Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अलपत्र नेपालीलाई बासस्थान छाड्न दबाब
अलपत्र नेपालीलाई बासस्थान छाड्न दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २९, २०७७
Qatar
Hardik health
दोहा– कोभिड–१९ का कारण ८ महिनादेखि कुवेतस्थित अल राकिब बिल्डिङ जनरल कन्ट्र्याक्टिङ कम्पनीमा अलपत्र परेका २८ नेपाली श्रमिकहरूलाई उनीहरू बसेको बिल्डिङका मालिकले दुई दिनभित्र कोठा खाली गर्न दबाब दिएका छन् । कम्पनीले उपलब्ध गराएको कोठामा बिल्डिङका मालिक विगत चार पाँच दिनदेखि कोठा छाड्न भनिरहेको र सोमबार आएर दुई दिनभित्र कोठा खाली नगरे प्रहरी लगाउने धम्की दिएको अलपत्र परेकामध्ये रोल्पाका प्रकाश मगरले प्रभाव दैनिकलाई जानकारी दिए । ‘यसअघि हामी अलपत्र परेका ३३ जना नेपाली थियौँ, जसमध्ये ५ जना साथीहरूले कम्पनी छाडेर भागिसके, अहिले हामी २८ जना नेपाली अझै उद्धारको पर्खाइमा छौँ,’ उनले भने । कम्पनीले पारिश्रमिक नदिएपछि उनीहरूले यसअघि कुवेतस्थित लेबर कोर्टमा उजुरी गरेका थिए । सोही उजुरी अनुसार कोर्ट कम्पनीका मालिक, कुवेतस्थित नेपालका प्रतिनिधि र पीडित श्रमिकहरूलाई बोलाएर छलफल गरेको थियो । छलफलमा कम्पनीको मालिकले पासपोर्ट तत्काल दिएको र सोमबारभित्रमा सके ३ महिनासम्म काम गरेको पूरै नसके डेढ महिना वा दुई महिनाको पारिश्रमिकसहित हवाइ टिकट उपलब्ध गराउने समजदारी भएको थियो । तर, सोमबार उनीहरूले नेपाली दूताबासमा सम्पर्क गर्दा केस अदालत गएको भन्दै अझै समय लाग्ने र अदालतले फैसला गर्न बाँकी रहेको दूताबासले हामीलाई जानकारी गराएको पीडितहरूले बताएका छन् । पीडितहरूका अनुसार त्यो ३ महिनाको पारिश्रमिक पनि चाहिँदैन, हामीलाई स्वदेश फर्किनका लागि हवाइ टिकट मात्र भए पनि दिलाइदिन पटक–पटक दूताबासलाई आग्रह गरेको भए पनि दूताबासले बेवास्ता गरेको उनीहरूले आरोप लगाएका छन् । पछिल्लो समय पानीको समस्या झेल्दै आएका उनीहरूले अझ बिल्डिङका मालिक आएर कोठा खाली नगरे प्रहरी लगाउने धम्की दिएको कारण आफूहरू थप समस्यामा परेको उनीहरूको भनाइ छ । कोठा खाली नगरे मालिकले प्रहरी लगाउनेबारे दूताबासलाई जानकारी गराएको तथा दूताबासले कुनै पनि हालतमा कोठा नछाड्न र केहि समस्या भए हामीलाई खबर गर्न भनेको उनीहरूले बताए । ८ महिनादेखि विभिन्न संघसंस्थाहरूको सहारामा बसिरहेको बताउँदै उनीहरूले जतिसक्दो छिटो उद्धार गरिदिन नेपाल सरकारलगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । यता, यसबारे नेपाली दूताबाससँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेन ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ०६:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP