Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘म्यानपावर कम्पनीबारे टिप्पणी गर्न गाह्रो’
‘म्यानपावर कम्पनीबारे टिप्पणी गर्न गाह्रो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २८, २०७७
rajan_P_shrestha
Hardik health
काठमाडौं– वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) कुन राम्रो र कुन नराम्रो भनेर छुट्टयाउनु गाह्रो भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर (एमआरए) विषयक कार्यक्रममा बोल्दै राम्रो÷नराम्रो म्यानपावर कम्पनी छुट्टयाउन गाह्रो रहेको र यसका लागि पूर्वप्रस्थान अभिमुखीकरण तालिम सहयोगी हुने उनले बताए । अहिलेको अवस्थामा कुन म्यानपावर व्यवसायी राम्रा÷नराम्रो भनेर छुट्टयाउनका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्न आवश्यक रहेको र उक्त कार्यमा आफू तयार रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् । साथै, रोजगारीका लागि नेपाली श्रमिक जाने मुलुकहरूलाई त्यहाँको श्रम कानुन, सामाजिक सुरक्षामा विदेशी श्रमिकको संलग्नतालगायत आधारमा बर्गीकरण गर्नु उचित हुने भन्दै नेपाली आप्रवासी श्रमिकको सामाजिक सुरक्षामा संलग्नताका विषयमा ट्रेड युनियनहरूले भूमिका खेल्न उनले आग्रह गरे । मलेसियाले सामाजिक सुरक्षा कार्यक्रम (सोक्सो) मा विदेशी श्रमिकलाई सहभागी गराउन थालिसकेको र हालसम्म १ लाख २५ हजार नेपाली श्रमिक त्यसमा सहभागी भएको जानकारी पनि उनले दिएका छन् । उनका अनुसार रोजगारदाताले मात्र रकम तिर्नुपर्ने सो कार्यक्रमबाट श्रमिकले राम्रो लाभ प्राप्त गर्न सक्नेछन् । कोभिड–१९ को महामारीका कारण नेपाल फर्किने श्रमिकको संख्या ठूलो हुने देखिए पनि केही समयको अन्तरालमा पुरानै परिस्थितिमा फर्किने धारणा पनि उनले राखेका छन् । यद्यपि, हालसम्म विदेशमा अलपत्र परेको नेपाली श्रमिकलाई स्वदेश फर्काउन विभिन्न जिम्मेवार निकायबीच नै प्रभावकारी समन्वय हुन नसक्नुमा उनले गुनासो प्रकट गरे । यसै सन्दर्भमा ट्रेड युनियन, सरकार, गैरसरकारी संघसंस्था र नीजि क्षेत्रबीच प्रभावकारी समन्वय हुनुपर्ने जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले बताएका छन् । वैदेशिक रोजगार, गैरसरकारी निकायलगायतलाई हेर्ने जिफन्टको दृष्टिकोण फरक भए पनि त्यसमा परिवर्तन भइसकेकाका कारण यस सवालमा सरकारी र निजी पक्षको समन्वय प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए । जिफन्टले हङकङबाट सुरु गरेको प्रवासको कामलाई व्यवस्थित रूपमा अगाडि बढाइएको बताउँदै जुन देशमा नेपाली श्रमिक काम गर्छन्, त्यही मुलकमा रहेको स्थानीय ट्रेड युनियनको सदस्य बनाउने र उनीहरूलाई अधिकार दिलाउने मोडालिटी अपनाइएको पनि उनले बताएका छन् । उनले भने, ‘जहाँ समस्या हुन्छ, त्यसको समाधान पनि हुन्छ र जहाँ चुनौति छ त्यहाँ सम्भावना पनि हुन्छ ।’ प्रवासी श्रमिकको अधिकारका लागि हातेमालो गरेर अगाडि बढ्नुको विकल्प नभएको पनि उनले बताए । कार्यक्रममा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम) का अध्यक्ष अशोक रानाले समस्या मात्र खोज्ने नभई समस्याको समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका छन् । साथै, आप्रवासी श्रमिकका पक्षमा सबै सम्बद्ध निकाय एक हुन जरुरी रहेको उनले बताए । सन् २०१६ देखि आइटियुसी र जिफन्टको सहकार्यमा सञ्चालित माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर (एमआरए) लाई अझ प्रभावकारी बनाउन विभिन्न पक्षहरूसँग धेरैपटक छलफलहरू आयोजना गरिसकिएको जिफन्ट महासचिव जनक चौधरीले जानकारी दिएका छन् । त्यस्तै, पिपुल फोरमका अधिवक्ता कृष्ण न्यौपाने, प्रवासी नेपाली समन्वय समितिका निर्देशक सोमप्रसाद लामिछाने, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) का दुर्गाप्रसाद खतिवडा, नेपाल ट्रेड यूनियन कांग्रेसको माइग्रेन्ट कमिटीका सचिव लक्ष्मण अधिकारी, नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध काउनका महासचिव प्रदीप आचार्य, नेपाल स्वतन्त्र यातायात व्यवसायी महासंघका अध्यक्ष भीम ज्वाला राई, क्युपेक नेपालका महासचिव गोपाल कार्कीलगायतले आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव दिएका छन् । वैदेशिक रोजगारलाई मर्यादित तथा सुरक्षित बनाउन अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले विभिन्न देशका ट्रेड युनियनहरूसँगको सहकार्यमा माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  ०४:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP