Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
ममता थापा
ममता थापा मंगलबार, भदौ २, २०८३
  • ६० दिनभित्र माग सम्बोधन गर्ने श्रममन्त्रीको प्रतिबद्धता, संघले स्थगन गर्‍यो संघर्षका कार्यक्रम

काठमाडौं- सरकारको प्रतिबद्धतापछि वैदेशिक रोजगार व्यवसायीको अन्दोलन स्थगित भएको छ । सोमबार सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा मन्त्री रामजी यादव र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिबीच भएको छलफल सहमतिमा पुगेको हो ।

छलफलमा श्रममन्त्री यादवले संघले उठाएका १५ बुँदे माग आगामी ६० दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धतापछि संघर्षका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको संघले जानकारी दिएको छ । संघले सोमबार नै व्यवसायीहरुलाई नियमित काम कारबाहीमा फर्किन आह्वान गर्‍यो ।

नीतिगत सुधारको माग राखेर संघर्षमा उत्रिएको संघले सोमबारदेखि देशभरका म्यानपावर बन्द गरेर सरकारलाई दबाब दिएको थियो । तर, सोमबार ११ बजे भएको छलफल सहमतिमा पुगेपछि म्यानपावर कार्यालयहरु खुलेका थिए ।    सोमबार श्रममन्त्री यादव र संघका प्रतिनिधिबीचको छलफलपछि मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले प्रेस विज्ञप्ति जारी गरी व्यवसायीहरु आन्दोलन स्थगन गरी काममा फर्कने सहमति भएको जानकारी दिएका थिए ।

वैदेशिक रोजगार क्षेत्रलाई यथाशक्य चाँडो सुरक्षित र मर्यादित बनाउन मन्त्रालय र संघको प्रयत्न आवश्यक पर्ने भन्दै आन्दोलनको कार्यक्रम स्थगित गर्ने सहमति भएको विज्ञप्तिमा जनाइएको छ । ‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेका यससँग सम्बन्धित सम्पूर्ण दबाबमूलक कार्यक्रम आजैका मितिबाट अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । 

Hardik health

व्यवसायीले राखेका १५ बुँदे मागका अधिकांश विषयहरु नीतिगत सुधारअन्तर्गत पर्ने भएकाले उक्त विषयहरु वैदेशिक रोजगार ऐन र नियमावली संशोधनको विषयमा समावेश भइसकेको मन्त्रालयले जनाएको छ । साथै, विभागले पनि आवश्यक प्रशासनिक सहजीकरण गर्ने र त्यसरी समाधान नभए व्यवसायीले मन्त्रालयमा पुनरावलोकन दिनसक्ने भनेको छ ।

संघले पनि सोमबार नै विज्ञप्ति जारी गरी सरकारबाट सकारात्मक प्रतिबद्धता प्राप्त भएकोले सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गरिएको जनाउँदै नियमित कामकारबाहीमा फर्किन व्यवसायीहरुलाई आग्रह गरेको थियो । यो व्यवसायीको आन्दोलनको अन्त्य नभई स्थगनमात्र भएको संघका प्रथम उपाध्यक्ष तथा संघर्ष समितिका संयोजक महेशकुमार बस्नेतले बताए । मन्त्रालयमा करिब साढे तीन घण्टा भएको छलफलमा १५ वटै बुँदामाथि छलफल गरेर प्रशासनिक र नीतिगत अप्ठ्याराहरु टुंग्याउने प्रतिबद्धता मन्त्रीस्तरबाट प्राप्त भएकाले त्यसमा विश्वास गर्नुपर्ने उनको भनाइ छ । 

‘हाम्रा सबै मागहरु प्रशासनिक र नीतिगत अप्ठ्याराभित्र पर्छन् । प्रशासनिक असहजतालाई सच्याउन विभागलाई आजकै दिनबाट निर्देशन दिने भनिएको छ,’ उनले भने, ‘नीतिगत सुधारका लागि फास्टट्र्याकबाट ऐन र नियमावली संशोधन गरेर सबै समस्यालाई ६० दिनभित्र सम्बोधन गर्ने भनिएको छ । मन्त्रीस्तरबाट आएको प्रतिबद्धतालाई विश्वास नगरे केलाई विश्वास गर्ने ?’

संघले नीतिगत सुधार र विभागले व्यवसायीमाथि गरेको कारबाही फिर्ता हुनुपर्नेलगायतका माग राख्दै गत साउन २२ गतेदेखि श्रम स्वीकृति नलिने निर्णय गरेको थियो । संघका अनुसार यसबीचमा सरकारको व्यक्त गरेको प्रतिबद्धता अनुसार विभागीय सुधार तथा ऐन नियमावली संशोधनको प्रगतिमाथि निगरानी गरिने छ । तोकिएको समयसीमाभित्र प्रतिबद्धता अनुसार उपलब्धि नभए थप संघर्षका कार्यक्रम अघि बढाइने संघको भनाइ छ । 
 

 


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP