Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एकैदिन ४ सय ५४ जनाले लिए श्रम स्विकृति
एकैदिन ४ सय ५४ जनाले लिए श्रम स्विकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २९, २०७७
Baidaisik
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी टिकामणि न्यौपानेले बुधबार एकैदिन ४ सय ५४ जनाले श्रम स्विकृति लिएको बताएका छन् । बुधबार प्रभाव दैनिकसँगको कुराकानीमा कोभिड–१९ को महामारीका बीचमा पनि श्रम तथा रोजगार कार्यालय, काठमाडौंलगायत कार्यालयहरूबाट एकैदिन ४ सय २५ पुरुष र २९ महिला गरी ४ सय ५४ जनाले श्रम स्विकृति लिएको उनले बताए । सूचना अधिकारी न्यौपानेका अनुसार बुधबार सबैभन्दा बढी साउदी अरबका लागि १ सय ६६ जनाले श्रम स्विकृति लिएका छन् । श्रम स्विकृति लिनेमध्ये सबै जना पुरुष रहेका छन् । साउद अरबपछि कतारका लागि १ सय २६ जनाले श्रम स्विकृति लिएको उनले बताए । वैदेशिक रोजगार कार्यालय काठमाडौंले दिएको जानकारी अनुसार कतारपछि युएईका लागि ९० जनाले श्रम स्विकृति लिएको सूचना अधिकारी न्यौपानले बताएका छन् । जसअन्तर्गत ८० जना पुरुष र १० जना महिला रहेका छन् । यसैगरी युएईपछि क्रोएसियाका लागि १ पुरुष र ९ महिला गरी १० जनाले, कुवेतका लागि ९ जना पुरुषले, माल्दिभ्सका लागि ६ जना पुरुष र ३ जना महिला गरी ९ जनाले, युक्रेनका लागि ७ जना पुरुषले र बहराइनका लागि ७ जना पुरुषले श्रम स्विकृति लिएको उनले बताए । जापानका लागि ४ जना पुरुष र १ जना महिला, ओमानका लागि ५ जना पुरुष, रोमानियाका लागि ५ जना पुरुष, टर्कीका लागि ३ जना महिला र १ जना पुरुषले लिएका छन् । यस्तै, नेदरल्यान्ड्सका लागि २ जना पुरुष र १ जना महिला, पोल्यान्डका लागि २ जना पुरुष, अस्ट्रेलियाका लागि १ जना पुरुष, मलेसियाका लागि १ जना पुरुष, श्रीलंकाका लागि १ जना पुरुष, ताजिकिस्तानका लागि १ जना पुरुष र जाम्बियाका लागि १ जना पुरुषले श्रम स्विकृति लिएको उनले बताए । २६ असोज सोमबारका दिन पनि एकैदिन ४ सय ७७ जनाले श्रम स्विकृति लिएको सूचना अधिकारी न्यौपानेले बताएका छन् । सोमबार ४ सय ६० पुरुष र १७ जना महिलाले श्रम स्विकृति लिएको उनले बताए । दैनिक रूपमा श्रम स्विकृति लिनेको विवरण सार्वजनिक गर्नुपर्ने भनिए पनि विभिन्न समस्याका कारण उक्त कार्य गर्न नसकिएको पनि उनले बताएका छन् । उनले भने, ‘केही समयसम्म हामीले दैनिक रूपमै श्रम स्विकृति लिनेहरूको विवरण सार्वजनिक गर्दै आएका थियौँ तर, अहिले विविध कारणवश त्यो गर्न सकिरहेका छैनौँ ।’ साथै, कोभिड–१९ पनि हालसम्म कति जनाले नयाँ, पुनः तथा वैधानिकीकरणतर्फ श्रम स्विकृति लिए भन्ने विषयमा विवरण संकलन गरिएको तर, सार्वजनिक नगरिएको पनि बताएका छन् । केही दिनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत समग्र श्रम स्विकृति लिनेहरूको विवरण सार्वजनिक गरिने पनि उनले बताए । उता, मन्त्रालयको साप्ताहिक प्रगति विवरणअनुसार हालसम्म ८ हजार ७ सय ९९ जनाले श्रम स्विकृति लिएको देखिन्छ । जसअन्तर्गत पुनः श्रम स्विकृतितर्फ ७ हजार ८ सय ३९, नयाँ श्रम स्विकृतितर्फ ५ सय १४ र वैधानिकीकरणतर्फ ४ सय ४६ जनाले श्रम स्विकृति लिएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ०४:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP