Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • १८ जनाले लिए नयाँ श्रम स्विकृति
१८ जनाले लिए नयाँ श्रम स्विकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २६, २०७७
Hardik health
काठमाडौं– सरकारले बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा हटाएसँगै श्रम कार्यालय खुला गरेर १८ जनालाई नयाँ श्रम स्विकृति प्रदान गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । कुन कुन देशका लागि नयाँ श्रम स्विकृति लिए भन्नेमा श्रम कार्यालयबाट यकिन जानकारी नआएको तर, श्रम स्विकृति लिने १८ जना सबै पुरुष रहेको विभागका सूचना अधिकारी टिकामणि न्योपानेले बताए । निषेधाज्ञा खुकुलो भएको र अन्तर्राष्ट्रिय उडान तीव्र भएसँगै नयाँ श्रम स्विकृति लिएकाहरू रोजगारीमा जाने पनि उनले बताएका छन् । उनले भने, ‘लकडाउन खुकुलो भएसँगै कार्यालय पनि खुला भएको छ । र, नयाँ श्रम स्विकृति लिएकाहरू पनि अन्तर्राष्ट्रिय तीव्र भएसँगै रोजगारीमा जान पाउने छन् ।’ सूचना अधिकारी न्योपानेका अनुसार पुनः श्रम स्विकृति (रिन्यु) तर्फ ११ चैतदेखि बिहीबारसम्म ६ हजार १ सय १५ जनाले स्विकृति लिएका छन् । पुनः श्रम स्विकृतितर्फ पुरुषतर्फ ८७ र महिलातर्फ ३ जना महिलाले श्रम स्विकृति लिएका छन् । यस्तै, वैधानिकीकरणतर्फ (अध्ययन भिसा, पर्यटन भिसामा पुनः विदेश जान चाहेकाहरू) ५ जना पुरुषले श्रम स्विकृति लिएको उनले बताएका छन् । पुनः श्रम स्विकृतितर्फ ९०, नयाँ श्रम स्विकृतितर्फ १८ जना र वैधानिकीकरणतर्फ ५ जनाले श्रम स्विकृति लिएको उनले बताए । कुन कुन देशतर्फ कति जना श्रमिक जान चाहेका हुन् भन्ने विषयमा विभागमा यकिन विवरण नआएको र संख्या विवरणमात्र आएको उनले बताएका छन् । उता, श्रम रोजगार कार्यालय, ताहाचलले १ भदौदेखि बिहीबारसम्म ९ सय २३ जनाले श्रम स्विकृति लिएको जनाएको छ । ताहाचाल कार्यालयका अनुसार ८ सय ५४ पुरुष र ६९ महिलाले श्रम स्विकृति लिएका छन् । युएईका लागि सबैभन्दा बढी ५ सय ११ जनाले श्रम स्विकृति लिएको ताहाचल कार्यालयले जनाएको छ । ताहाचल कार्यालयका अनुसार युएईका लागि ४ सय ७० पुरुष र ४१ जना महिलाले श्रम स्विकृति लिएका छन् । युएईपछि कतारका लागि १ सय ५५ जना पुरुष र १ महिलाले गरी १ सय ५६ जनाले श्रम स्विकृति लिएको कार्यालयले जनाएको छ । कतारपछि रोमानियाका लागि ४७ जना पुरुष र १ महिला गरी १ सय ४८ जनाले, बहराईनका लागि ३८ पुरुष र ४ महिला गरी ४२ जनाले, ओमानका लागि २९ जना पुरुषले, साउदी अरबका लागि २६ जना पुरुषले, मलेसियाका लागि १९ जना पुरुष र १ जना महिला गरी २० जनाले श्रम स्विकृति लिएको ताहाचल कार्यालयले जनाएको छ । त्यस्तै, माल्दिभ्सका लागि १७ पुरुष र १ महिला गरी १८ जनाले, जापानका लागि १० पुरुष र १ महिलाले, कुवेतका लागि ८ पुरुष र ३ महिला गरी ११ जनाले, साइप्रसका लागि १ जना पुरुष र ७ जना महिला गरी ८ जनाले श्रम स्विकृति लिएको ताहाचल कार्यालयले जनाएको छ । यसैगरी पोल्यान्डका लागि ६ पुरुष र १ महिला गरी ७ जनाले, टर्कीका लागि १ जना पुरुष र ५ जना महिला गरी ६ जनाले, ब्रुनाइका लागि ५ जना पुरुषले, क्यानडाका लागि ३ जना पुरुष र १ जना महिला गरी ४ जनाले, चेक रिपब्लिकाका लागि १ जना पुरुष र २ जना महिला गरी ३ जना र अफगानिस्तानका लागि ३ जना पुरुषले श्रम स्विकृति लिएको ताहाचल कार्यालयले जनाएको छ । सबैभन्दा कम बेल्जियमका लागि १ जना पुरुष, बर्मुडाका १ जना पुरुष, फिनल्यान्डका लागि १ जना पुरुष, मालिका लागि १ जना पुरुष, माल्टाका लागि १ जना पुरुषले श्रम स्विकृति लिएको ताहाचल कार्यालयले जनाएको छ । यस्तै, नाइजेरियाका लागि १ जना पुरुष, सोमालियाका लागि १ जना पुरुष, थाइल्यान्डका लागि १ जना महिला, रसियाका लागि १ जना पुरुष र अमेरिकामा १ जना पुरुषले श्रम स्विकृति लिएको पनि ताहाचल कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  ०७:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP