Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • फर्किए ४८ हजार ८ सय नेपाली श्रमिक
फर्किए ४८ हजार ८ सय नेपाली श्रमिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ३०, २०७७
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशबाट ४८ हजार ८ सय ६५ नेपाली श्रमिक फर्किएको जनाएको छ । शुक्रबार साप्ताहिक प्रगति विवरण सार्वजनिक गर्दै १५ भदौसम्म ४३ हजार ८ सय ८७ र २१ भदौदेखि २६ सम्म ४ हजार ९ सय ७८ गरि हालसम्म ४८ हजार ८ सय ६५ नेपाली श्रमिक फर्र्किएको मन्त्रालयले जनाएको हो । विदेशमा कोभिड–१९ को संक्रमण बढेपछि १५ भदौसम्म १ लाख २५ हजार ९ सय ६० नेपाली श्रमिकले फर्कनका लागि निवेदन दिए पनि ४३ हजार ८ सय ८७ को मात्र उद्धार गरिएको मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले बताएका छन् । उनका अनुसार २१ भदौदेखि २५ सम्म ७ हजार ५ सय २५ श्रमिकले फर्कनका लागि निवेदन दिए पनि ४ हजार ९ सय ७८ श्रमिकको उद्धार गरिएको छ । फर्किएका श्रमिकमध्ये प्रायजसो सबै आफ्नै खर्चमा स्वदेश फर्किएका र केहीलाई सरकारी खर्चमा पनि उद्धार गरिएको प्रवक्ता पाण्डेले बताएका छन् । श्रमिकको आफ्नै खर्च र सरकारको खर्चमार्फत कति श्रमिक फर्किए भन्ने प्रश्नमा यकिन विवरण संकलन भइनसकेको उनले बताए । उनका अनुसार हाल विदेशमा कति नेपाली श्रमिक कार्यरत छन् भन्ने विषयमा मन्त्रालयसँग यकिन तथ्यांक छैन । ६९ जनाले लिए नयाँ श्रम स्विकृति नयाँ श्रम स्विकृतितर्फ अघिल्लो सातासम्म व्यक्तिगत तथा संस्थागत रूपमा कुनै निवेदन नआएको तर, यस साता ६९ जनाले विदेश जानका लागि श्रम स्विकृति लिएको मन्त्रालयले जनाएको छ । कोरियन भाषा परीक्षा ई.पी.एस.तर्फ भने कुनै श्रम स्विकृति प्रदान नगरिएको पनि मन्त्रालयले जनाएको छ । मृतकका परिवारलाई राहत अघिल्लो हप्तासम्म वैदेशिक रोजगारीमा मृत्यु भएका ९४ मृतकका परिवारलाई ६ करोड २४ लाख १० हजार (६२४.१ लाख) राहत रकम उपलब्ध गराइएको साप्ताहिक प्रगति विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार अघिल्लो हप्तासम्म वैदेशिक रोजगारीका सिलसिलामा अशक्त भएका १३ कामदारलाई ६७ लाख ६० हजार राहत दिइएको छ । यस्तै, अघिल्लो हप्तासम्म वैदेशिक रोजगारीमा मृत्यु भएका १ सय २६ कामदारको शव व्यवस्थापनका लागि १८ लाख २० हजार लागेको पनि मन्त्रालयले जनाएको छ । साथै, २० जना कामदारको शव व्यवस्थापन गर्नलाई यस महिनाको अन्तिममा रकम भुक्तानी गरिने पनि मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  ०४:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP