सँगै काम गर्ने कार्यालय साथीको बुबाको देहान्तले बुधबार कार्यालय बन्द गरिएको हो । बिहीबारदेखि पुनः कार्यालय खुला हुने पनि उनले बताएका छन् । साथै, कतार सिन्डिकेटको विषयमा यसअघि नै संघलाई आफू सिन्डिकेटविरुद्ध रहेको उनले स्पष्टीकरण दिएका छन् । उनीसँगै डि.डि र होप इन्टरनेसनल म्यानपावर कम्पनीले पनि आफूहरु उक्त सिन्डिकेटविरुद्ध रहेको मौखिक रुपमा भनेका छन् । यद्यपि, लिखित रुपमा संघ र सरकारलाई दिए÷नदिएको भन्ने विषयमा बताइएको छैन । धमाधम छापा मार्दै विभाग उता, विभागले भने ३ म्यानपावर व्यवसायीले कतार रोजगारीका लागि कागजातहरु मिलाउँदै गरेको अवस्थामा फेला पारेपछि अन्य म्यानपावर कम्पनीमाथिको छापा तीव्र बनाएको छ । सोमबार सुटुक्कै कतार कामदार पठाउन भनी कागजात मिलाउँदै गरेको अवस्थामा ३ म्यानपावरलाई भेट्टाएपछि थप अनुसन्धानसँगै छापा मार्ने काम थालिएको विभागले जनाएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार सोमबार एस.ओ.एस, डि.डि. र होप इन्टरनेसनल कम्पनीले कतार कामदार पठाउन भनी कागजातहरु मिलाउँदै गर्दा छापा मारिएको हो । उनले भने, ‘हामीले पत्याएको थिएनौँ तर, सोमबार अप्रत्यासित रुपमा ३ म्यानपावर व्यवसायीहरुले कतार कामदार पठाउन भनी कागजातहरु मिलाइरहेको अवस्थामा हामीले छापा मारेका हौँ ।’ यसैगरी बुधबार सामाखुसीस्थित शिखर म्यानपावरले गोप्य रुपमा कतार कामदार पठाउन लागेको भनेर सूचना पाएपछि विभागले छापा मारे पनि त्यस्तो खालको कुनै पनि कागजातहरु फेला नपरेको उनले बताएका छन् । यसअघि १६ म्यानपावर व्यवसायीहरुले सुटुक्कै कतार कामदार पठाउन लागेको भन्ने हावा फैलाइएको भनिए पनि अहिले त्यो साँचो हो कि भन्ने प्रमाणहरु फेला पर्न थालेको पनि उनले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  ०४:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP