Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • १६ म्यानपावर व्यवसायीसँग संघ रुष्ट, प्रतिबद्धता पत्र माग
१६ म्यानपावर व्यवसायीसँग संघ रुष्ट, प्रतिबद्धता पत्र माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २४, २०७७
Hardik health
काठमाडौं– म्यानपावर व्यवसायीका साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १६ म्यानपावर व्यवसायीसँग प्रतिबद्धता पत्र पठाउन माग गरेको छ । बिहीबार ८ सय ५४ व्यवसायीलाई पाखा लगाएर १६ म्यानपावर व्यवसायीले मात्र कामदार कतार पठाउन पाउने भन्ने सूचना साँचो वा झूठो के हो भन्ने विषयमा यथार्थ प्रतिबद्धता पत्र पठाउन संघले माग गरेको हो । संघका सचिव मेघनाथ भुर्तेलका अनुसार नाम प्रकाशन भएकाहरूले संस्थाको लेटर हेडमा वास्तविकता के हो भनेर प्रतिवद्धता पत्र लेखेर संघलाई पठाउन माग गरिएको छ । उनले भने, ‘बिहीबार कतार कामदार पठाउने अनुमति पाएका भनिएका १६ म्यानपावर व्यवसायीलार्य वास्तविकता के हो भनेर पत्र काटिएको छ । जसमध्ये हालसम्म ३ जनाले वास्तविकताबारे स्पष्ट पार्दै प्रतिबद्धता पत्र पठाइसक्नुभएको छ ।’ संघले १६ जना सबैलाई व्यक्तिगत रूपमा सम्पर्क गर्दा नाम प्रकाशन भएका व्यवसायीहरूले त्यसमा आफूहरूको संलग्नता नरहेको र चरित्र हत्या गर्न खोजिएको बताएको सचिव भुर्तेलले बताएका छन् । आफ्नो चरित्र हत्या गरिएको भन्दै कतार भिसा सेन्टर (क्युभिसी) का सञ्चालक तथा एसओएसका म्यानपावर व्यवसायी हेम गुरुङ, व्यवसायी महेन्द्र चौलागाई“ र व्यवसायी वाइबी राईले संघमा प्रतिबद्धता पठाइसकेको पनि उनले बताए । ‘सिन्डिकेट’ निम्ताएर सुटुक्कै कतार कामदार पठाउन आफूहरूको कुनै संलग्नता नरहेको र चरित्रहत्या गर्न खोजिएको भन्दै सिन्डिकेट निम्ताउनेविरुद्ध आफूहरू सधै“ रहेको उनीहरूले संघलाई पठाएको प्रतिबद्धता पत्रमा उल्लेख भएको सचिव भुर्तेलले जानकारी दिएका छन् । साथै, उनीहरूले बाहिर अनर्गल रूपमा आफूहरूबारे नकारात्मक समाचार फैलाइएकोप्रति दुःख व्यक्त गरेको पनि उनले बताए । सचिव भुर्तेलका अनुसार कामदार जाने सबै देशमा संघले संयोजक तोकेको छ । मलेसियाका लागि भुर्तेल आफैँ संयोजक रहेका छन् भने कतारका लागि प्रथम उपाध्यक्ष, दुबईका लागि द्वितीय उपाध्यक्ष, कुवेतका लागि तृतीय उपाध्यक्ष र साउदीका लागि महासचिव रहने व्यवस्था छ । यसरी हरेक देशमा संयोजक चयन गरिएको छ । कतार कामदार पठाउने सन्दर्भमा प्रभाव दैनिकले थप कुराकानी गर्न खोज्दा संघका प्रथम उपाध्यक्ष कमल तामाङले आफू उपत्यकाबाहिर जाँदै गरेकाले फर्किएपछि कुरा गर्ने बताएका छन् । यद्यपि, नाम प्रकाशन भएका सबै व्यवसायीहरूलाई वास्तविकता के हो भनेर संघमा पठाउन भनिसकेको उनले बताए । यस विषयमा सोमबार ८ सय ५४ व्यवसायीस“ग राय लिएर आन्दोलनमा जाने कि के गर्ने भन्नेमा निक्र्योल हुने सचिव भुर्तेलले बताएका छन् । यसै सन्दर्भमा रहेर वैदेशिक रोजगार व्यवसायीको पनि धारणा प्रस्तुत गरिएको छ । उनीहरू सबैले कतार कामदार पठाउन भिसा दिने सिन्डिकेटविरुद्ध जस्तोसुकै मूल्य चुकाउने बताएका छन् । सिन्डिकेटविरुद्ध उत्रिइन्छ– संयोजक भान्तना प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संयोजक रामप्रसाद भान्तनाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँगेको भेट गरेर यस्तो सिन्डिकेटविरुद्ध उत्रिने भनिएको बताएका छन् । मन्त्री रामेश्वर राय यादवले आफू सिन्डिकेटविरुद्ध रहेको र त्यस्तो काम हुन नदिनेमा विश्वस्त हुन भनेको संयोजक भान्तनाले बताए । साथै, मन्त्री यादवसँगको भेटमा नेपालस्थित कतार दूताबासले यस विषयमा प्रष्ट प्रतिक्रिया दिनुपर्छ भनेर भनिएको संयोजक भान्तनाले बताएका छन् । उनले भने, ‘व्यवसायीको समूह मिल्ने अनि एक व्यवसायीले अर्काे व्यवसायीलाई मर्कामा पार्ने काम जायज होइन । यसमा सरकार मुख्यतः चनाखो नहुँदा समस्या निम्तिएको छ ।’ धरौटी राख्ने कुनै व्यवसायीलाई काखा कसैलाई पाखा गर्न नुहने पनि संयोजक भान्तनाले बताएका छन् । उनका अनुसार पहिला क्युभिसीलाई मन्त्रालयबाट अनुमति दिइएन पछि परराष्ट्र मन्त्रालयबाट अनुमति दिइयो र अहिले क्युभिसीबाटै कतार कामदार पठाउन अनुमति दिने योजना अघि सार्नु व्यवसायीलाई आत्मघाती हो । आन्दोलनमा उत्रिनेछौँ– अध्यक्ष ढकाल नेपाल लोकतान्त्रिक बैदेशिक राजगार व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले संस्था बन्द गरेरै सिन्डिकेटविरुद्ध आन्दोलनमा उत्रिने बताएका छन् । उनले भने, ‘८ सय ५४ संस्थाको लेटर हेडमै यस्तो सिन्डिकेटविरुद्ध एकबद्धता जाहेर गरिनेछ । र, सबै व्यबसायी संस्था बन्द गरेर सिन्डिकेटबिरुद्ध आन्दोलनमा उत्रने छौँ ।’ इजरायलको सन्दर्भमा पनि सरकार एक्लौटी ढंगले अघि बढ्ने र अहिले कोरोना महामारीमा यस्तो सिन्डिकेट लागू गर्न नदिइने अध्यक्ष ढकालले चेतावनी दिएका छन् । टाउको काटेर जेल गइन्छ– अध्यक्ष पाण्डे वैदेशिक रोजगार एकता समाजका अध्यक्ष हरिबहादुर पाण्डेले सिन्डिकेट निम्ताउनेको टाउको काटेर बरु जेल जाने भनी आक्रोश प्रकट गरेका छन् । ८ सय ५४ व्यवसायीमाथि घात गरेर १६ जनाले मात्रै रजाइ गर्न खोजेमा उनीहरूको टाउको काटेर बरु जेल नै जाने उनले बताए । उनले भने, ‘२ करोड, ४ करोड र ६ करोड धरौटी राख्ने व्यवसायीमध्ये १६ जनाले मात्रै कतार पठाउन पाउने ? यदि त्यसो हो भने त्यस्तो व्यक्तिको टाउको काटिनेछ । श्रीमतीले लगाएको छड्के तिलहरी बेचेको पैसा धरौटी राखेर व्यवसायीले संस्था चलाएका छन् । यो हेक्का होस् ।’ साथै, उनले सरकारलाई नालायकपनको संज्ञा दिएका छन् । फ्रि भिसा फ्रि टिकट अनि दश हजारमा पठाउन आदेश दिने सरकार आफैँ दलाली भएर इजरायल कामदार पठाउन खोज्ने सरकारले अहिले आएर वैदेशिक रोजगारीको महत्व बुझेको पनि उनले बताएका छन् । आज वैदेशिक रोजगारी बन्द हुँदा सडकदेखि आकाशमा उडान खाली हु“दा सरकारले चाल पाएको पनि उनले बताए । त्यस्तै, व्यवसायीहरूको छाता संगठन सुतेको पनि उनले आरोप लगाएका छन् । उनले भने, ‘व्यवसायीलाई के भएको छ थाहा संघलाई थाहा छैन । मस्तसँग संघ सुतेको बेला जातको नाममा, धर्मका नाममा खोलेका संस्थाहरू उसैगरी सुतेका छन् । र, बाहिर केही पहु“चवाला व्यवसायीले सरकारलाई फनफनी घुमाइरहेका छन् ।’
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  ०६:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP