Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २५, २०८३

संविधान कुनै पनि मुलुकको मूल कानुनमात्र होइन, यो राजनीतिक दलहरू र जनताबीचको बृहत् राष्ट्रिय सहमतिको साझा दस्तावेज पनि हो । नेपालको परिप्रेक्ष्यमा २०७२ सालमा जारी भएको ‘नेपालको संविधान’ लामो राजनीतिक संघर्ष, बलिदान र प्रमुख दलहरूबीचको अभूतपूर्व एकताको जगमा उभिएको छ । समय र आवश्यकताअनुसार संविधान संशोधन हुनु स्वाभाविक प्रक्रिया भएता पनि यसको सर्वस्वीकार्यता र हैसियत राष्ट्रिय सहमतिमामात्रै टिकेको हुन्छ । तर, वर्तमान वालेन्द्र सरकारद्वारा गठित संविधान संशोधन कार्यदलबाट एकपछि अर्को गर्दै प्रमुख विपक्षी दलहरू बाहिरिनुले देश पुनः एउटा नयाँ राजनीतिक ध्रुवीकरण र विवादतर्फ धकेलिने संकेत गरेको छ ।

सरकारले संविधान संशोधनबारे राष्ट्रिय बहस चलाउने उद्देश्यसहित प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल गठन गरेको थियो । तर, अन्तिम चरणमा आइपुग्दा यो कार्यदलमा केवल सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मात्रै सहभागिता हुने भएको छ । सुरुमै नेपाली कांग्रेस र नेकपा एमालेले दूरी बनाएको यस प्रक्रियाबाट अहिले नेकपा, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा र श्रम संस्कृति पार्टीसमेत बाहिरिएका छन् । देशका मुख्य राजनीतिक शक्तिहरूको बहिर्गमनले अब कार्यदलले तयार पार्ने बहसपत्रको राजनीतिक स्वामित्व र नैतिक हैसियतलाई पूर्णरूपमा कमजोर बनाइदिएको छ ।

विपक्षी दलहरू कार्यदलबाट बाहिरिनुको मुख्य कारण सरकार र विशेषगरी सत्तारुढ रास्वपाको नियतमाथिको आशंका हो । संविधानका आधारभूत संरचना मानिएका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिताजस्ता संवेदनशील विषयहरूलाई बहसको सूचीमा राखिनु नै मुख्य विवादको जड बन्यो । त्यसमाथि, रास्वपाको हालैको महाधिवेशनबाट ‘प्रदेशसभा खारेज गर्ने’ प्रस्ताव पारित हुनु र चुनावी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गरिनुले अन्य दलहरूमा संशय पैदा गर्‍यो । संविधानको आधारभूत मूल्य र मान्यतालाई नछुने लिखित प्रतिबद्धता विपक्षीले माग्दा सरकारले दिन नसक्नुले सरकारको मनसायमाथि प्रश्न उठ्नु जायज देखिन्छ । नेकपाका महासचिव देव गुरुङले भनेझैँ, वर्तमान संसद् र सरकारसँग संविधान पुनर्लेखन गर्ने वा यसका आधारभूत पिलरहरू भत्काउने जनमत र जनादेश छैन ।

Hardik health

कार्यदलले देशभरबाट करिब ४४ हजार ६०० सुझाव संकलन गरेको र १२४ वटा विषयमा छलफल गरेको दाबी गरे पनि राजनीतिक दलहरूको स्वामित्वविना सुझावको संख्यालेमात्र वैधता पाउन सक्दैन । संविधानविद् डा. भिमार्जुन आचार्यले औंल्याएझैँ, संवैधानिक कानुनका विज्ञहरूको अनुपस्थिति र गैरविशेषज्ञको नेतृत्वमा यति गम्भीर दस्तावेज तयार पार्नु आफैंमा त्रुटिपूर्ण छ । असार मसान्तभित्र बुझाइने भनिएको यो प्रतिवेदन अब राष्ट्रिय सहमतिको साझा दस्तावेज नभएर केवल सरकारको ‘एकपक्षीय अवधारणा’ मा सीमित हुने निश्चित छ ।

विगतमा २०७२ सालमा संविधान जारी गर्दा होस् वा नेपालको नयाँ राजनीतिक नक्सा पारित गर्दा, प्रमुख दलहरू सधैँ एक ठाउँमा उभिएका थिए । संविधान संशोधनजस्तो दूरगामी महत्‍वको विषय हचुवाको भरमा वा बहुमत र सत्ताको दम्भमा अघि बढाउन खोजिए यसले मुलुकमा नयाँ द्वन्द्व सिर्जना गर्ने छ । संसद्भित्र दुईतिहाइ बहुमतविना संशोधन सम्भव नभएको अवस्थामा विपक्षीलाई चिढ्याएर ल्याइने कुनै पनि प्रतिवेदन केवल दराजको शोभा बन्नेछ । तसर्थ, सरकारले तत्काल आफ्नो हठ त्यागेर संशयमा रहेका दलहरूलाई विश्वासमा लिनुपर्छ । संविधानको आधारभूत संरचनाको रक्षा गर्ने प्रतिबद्धतासहित पुनः सर्वपक्षीय सहमतिको वातावरण निर्माण गर्नु नै वर्तमान राजनीतिक गतिरोधको एकमात्र निकास हो ।
 


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP