Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • निषेधाज्ञापछि नयाँ श्रम स्विकृति दिने तयारी
निषेधाज्ञापछि नयाँ श्रम स्विकृति दिने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १७, २०७७
Mantralay
Hardik health
काठमाडौं– वैदशिक रोजगारमा जान चाहनेका लागि नयाँ श्रम स्विकृति ‘निषेधाज्ञा’ पछि दिइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले बताएका छन् । मंगलबार प्रभाव दैनिकसँगको कुराकानीमा बुधबार ‘निषेधाज्ञा’ को समय सकिने र कोभिड–१९ को संक्रमणलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको खण्डमा वैदेशिक रोजगार विभागले नयाँ श्रम स्विकृति दिने उनले बताए । कोभिड–१९ का कारण विदेशमा रहेका नेपाली श्रमिकको उद्धार गर्न नसकिएको अवस्थामा नयाँ श्रम स्विकृति लिएर श्रमिक विदेश जान तयार होलान् भन्ने प्रवक्ता पाण्डेले विदेशमा कोभिड–१९ को संक्रमण कम भएसँगै सरकारले श्रम स्विकृति खुला गर्ने निर्णय गरेको बताएका छन् । उनले भने, ‘आइतबार क्याबिनेटबाट नयाँ श्रम स्विकृति दिने विषयमा निर्णय भएको भन्ने छ तर, मन्त्रालयमा उक्त निर्णय आइसकेको अवस्था छैन । तर, विदेशमा कोभिड–१९ को संक्रमण घटेसँगै श्रम स्विकृति दिइने जानकारी आएको छ ।’ यसै सन्दर्भमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले निषेधाज्ञाका कारण सबै कर्मचारीहरू बिदामा रहेको बताउँदै निषेधाज्ञा खुलेलगत्तै सरकारको निर्णयबमोजिम नयाँ श्रम स्विकृति दिन थालिने बताएका छन् । उनले भने, ‘१० भदौमा एक हप्ताका लागि तोकिएको निषेधाज्ञा बुधबार सकिँदै छ । सरकारले बुधबार नै निषेधाज्ञा अन्त्य गरेको खण्डमा हामी पनि काममा फर्कनेछौँ र श्रम स्विकृतिका कामहरू दिइनेछ,’ उनले भने, ‘यदि सरकारले पुनः निषेधाज्ञा घोषणा गरेको खण्डमा श्रम स्विकृति दिने वा नदिने भन्ने विषयमा बुधबार नै निर्णय गरिनेछ ।’ आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेश जान चाहनेका लागि नयाँ स्विकृति खुला गरे पनि निषेधाज्ञाका कारण काम अघि बढ्न नसकेको पनि उनले बताएका छन् । उनका अनुसार आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ श्रम स्विकृति खुला गरे पनि निषेधाज्ञाका कारण नीतिगत रूपमा त्यसले मूर्त रूप लिइसकेको अवस्था छैन । नेपालमा पुनः दोस्रो चरणको निषेधाज्ञा भए पनि विदेशी श्रम कार्यालय खुलेको र रोजगारदाताहरूले श्रमिक माग गरेपछि सरकारले श्रम स्विकृति दिन थालेको महानिर्देशक दाहालले बताएका छन् । यद्यपि, सरकारले नयाँ श्रम स्विकृति खुलाउने निर्णय गरे पनि विभागले गर्नुपर्ने कामहरू धेरै रहेको पनि उनले बताए । कोभिड–१९ को संक्रमणका कारण लगभग ५ देखि ७ हजारको श्रम स्विकृति ‘पेन्डिङ’ मा रहेको बताउँदै उनले भने, ‘नयाँ श्रम स्विकृति दिने सन्दर्भमा विभागले वैदेशिक रोजगारीमा पठाउने कम्पनीको नवीकरण, नो अब्जेक्सनलगायत विधिहरू पु¥याएको छ कि छैन भन्ने निर्धारण भएपछि मात्र श्रम स्विकृति दिइनेछ ।’ कोभिड–१९ का कारण कार्यालय बन्द रहेको र निषेधाज्ञा खुलेसगै श्रम स्विकृतिको काम अघि बढाइने उनले बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले नयाँ श्रम स्विकृति खुला गरेर सरकारले सकारात्मक सन्देश पु¥याउन खोजेको बताएका छन् । विदेशमा श्रम स्विकृति खुला भएसँगै कामदारको माग आएको अवस्थामा नेपाललले श्रम स्विकृति नखोल्दा विदेशबाट आएका मागपत्रहरू ‘डाइभर्ट’ हुने सम्भावना रहेकाले पनि श्रम स्विकृति खुला गरेर सकारात्मक सन्देश दिन खोजिएको उनले बताए । साथै, भारतले पनि श्रम स्विकृति खुला गरिसकेको अवस्थामा नेपालले पनि स्विकृति खुला गर्नुपर्ने बाध्यता आइपरेकोे पनि उनले बताएका छन् । उनले भने, ‘छिमेकी राष्ट्र भारतले पनि श्रम स्विकृति खोलिसकेको र, नेपालले पनि खोल्नुपर्ने बाध्यता आएकोले हो । यसकारण यद्यपि, जुन जुन देशले श्रमिकहरूले लैजान चाहन्छन् ती देशका लागि श्रम स्विकृति खुला गर्ने मन्त्रिपरिषद्को निर्णय भएको हो ।’ महासचिव श्रेष्ठका अनुसार नयाँ श्रम स्विकृति जारी भएसँगै कोभिड–१९ को संक्रमणपूर्व विदेशबाट भिसा आएर विदेश जान नपाएकाहरू लाभान्वित हुनेछन् । हाल साइप्रस, रोमानिया र खाडी मुलुकबाट भिसा पाएर बसेकाहरू लाभान्वित हुने उनले बताए । हाल खाडी मुलुक दुबई, कतार, ओमान, बहराईन र युरोपिन मुलुक रोमानिया, साइप्रसबाट नेपाली श्रमिकको माग भएर आएको पनि उनले बताए । यद्यपि, कोभिड–१९ लाई मध्यनजर गर्ने हो भने विदेश जाने श्रमिकहरूको संख्यामा न्यून नै देखिने पनि उनले बताएका छन् । आन्तरिक रूपमा सार्वजनिक यातायात सञ्चालनमा आउन नसक्नु र बजार पूर्ण रूपमा बन्दका कारण नयाँ श्रम स्विकृति लिएर कमै वैदेशिक रोजगारीमा जाने उनले बताए । कोभिड–१९ को संक्रमणलाई नियाल्दा नयाँ श्रम स्विकृति लिएर जानेहरूको पुनः उद्धार गर्नुपर्ने अवस्था त आउँदैन भन्ने सवालमा सरकार चनाखो हुनुपर्ने पनि उनले बताएका छन् । साथै, यसका लागि संघले सरकारसमक्ष कामदारलाई स्वास्थ्य र आर्थिक भार नपार्न माग राखेको पनि उनले बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा गएका श्रमिकलाई दुवैतिर कोभिड–१९ परीक्षण र क्वारेन्टिनमा राख्दा उनीहरूको खर्च हुनुहुँदैन । यसमा कस्ले तिर्ने भन्ने निर्णय सरकारले लिनुपर्छ ।’
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  ०५:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP