Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशमा रहेका नेपाली श्रमिक तनावमा
विदेशमा रहेका नेपाली श्रमिक तनावमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १४, २०७७
Hardik health
काठमाडौं– नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याबको अध्ययनले कोभिड–१९ का कारण विदेशमा रहेका नेपाली श्रमिकहरू अनिश्चित भविष्यका कारण तनावमा रहेको देखाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा कोभिड–१९ ले पारेको प्रभावबारे गरिएको एक अध्ययनले विदेशमा रहेका ८० प्रतिशत श्रमिक तत्काल फर्कन चाहेका र अधिकांश श्रमिकहरू अनिश्चित भविष्यका कारण तनावमा रहेको देखाएको हो । मूलतः विदेशबाट फर्केपछिको अन्योल भविष्य र श्रमिकसँग थोरै मात्र बचत हुनुले पनि श्रमिकहरू तनावमा परेको र यसमा सरकारले ध्यान नदिएमा गम्भीर समस्या निम्तिने अध्ययनले देखाएको छ । हाल ४६ प्रतिशतभन्दा बढी श्रमिकलाई नेपाल सरकारको योजना र नीति नियमको बारेमा जानकारीसमेत नभएको अध्ययनले देखाएको छ । अहिले विदेशमा कति नेपाली श्रमिक छन् भन्ने विषयमा सरकार नै बेखबर रहेको यसअघि मानवअधिकार आयोगले गरेको अनुसन्धानले देखाएको छ । आयोगका अनुसार लगभग ४० लाखको हाराहारीमा विदेशमा नेपाली श्रमिक रहेको सरकारी तथ्यांकमा छ तर, त्यो विवरण सत्य तथ्य भने होइन । स्वदेशमा बेरोजगारीकै कारण अधिकांश युवाहरू विदेश पलायन भइरहेको पनि अध्ययनले देखाएको छ । अध्ययनका अनुसार ५७ प्रतिशत युवा रोजगारीको खोजीमा विदेशिने गरेका ४२ प्रतिशत युवा नेपालमा रोजगारीमा रहँदा पनि आम्दानी नभएपछि विदेशिने गरेका छन् । ५ प्रतिशत युवाहरू भने विविध कारणले वैदेशिक रोजगारीमा जाने गरेको अध्ययनले देखाएको छ । त्यस्तै, अध्ययनका अनुसार विदेशमा रहेको अलेखबद्ध श्रमिकमध्ये अधिकांश साउदीमा रहेको पाइएको छ । अलेखबद्ध श्रमिकअन्तर्गत साउदीमा ४५ प्रतिशत, युएईमा २३ प्रतिशत, मलेसियामा ११ प्रतिशत रहेको अध्ययनले देखाएको छ । जसभित्र ९४ प्रतिशत पुरुष श्रमिकहरू अलेखबद्ध रहेको अध्ययनले देखाएको छ । विदेशमा रहेका ७० प्रतिशत श्रमिकहरू सरकारी योजना बारेमा वेखबर रहेको पनि अध्ययनले देखाएको छ । सरकारले श्रमिकहरूका हकहितका लागि भनेर बर्सेनि विभिन्न रोजगारउन्मुख कार्यक्रम सञ्चालन गरेपनि ७० प्रतिशत श्रमिक उक्त कार्यक्रमबारे बेखबर रहेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार २८ प्रतिशतलाई भने केही हदसम्म सरकारले सञ्चालन गरेको कार्यक्रमबारे जानकार छन् । विदेशमा रहेका श्रमिकहरूमध्ये २ प्रतिशत श्रमिकलाई मात्रै सरकारले सञ्चालन गरेको कार्यक्रमबारे पूर्णजानकारी भएको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार सरकारले आफूखुसी योजना बनाउँने र योजनाको बारेमा लक्षित वर्गलाई सूचना प्रवाह गर्न नसक्दा श्रमिक वर्ग लाभान्वित हुन सकेका छैनन् । साथै, अब वैदेशिक रोजगारबाट फर्कन चाहेका ८० प्रतिशत श्रमिक स्वरोजगार हुन चाहने र २० प्रतिशत श्रमिक जागिर नै चाहने अध्ययनले देखाएको छ । यद्यपि, सरकारले सञ्चालन गरेका श्रम सिर्जना गर्ने कार्यक्रम, सहुलियतपूर्ण ऋण कर्जा आदिका बारेमा भने अधिकांश श्रमिक बेखबर रहनु नै दुर्भाग्य रहेको पनि अध्ययलने देखाएको छ । अध्ययनका अनुसार सरकारले स्वदेशमा फर्कने चाहने श्रमिकलाई ल्याएर कृषिलगायत विभिन्न उद्यममा सहभागी गराए केही हदसम्म बेरोजगारीको अन्त्य गर्न सकिनेछ । यसतर्फ सरकारले व्यवस्थित योजना बनाएर बोल्ड निर्णय लिन सके विदेशबाट फर्किने श्रमिक नेपालका लागि बोझ होइन, अवसर हुन सक्ने पनि अध्ययनले देखाएको छ । श्रमिकहरूको समस्या हल गर्न सञ्चालन गरिएको बैदेशिक रोजगार बोर्डअन्र्तगत रहेको कल्याणकारी कोषको रकम प्रभावहिन देखिएको पनि अध्ययनले देखाएको छ । अध्ययनका अनुसार बेखर्ची श्रमिकलाई नेपाल फर्काउँने कार्यविधि प्रभावहीन भएको र कोषको कार्यविधिमा राखिएका प्रावधानले लक्षित वर्गलाई समेट्न नसक्दा दूताबासले कार्यविधि कार्यान्वयन गर्न सकेको छैन ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  ०४:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP